Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पालिका

दोलखास्थित स्वास्थ्य चौकीद्वारा आर्थिक वर्ष २०८२/०८३ को वडा बजेटअन्तर्गत महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप ओभानचुलो वितरण

दोलखास्थित स्वास्थ्य चौकीद्वारा आर्थिक वर्ष २०८२/०८३ को वडा बजेटअन्तर्गत महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप ओभानचुलो वितरण

दोलखा, माघ २९ महेन्द्र श्रेष्ठ भीमेश्वर नगरपालिका–२, दोलखास्थित स्वास्थ्य चौकीद्वारा आर्थिक वर्ष २०८२/०८३ को वडा बजेटअन्तर्गत महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप ओभानचुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। आज माघ २९ गते एक औपचारिक समारोहबीच स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका ९ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई ओभानचुलो वितरण गरिएको हो। कार्यक्रम भीमेश्वर नगरपालिकाकी उप–प्रमुख कमला बस्नेतज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उप–प्रमुख बस्नेतज्यूले महिला स्वास्थ्य स्वयंसेवीकाहरू स्थानीय तहको स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै समुदायस्तरमा मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाइ र जनचेतनाका क्षेत्रमा उहाँहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि…
Read More
भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा, माघ १३ — भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनप्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएको हो। जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढा मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला गरी ५३ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा नेपाल क्षयरोग निवारण संस्था, दोलखा जिल्ला शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको परिचय, उद्देश्य तथा जिल्लामा क्षयरोग नियन्त्रणका लागि संस्थाले गर्दै आएको गतिविधिबारे जानकारी…
Read More
स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना

स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना

स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना दोलखा — नेकपा कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) भीमेश्वर नगरपालिका वडा नं. २ कमिटी, दोलखा परिवारको आयोजनामा स्व. इन्द्रप्रसाद सुवेदीप्रति  भावपूर्ण समवेदना व्यक्त गरिएको छ। समवेदना कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा कमिटी कार्यवाहक अध्यक्ष शान्त श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान लगायत पार्टीका नेता–कार्यकर्ता तथा सुवेदी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. सुवेदीको पार्टीप्रतिको निष्ठा, जनसेवामा पुर्‍याएको योगदान र स्थानीय विकासमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँको निधनले पार्टी र समाजले अपूरणीय क्षति व्यहोर्नु परेको धारणा व्यक्त गरे। स्व.…
Read More
बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न

बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न

बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न काठमाडौँ — बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि मन्त्रीस्तरीय निर्णयबाट डा. सिन्धु ढुंगानाको संयोजकत्वमा गठन गरिएको कार्यदलको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय वन तथा वातावरण मन्त्री भरत केसी, मन्त्रालयका सचिव डा. केदार बरालसहित कार्यदलका सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा प्रदेश वन ऐनका विद्यमान कानुनी प्रावधान, कार्यान्वयनको अवस्था, देखिएका समस्या तथा संशोधनमार्फत सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको छ। प्रदेश वन ऐन संशोधनको प्रक्रियामा अधिकारवालाहरूको प्रत्यक्ष प्रतिनिधित्वसहित कार्यदल गठन गरी छलफल तथा सुझाव संकलन गर्ने अभ्यास बागमती प्रदेशमा पहिलो पटक गरिएको हो। यस अभ्यासले ऐनलाई अझ व्यवहारिक, समावेशी…
Read More

हानिकारक प्रयोगबारे दोलखामा अन्तरक्रिया सम्पन्न

हानिकारक प्रयोगबारे दोलखामा अन्तरक्रिया सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा — मदिराको हानिकारक प्रयोगले बालबालिका तथा समाजमा पार्ने नकारात्मक असरबारे सचेतना फैलाउने उद्देश्यले चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “मदिराको हानिकारक प्रयोग : अधिकार र विकासको मुद्दा” विषयक कार्यक्रममा मदिरा दुरुपयोगका कारण शिक्षा, स्वास्थ्य, पारिवारिक हिंसा, आर्थिक समस्या तथा बालअधिकार हनन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरियो। कार्यक्रममा बालबालिकामा गरिएको लगानी नै सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै मदिरा नियन्त्रणका लागि समुदाय, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाको साझा पहल आवश्यक रहेको जोड दिइयो। २०८२ साल वैशाख ११ गते सम्पन्न कार्यक्रम ग्रामीण विकास टुकी संघ, दोलखाको समन्वयमा CWIN र FORUT को आयोजनामा भएको हो। कार्यक्रममा…
Read More
जाउलाखेलमा संघ–प्रदेश वन मन्त्रीबीच वन क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल

जाउलाखेलमा संघ–प्रदेश वन मन्त्रीबीच वन क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल

जाउलाखेलमा संघ–प्रदेश वन मन्त्रीबीच वन क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल संघीय वन तथा वातावरण मन्त्री माधव चौलागाईं र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीबीच वन क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार तथा संघ–प्रदेश समन्वयका विषयमा जाउलाखेलमा विस्तृत छलफल सम्पन्न भएको छ। छलफलमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, प्रदेश मन्त्रालय योजना महाशाखा प्रमुख अजय विक्रम मानन्धर, संघीय मन्त्रालयका कर्मचारीहरू, सामुदायिक वन विज्ञ, प्रदेश वन मन्त्रीका सचिवालयका भोला खतिवडा तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सत्यनारायण शाहसहितको टोलीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश वन मन्त्री भरतबहादुर केसीले हालसम्म वन जोगाउने नीतिमा केन्द्रित राज्य संरचना अब दिगो…
Read More

