शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

दोलखा / भीमेश्वर – “७०औं प्रहरी दिवस २०८२” को शुभ-अवसरमा यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक मिना देवी राई जिल्ला प्रहरी कार्यालय चितवनबाट उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ। प्रहरी सेवामा लामो समयदेखि इमानदार, लगनशील र जिम्मेवार ढङ्गले कार्य गर्दै आउनुभएकी राईको समर्पण र उत्कृष्ट कार्यशैलीलाई प्रहरी संगठनले उच्च सम्मानका साथ कदर गरेको हो। उहाँ दोलखेली बुहारी समेत हुनुहुन्छ। जिल्लासँग आत्मीय सम्बन्ध राख्दै उहाँले दोलखाको सामाजिक तथा विकास गतिविधिहरूमा पनि सक्दो सहयोग पुर्‍याउँदै आउनुभएको छ। उहाँलाई प्राप्त यो सम्मानले दोलखालीहरूमा गर्वको अनुभूति दिलाएको छ। 🙏🇳🇵
Read More
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

दोलखा / — आज कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार मनाइँदैछ। यो दिन यमपञ्चक अर्थात् तिहारको पहिलो दिन पनि हो। यस दिनलाई “काग तिहार” भनेर चिनिन्छ। हिन्दू परम्परा अनुसार कागलाई सन्देशवाहक र सतर्कताको प्रतीकका रूपमा मानिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार, काग यमराजका दूत हुन्, जसले शुभ-अशुभ घटनाको सूचना पुर्‍याउने काम गर्छन्। त्यसैले आजको दिनमा कागलाई मीठा-मीठा खानेकुरा चढाएर पूजा गर्ने चलन रहेको छ। घर-घरमा बिहानै उठेर कागका लागि परिकार तयार पारिन्छ र घरको छत, बारन्दा वा आँगनमा राखिन्छ। यसरी कागलाई सम्मान दिँदा घरमा शुभता, शान्ति र सन्देशका माध्यमले सबैलाई सतर्क रहने शक्ति प्राप्त हुने जनविश्वास छ। तिहारको पहिलो दिनदेखि सुरु…
Read More
बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

दोलखा / भीमेश्वर – बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष लिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिका रूपमा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सहकारी संस्थाहरू गाउँ र समाजको आर्थिक सबलीकरणका महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सहकारीले महिला सशक्तिकरण, आत्मनिर्भरता र समुदायमा आर्थिक क्रियाकलापलाई विस्तार गर्न ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो। साथै, उहाँले पारदर्शी, उत्तरदायी र उद्देश्यपूर्ण रूपमा सहकारी सञ्चालन गर्न सबै सदस्यहरूलाई आग्रह गर्नुभयो। सो अवसरमा कोषाध्यक्ष लंका प्यारी जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत…
Read More
नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् १४४६ तथा छठ पर्व २०८२ को अवसरमा “भेटघाट तथा चियापान कार्यक्रम” भव्य रूपमा सम्पन्न

नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् १४४६ तथा छठ पर्व २०८२ को अवसरमा “भेटघाट तथा चियापान कार्यक्रम” भव्य रूपमा सम्पन्न

दोलखा / चरिकोट – बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीको आयोजनामा नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् १४४६ तथा छठ पर्व २०८२ को अवसरमा “भेटघाट तथा चियापान कार्यक्रम” दोलखाको चरिकोटस्थित होटल दरबारमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, पत्रकार तथा बुद्धिजीवी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आपसी सद्भाव, मेलमिलाप र भाईचारा सुदृढ पार्न यस्ता कार्यक्रमहरू निकै उपयोगी हुने बताएका थिए।   मन्त्री भरत बहादुर केसीले कार्यक्रममा बोल्दै नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक विविधता नै हाम्रो शक्ति भएको बताउनुभयो। उहाँले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीबीच प्रेम,…
Read More
भेटघाट तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न

भेटघाट तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न

दोलखा / भीमेश्वर — महेन्द्र श्रेष्ठ नेपालीहरूको दोस्रो महान् पर्व तिहार (दीपावली) तथा छठ पर्वको अवसरमा भीमेश्वर नगरपालिका उप–प्रमुख कमला बस्नेतको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम दोलखा जिल्लाको चरिकोटस्थित होटल लक्ष्मी लजमा हर्ष, उल्लास र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, नेकपा (एमाले) जिल्ला पार्टी प्रमुख, नेपाली काँग्रेसका प्रतिनिधि, साथै जिल्लास्थित विभिन्न संघ–संस्था, सहकारी, पत्रकार, व्यापारी, बुद्धिजीवी र कर्मचारी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले तिहार र छठ पर्वले नेपाली समाजमा आपसी मेलमिलाप,…
Read More
७० औं प्रहरी दिवस दोलखामा विविध कार्यक्रमसहित सम्पन्न

