वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न। सिन्धुली । बाहिर निरन्तर वर्षा भइरहेको थियो। मौसम प्रतिकूल थियो। तर आँखाको ज्योति गुम्ने पीडामा रहेका नागरिकको जीवनमा उज्यालो फर्काउने अभियान रोकिएन। मौसमको चुनौतीबीच सिन्धुलीमा सञ्चालित दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा १४१ जना बिरामीको शल्यक्रिया सम्पन्न भएको छ। कसैका लागि संसार हेर्ने आँखाको ज्योति धमिलिँदै जानु सामान्य समस्या मात्र हुँदैन, त्यो जीवनकै ठूलो पीडा बन्न सक्छ। आफ्नै परिवारका सदस्यको अनुहार, घरआँगन र वरपरको संसार स्पष्ट देख्न नपाउँदाको पीडा भोगिरहेका बिरामीका लागि यो शिविर नयाँ आशा बनेको छ। आर्थिक अभाव र उपचारका लागि टाढा पुग्नुपर्ने बाध्यताले रोकिएका नागरिकले…
प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा पहिलो दिन ८९ जना मोतिबिन्दुका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सिङ्गापुर निवासी Nga Alik Tee र Zhang Wen Family को सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा दुईदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो। शिविरको पहिलो दिन कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ। शिविरमा तिलगंगा…
स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा। महेन्द्र श्रेष्ठ / दाेलखा सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका पूर्व सभापति एवं शैक्षिक व्यक्तित्व स्वर्गीय कुलमणी आचार्यको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका वर्तमान सभापति अशोक श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले समाज, शिक्षा क्षेत्र तथा मानवीय सेवामा पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो। शोकसभामा वर्तमान सभापति अशोक श्रेष्ठले स्वर्गीय आचार्यको जीवनयात्रा, व्यक्तित्व र योगदानबारे प्रकाश पार्नुभएको थियो। उहाँले आचार्यले रेडक्रस अभियानमा निर्वाह गर्नुभएको भूमिका तथा संस्थाको विकासका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँको निधनले…
दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित। महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा । दोलखाको मौलिक नेवारी भाषामा विद्यावारिधि (पीएचडी) गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटीलाई सम्मान गरिएको छ। दोलखा भाषाको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी जिनेटीलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर र भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले खादा ओढाएर सम्मान गर्नुभएको हो। दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी जिनेटीले यस भाषाको अध्ययन, अध्यापन र अनुसन्धानलाई विभिन्न विश्वविद्यालयसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको शैक्षिक योगदानले दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा चिनाउन सहयोग पुगेको मानिन्छ। स्थानीय भाषा र संस्कृतिको…
चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन! भीमेश्वर नगरपालिका–७ का वडाध्यक्षको गुनासो : चुनावमा आलोचना गर्नेहरू सत्तामा पुगेपछि उद्योग हेर्नसमेत पुगेनन् महेन्द्र श्रेष्ठ / दोलखा प्रधान सम्पादक दोलखाको/ खरीढुङ्गामा रहेको म्याग्नेसाइट खानी र त्यससँग सम्बन्धित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग नेपालको औद्योगिक विकासको सम्भावना, सरकारी उदासीनता र राजनीतिक प्रतिबद्धताबीचको अन्तर देखाउने एउटा उदाहरण बनेको छ। कुनै समय मुलुकको खनिजमा आधारित औद्योगिकीकरणको महत्त्वाकाङ्क्षी योजनाका रूपमा अघि बढाइएको यो परियोजना अहिले पनि पुनः सञ्चालनको प्रतीक्षामा छ। चुनावका बेला यही उद्योग राजनीतिक दलहरूको आलोचना गर्ने एउटा महत्त्वपूर्ण मुद्दा बन्दै आएको छ। पुराना दलहरूको असफलता र अकर्मण्यताको उदाहरणका रूपमा प्रस्तुत…
दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक। महेन्द्र श्रेष्ठ दोलखा / नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को पावन अवसरमा दोलखामा परम्परादेखि सञ्चालन हुँदै आएका विभिन्न धार्मिक अनुष्ठान, पूजा तथा सांस्कृतिक गतिविधिका साइत सार्वजनिक गरिएको छ। बडादशैंका अवसरमा गरिने नित्य पूजा, जमरा राख्ने, गणेश मन्दिरमा बलिपूजा, नवरात्रिका विभिन्न पूजा, फूलपाती प्रवेश, महानवमी गणेश पूजा, भीमेश्वर पूजा, कालरात्रि विसर्जन पूजा, चालम पूजा, सरकारी टिकाको साइत तथा बहुरा जानेलगायतका कार्यक्रमको मिति र समय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणअनुसार, दोलखाका विभिन्न मन्दिर तथा धार्मिक स्थलमा परम्पराअनुसार पूजा तथा अनुष्ठान सञ्चालन हुनेछन्। ती कार्यक्रमले जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई…
द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा, २२ असोज । नेपाली कांग्रेसका युवा नेता राकेश श्रेष्ठले द्वन्द्व प्रभावित तथा जनआन्दोलन घाइते कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ राजनीतिक यात्रासँगै श्रेष्ठले पनि केन्द्रीय तहमा आफ्नो भूमिका खोजेका हुन्। दोलखाको भीमेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा श्रेष्ठ लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, सामाजिक सेवा र जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले तत्कालीन द्वन्द्वको कठिन समयमा समेत गाउँ–बस्तीमा पुगेर पार्टीको संगठन र विचार विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसका स्थानीय…
दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा, १९ असोज । दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको समीक्षामा जिल्लाका नौवटै स्थानीय तहबाट स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको समीक्षामा स्थानीय तहमा वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि तथा सेवा प्रवाहको अवस्थाबारे सम्बन्धित स्वास्थ्य शाखाहरूले जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिसँगै कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सहभागीबीच छलफल गरिएको थियो। नागरिकलाई प्रदान गरिँदै आएको स्वास्थ्य सेवाको…
त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत। चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख बालकृष्ण फुयाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गतको अंग्रेजी भाषा तथा अन्य वैदेशिक भाषा शिक्षा विषय समितिको सदस्यमा मनोनीत हुनुभएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले असोज १३ गतेदेखि लागू हुने गरी रिक्त रहेको सदस्य पदमा फुयाललाई मनोनयन गरेको हो। त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० बमोजिम बाँकी कार्यकालका लागि फुयालसँगै सुकुना बहुमुखी क्याम्पस, मोरङका शंकर देवानलाई पनि विषय समिति सदस्यमा मनोनयन गरिएको छ। शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा. वेदराज आचार्यद्वारा जारी मनोनयन पत्रमा विश्वविद्यालयअन्तर्गतको विषयगत शैक्षिक तथा प्रशासनिक कार्यमा योगदान पुर्याउने उद्देश्यले…
जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग। महेन्द्र श्रेष्ठ दोलखा । विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। आर्थिक तथा शैक्षिक स्रोतको अभावका कारण कतिपय बालबालिकाले चाहेर पनि आफ्ना आवश्यकता पूरा गर्न नसकिरहेको अवस्थामा सहयोगी हातहरूबाट प्राप्त हुने साथ र सद्भाव उनीहरूका लागि ठूलो प्रेरणा बन्ने गरेको छ। यस्तै सामाजिक भावना र मानवीय सहयोगको उदाहरणका रूपमा जीवन विज्ञानका केन्द्रीय सदस्यको सहयोगमा भीमेश्वर नगरपालिका–२ स्थित फुलपा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट, एलसीडी राइटिङ ट्याब्लेट तथा छात्रवृत्ति वितरण गरिएको छ। २०८२ असोज १४ गते भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीलाई…