सेवा मूल्याङ्कनसहित दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण सम्पन्न

दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न। सेवा मूल्याङ्कनसँगै दोलखा लायन्स क्लबको भवन कार्यक्रम पनि सम्पन्न। दोलखा जिल्लामा आँखासम्बन्धी स्वास्थ्य सेवाको विस्तार तथा अन्धोपन निवारणमा निरन्तर सक्रिय रहँदै आएको दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न भएको छ। पारदर्शिता, उत्तरदायित्व र सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लब, तिलगंगा आँखा प्रतिष्ठान तथा विभिन्न परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामाजिक लेखा परीक्षण कार्यक्रममार्फत दोलखा जिल्लामा सञ्चालन भइरहेका आँखा स्वास्थ्यसम्बन्धी सेवा, परियोजना, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। यसै सन्दर्भमा दोलखा लायन्स क्लबको भवन कार्यक्रम…
Read More
वडा–२ का बासिन्दाको दीर्घ–प्रतीक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवासुविधामा नयाँ युगको शुरुआत

वडा–२ का बासिन्दाको दीर्घ–प्रतीक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवासुविधामा नयाँ युगको शुरुआत

प्रधान सम्पादक महेन्द्र श्रेष्ठ भीमेश्वर नगरपालिका–२, दोलखा । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको भीमेश्वर नगरपालिका–२ ले आज आफ्नो विकास यात्रामा एउटा महत्वपूर्ण अध्याय लेखेको छ। स्थानीय बासिन्दा तथा वडा कमिटीको लामो समयदेखि रहेको अपेक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन एक भव्य तथा सम्मानपूर्ण समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक प्रविधि, सेवा सहजता, नागरिकमैत्री वातावरण र संगठनात्मक प्रभावकारितालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यो भवनले अब वडाले प्रदान गर्ने सबै प्रकारका सेवा–सुविधालाई एकीकृत, छरितो र पारदर्शी बनाउँदै जनतामाझ सिधा प्रभाव पार्ने जनविश्वास लिएको छ। चुनावी प्रतिबद्धताको प्रत्यक्ष रूपान्तरण : अध्यक्ष स्टालिन श्रेष्ठको नेतृत्वमा सम्भव २०७९ सालको स्थानीय तह…
Read More
भीमेश्वर–२ को नयाँ वडा भवन उद्घाटन : “पुरानो शैली, पुरानै इतिहासको सुगन्ध”

भीमेश्वर–२ को नयाँ वडा भवन उद्घाटन : “पुरानो शैली, पुरानै इतिहासको सुगन्ध”

दोलखा, मंसिर २३। भीमेश्वर नगरपालिका–२ ले आफ्नो नयाँ वडा कार्यालय भवन सार्वजनिक रूपमा उद्घाटन गर्न लागेको छ। आगामी मंसिर २५ गते हुने उद्घाटन कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर र नगर उप–प्रमुख कमला बस्नेत लगायत स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। विशेष कुरा के छ भने, नयाँ भवन त आधुनिक सेवासुविधासहित बनेको भए पनि, यसको उद्घाटन पुरानै वडा कार्यालय रहेको ऐतिहासिक स्थानमै गरिँदैछ। पुरानो ठाउँ, पुरानै वातावरण र समुदायको लामो इतिहास बोकेको स्थानमा कार्यक्रम राखिएको भन्दै वडा अध्यक्ष स्टालिन श्रेष्ठले यसलाई “हाम्रो पहिचान र इतिहासलाई सम्मान गर्ने प्रयास” भनेका छन्। श्रेष्ठले पुरानो शैलीमा आफ्नो भनाइ राख्दै समुदायलाई एकताबद्ध रूपमा अघि बढ्न आग्रह…
Read More
भीमेश्वर नगरपालिकाको दमकल फेरि प्रश्नचिन्हमा

भीमेश्वर नगरपालिकाको दमकल फेरि प्रश्नचिन्हमा

चिताम्थली (भीनपा–६) मा आगलागी, समयमै नपुगेको दमकलप्रति स्थानीयको गुनासो भीमेश्वर नगरपालिका–६ चिताम्थलीमा आज साँझ भएको आगलागी नियन्त्रणमा चुनौती सिर्जना भएको छ। आगो लागेको जानकारी प्राप्त भएपछि स्थानीयबासीले नगरपालिका कार्यालय र दमकल कार्यालयमा पटक–पटक खबर गरे पनि दमकल समयमै ननिस्किएको स्थानीयले आरोप लगाएका छन्। यसअघि पनि भीनपा–८ बोचमा एक घरमा भएको आगलागीमा दमकल ढिलो पुगेर घर पुरै जलेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए। आजको घटनाले पुनः “नगरपालिकाको दमकल सेवा किन सक्रिय हुन सकेन?” भन्ने प्रश्न उठाएको छ। स्थानीयका अनुसार आगलागी नियन्त्रणका लागि अहिले स्वयंसेवक, छिमेकी र स्थानीय नागरिकाे सक्रियता जारी छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। घटनाबारे थप…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search