काठमाडौं भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ…
दाेलखा-श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ ९इस्कोन०को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि…
दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजारलगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई…
हिजोदेखि सुरु भएको नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक आज सफलतापूर्वक सम्पन्न भयो। बैठकले सचिवालयद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मतरूपमा स्वीकृत गर्दै, उक्त प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि पेश गरिने निर्णय गरेको छ। प्रस्तावप्रति छैसठ्ठी जना सदस्यहरूले समर्थन जनाउँदै व्यक्त गरेका मूल्यवान सुझावहरूले पार्टीको आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताप्रतिको दृढ प्रतिबद्धता उजागर गरेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणलाई समग्रतामा कसरी बुझ्नुपर्छ भन्ने विषय स्पष्ट पार्नुभयो। बैठकले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनबारे फैलाइएको भ्रामक प्रचारलाई खारेज गर्दै, पार्टीलाई भावनात्मक एकता र दृढ सङ्कल्पका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गऱ्यो।
नेकपा एमाले दोलखाको सचिवालय वैठकले गरेको निर्णयहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार मित्रहरु सामाजिक न्याय, समान ता तथा दोलखा जिल्लाको विकास र समृद्धिको लागि नेकपा एमाले दोलखाले विगत लामो समय देखि रचनात्मक, सकारात्मक र संघर्षपूर्ण अभियान सञ्चालन गर्दै आएको कुरा अवगतनै छ । जनमुखि अभियान र संघर्षकै कारण दोलखा जिल्ला नेकपा एमालको किल्लाको रुपमा स्थापित छ । कोही कसैले नेकपा एमाले विनाको दोलखा परिकल्पना गर्छ भने त्यो मिथ्या र तथ्यहिन परिकल्पनामात्र हुने छ । २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले सुरु गरेको आफ्नो गाँउ आफै बनाउ, नौ स कार्यक्रम तथा सामाजिक सुरक्षा भत्ता, ९ बृद्ध भत्ता लगायतका…
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको ‘दोलालघाट–चर्मावती सुरुङ मार्ग’ काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याक भएको सरोकारवालाहरूले बताएका छन् । चीन, भारत र नेपाललाई त्रिदेशीय राजमार्गले जोड्न तथा काठमाडौं र चीनको दूरी घटाउन सुरुङ मार्गले विशेष योगदान पुर्याउने भएकाले यसलाई फास्ट ट्र्याकका रूपमा अगाडि बढाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् । बजेटले परिकल्पना गरेको सुरुङ मार्गको सम्भाव्यतामाथि छलफल गर्न नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रबाहेक दोलखाका सबै राजनीतिक पार्टीका नेतृत्व र प्रतिनिधिहरूले…
दोलखा, चरिकोट — दोलखा सदरमुकाम चरिकोटको मुख्य चोकमा फुटपाथ मात्र नभई सडक नै अवरुद्ध हुने गरी राखिएका फलफूल तथा तरकारी पसल हटाइएको छ। सडक सुरक्षालाई ख्याल गर्दै गरिएको यस अभियानमा दोलखा ट्राफिक कार्यालयका प्रमुख ठाकुर भट्टराईको नेतृत्वमा ट्राफिक टोलीले विशेष भूमिका खेलेको छ। सडक अतिक्रमणका कारण सवारी सञ्चालनमा समस्या हुनुका साथै कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था सिर्जना भएको थियो। सो अवस्थालाई गम्भीर रूपमा लिएर पहल गरेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालप्रति समेत स्थानीयले आभार व्यक्त गरेका छन्। यस अभियानले चरिकोट बजार क्षेत्रमा सवारी आवागमनलाई सहज बनाउनुका साथै सार्वजनिक सुरक्षालाई प्राथमिकता दिएको स्पष्ट भएको छ। समयमै अतिक्रमण नहटाइएको भए, कुनै…
१५ वैशाख २०८२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत स्वाक्लोमा आगामी वैशाख २० र २१ गते तेस्रो संस्करणको ‘रक क्लाइम्बिङ महोत्सव तथा प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। स्वाक्लो पर्यटन विकास समाजको आयोजनामा, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र स्थानीय तहको सहकार्यमा हुन गइरहेको यस महोत्सवले स्वाक्लोको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने लक्ष्य राखेको छ। महोत्सवमा ४२० मिटर अग्लो गुमडाँडाको भीर प्रयोग गरी रक क्लाइम्बिङ प्रतियोगिता आयोजना गरिनेछ। सहभागीले रु. १,००० शुल्क तिरेर प्रतियोगितामा भाग लिन सक्नेछन् भने विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै, २५/२५ मिटरका दुई रक…
२०८२ वैशाख ०९, दोलखा - दोलखा जिल्लाको मेलुङस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत दोलखाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र एक कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले संस्थाका अध्यक्ष छत्रराज उप्रेती, कोषाध्यक्ष हेमराज उप्रेती, व्यवस्थापक महेन्द्र भुजेल, र कर्मचारी रामशरण कार्कीलाई छ–छ महिनाको कैद सजाय सुनाएको छ। साथै उनीहरूमाथि ३२ लाख ७० हजार २ सय ७६ रुपैयाँ ७५ पैसा बराबरको बिगो तिर्न आदेश दिएको हो। अदालतले दिएको फैसलामा भनिएको छ, "आरोपितहरूले संस्थाको आर्थिक स्रोतको दुरुपयोग गर्दै आपसी मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणित भएको छ। लेखा परीक्षण तथा…
दोलखा, वैशाख ८, २०८२ – वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भोलिदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरुलाई आ-आफ्ना विद्यालय फर्केर पठनपाठन सुरु गर्न आग्रह गरेको हो। गाउँपालिकाका अध्यक्ष छवि लामाले बालबालिकाको पढ्न पाउने मौलिक हकलाई प्राथमिकतामा राख्दै तत्काल शिक्षण कार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष लामाका अनुसार, चैत २० गतेदेखि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर बालबालिकाको मनोवैज्ञानिक अवस्थामाथि परेको छ। "शिक्षा बालबालिकाको अधिकार हो। त्यो अधिकार सुनिश्चित गर्न हामीले यथाशीघ्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं," अध्यक्ष लामाले भन्नुभयो। यसैबीच, काठमाडौंमा जारी…
