एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्माणका लागि फेरि जुट्दैछन् नेता–कार्यकर्ता । सिन्धुली । महेन्द्र श्रेष्ठ .. केही भवनहरू हेर्दा केवल भवन देखिँदैनन्, तिनभित्र धेरै मानिसका सपना, पसिना, संघर्ष र सम्झना देखिन्छन्। सिन्धुलीमा रहेको नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयको भवन पनि त्यस्तै एउटा भवन हो—जसको प्रत्येक इँटामा कसैको सहयोग, कसैको श्रम र कसैको विश्वास जोडिएको छ। वर्षौँअघि पार्टीका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक तथा समर्थकहरूले आफ्नो सामर्थ्यअनुसार एक रुपैयाँ, दुई रुपैयाँ गर्दै सहयोग जुटाएर निर्माण गरेको यो भवन आज क्षतिग्रस्त अवस्थामा उभिएको देख्दा मन भारी हुन्छ। भदौ २४…
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभएको छ। जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी श्रेष्ठले मतदाता नामावलीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी असोज महिनाको अन्तिमसम्म नामावली प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता नामावलीमा समावेश भएका नागरिकको विवरणलाई अद्यावधिक तथा यकिन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। नाम, थर, ठेगाना, उमेरलगायत विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित प्रक्रिया पूरा गरी सच्याउन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो। निर्वाचन अधिकारी श्रेष्ठले…
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले रसुवाका बाढीपहिरो प्रभावित नागरिकका लागि ४ लाख ५३ हजार २२९ रुपैयाँ राहत सहयोग गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सिन्धुली रेडक्रसका विभिन्न समिति, उपसमिति, पालिका तथा उपशाखामार्फत उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्कृम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। रकम ग्रहण…
बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग। सिन्धुली, २०८३ भदौ । २०८३ साल भदौ १० गते नुवाकोट र रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक सहयोग गरेका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीको समन्वयमा सिन्धुली जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ९ लाख २९ हजार ३ सय ५६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नुवाकोट र रसुवा जिल्लामा २०८३ भदौ १० गते आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा उद्धारमा…
अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी महेन्द्र श्रेष्ठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी गतिविधि सञ्चालन गरिने भएको हो। नागरिकलाई स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै काठमाडौँलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। यसका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामूलक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट पारित…
पाखलती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस भव्य रूपमा सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, २५ भदौ । भीमेश्वर नगरपालिका–२, पाखल्तीमा जीवन विज्ञान परिषद्बाट सञ्चालित पाखल्ती जीवन योग प्रयोगशालाको चौथो स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। प्रयोगशालाका संयोजक लक्ष्मी प्रधानको सभापतित्व तथा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूलाई कल्याणमित्र सपना श्रेष्ठले स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो। स्थापना दिवसको अवसरमा प्रयोगशालाका सचिव अजय प्रधानले वार्षिक सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष बिनु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। स्थापना दिवसकै अवसरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिताबीच प्रशिक्षक बिनु श्रेष्ठको सहजीकरणमा ‘स्वजागरण कार्यक्रम’ समेत सञ्चालन…
प्रेस युनियन दोलखाको १०औँ अधिवेशन उद्घाटन सत्र सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा/२० भदौ । नेपाल प्रेस युनियन दोलखा शाखाको १०औँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। पत्रकारको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक मर्यादा थप मजबुत बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गरिएको हो। नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मित्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, प्रदेश सचिव श्याम…
रसुवाको पीडामा बागमती सरकारको साथ : अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यको जिम्मेवारी लिने प्रतिबद्धता महेन्द्र श्रेष्ठ दोलखा । रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्य अन्धकार हुन नदिने बागमती प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ। विपद्को पीडामा रहेका बालबालिकालाई सरकारको संरक्षण र अभिभावकीय साथ आवश्यक रहेको भन्दै प्रदेश सरकारले उनीहरूको शिक्षा, सपना र भविष्य निर्माणको जिम्मेवारी लिने जनाएको हो। बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा सरकार साथमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ। विशेषगरी विपद्का कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षामा कुनै अवरोध आउन नदिने र उनीहरूको भविष्य सुनिश्चित गर्न आवश्यक…
दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी। महेन्द्र श्रेष्ठ दोलखा, भदौ १८ । दोलखाको पर्यटन सम्भावनालाई उजागर गर्दै जिल्लालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भीमेश्वर नगरपालिका–चरिकोटमा सम्पन्न साधारण सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। साधारण सभाले दोलखाको पर्यटनलाई थप व्यवस्थित र व्यवसायिक बनाउँदै जिल्लाको आर्थिक समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ। साथै दोलखालाई बागमती प्रदेशको पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा…
बाढीपीडितको पीडामा मङ्गला अमात्यको ठूलो सहारा, प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख सहयोग। शंख ध्वनि सम्बाद दाता काठमाडौं । विपद्का बेला मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको छाउनी निवासी मङ्गला अमात्यले प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छन्। भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण कैयौँ परिवारले घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाएका छन्। धेरै नागरिक विस्थापित भएर पीडा, अभाव र अनिश्चितताको सामना गरिरहेका छन्। यस्तो दुःखद् र संवेदनशील अवस्थामा अमात्यले आफ्नो व्यक्तिगत तर्फबाट गरेको १ करोड ८ लाख रुपैयाँको सहयोग…