७० औं प्रहरी दिवस दोलखामा विविध कार्यक्रमसहित सम्पन्न

दोलखा / भीमेश्वर – २०८२ जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा ७० औं प्रहरी दिवस भव्य रूपमा मनाइयो। “नागरिक प्रहरी सहकार्य, सुरक्षाको लागि अपरिहार्य” भन्ने नारासहित सम्पन्न कार्यक्रममा समाजसेवा, अनुशासन र सुरक्षामा प्रहरीको योगदानलाई उच्च सम्मानका साथ प्रस्तुत गरिएको थियो। कार्यक्रममा ३ जनालाई अमर प्रहरी परिवार सम्मान, २ जना पूर्व जेष्ठ प्रहरीलाई विशेष सम्मान, १७ जनालाई कदरपत्र र १५ जनालाई प्रहरी पुरस्कार प्रदान गरिएको थियो। यी सम्मानहरूले प्रहरी सेवामा समर्पण, इमानदारी र जिम्मेवारीका उदाहरणहरूलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ। प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न सामाजिक सेवा कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो। कार्यक्रममा रक्तदान कार्यक्रम, सफाइ अभियान, र…
Read More
शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

भीमेश्वर नगरपालिकाकी उप–मेयर कमला बस्नेतद्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकाकी उप–मेयर तथा नेकपा (एमाले) जिल्ला कमिटीकी सह–सचिव कमला बस्नेतले शुभ दीपावली तथा छठ पर्वको अवसरमा लक्ष्मी लज, चरिकोटमा विशेष भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्ने भएकी छन्। पर्वको शुभ सन्देशलाई साझा उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको तयारीबारे जानकारी दिँदै उप–मेयर बस्नेतले भनिन्, “दीपावली र छठ पर्वले उज्यालो, आशा र आस्थाको सन्देश दिन्छ। यी पर्वहरूले हाम्रो समाजमा सद्भाव, सहकार्य…
Read More
कार्यालयमा विशेष चियापान कार्यक्रम आयोजना गर्ने

कार्यालयमा विशेष चियापान कार्यक्रम आयोजना गर्ने

शनिवार, कार्तिक १ गते विहान ७:३० बजे पार्टी कार्यालयमा विशेष चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीभित्रको संगठनात्मक एकता, सहकार्य, सद्भाव र आपसी भेटघाटको भावना सुदृढ पार्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो। कार्यक्रमको तयारीबारे जानकारी दिँदै भीमेश्वर नगर कमिटीका अध्यक्ष भोला खतीवडाले भन्नुभयो, “एमाले परिवारबीचको आपसी सम्बन्ध र एकतालाई थप सुदृढ बनाउँदै सबैलाई एउटै मंचमा ल्याउने हाम्रो उद्देश्य हो। यस कार्यक्रमले संगठनमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास लिएको छ।” कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता–कार्यकर्ता, अन्य मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, जिल्लास्तरीय सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरू सहभागी हुने अपेक्षा गरिएको छ। भीमेश्वर नगर कमिटीले यो…
Read More
भीमेश्वर नगरपालिकाद्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

भीमेश्वर नगरपालिकाद्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

दोलखा । नेपालिहरूको दोस्रो महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा भीमेश्वर नगरपालिका, दोलखाले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०७८ असोज ३१ गते बिहान ७:०० बजे, सातदोबाटोस्थित होटल लक्ष्मी लजमा हुने जनाएको छ। यस शुभ अवसरमा नगरवासी, विभिन्न संघ–संस्था, कर्मचारी तथा सरोकारवाला सबैलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। कार्यक्रमको संयोजन भीमेश्वर नगरपालिका उप–प्रमुख कमला बस्नेतले गर्नुभएको हो। उहाँले यस कार्यक्रमले सामाजिक सद्भाव, आपसी भेटघाट र पर्वको खुशी साटासाट गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
Read More
दोलखा प्रशासनको आदेश : दिपावलीमा पटका, मदिरा र भीडभाड निषेध

दोलखा प्रशासनको आदेश : दिपावलीमा पटका, मदिरा र भीडभाड निषेध

महेन्द्र श्रेष्ठ दोलखा, २७ कात्तिक — दिपावली तथा नेपाल संवत् ११४६ र छठ पर्वलाई लक्षित गरी दोलखा जिल्ला प्रशासन कार्यालयले सुरक्षात्मक आदेश जारी गरेको छ। चाडपर्वको समयमा शान्ति, सुव्यवस्था र जनसुरक्षा कायम राख्न भन्दै प्रशासनले के गर्न पाइने र के नगर्नु भन्ने विषयमा विस्तृत सूचना सार्वजनिक गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालले हस्ताक्षर गरेको सूचनामा दिपावलीका अवसरमा पटका, बम, आतसबाजी, फटाका, विस्फोटक पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोग पूर्णरूपमा निषेध गरिएको उल्लेख छ। यस्ता वस्तु उत्पादन गर्ने, बिक्री गर्ने वा प्रयोग गर्ने पाइएमा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। त्यसैगरी, देउसी–भैलो खेल्ने कार्यलाई परम्परागत ढंगले मर्यादित रूपमा गर्न अनुरोध…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search