विकासको भरोसा : पार्बत गुरूङ दोलखा — जिल्लाको समग्र विकास, सुशासन र जनमुखी सेवाको प्रतिबद्धतासहित पार्बत गुरूङ दोलखाली जनतामाझ आशाको केन्द्र बनेका छन्। लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय गुरूङले विकासलाई नारामा होइन, व्यवहारमा उतार्ने नेताको रूपमा आफ्नो पहिचान बनाउँदै आएका छन्। स्थानीय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा उहाँले अघि सारेका योजनाहरूले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिएको स्थानीयवासी बताउँछन्। “एक गाउँ, एक उत्पादन” जस्ता कार्यक्रममार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उहाँको सोच दोलखाको दीर्घकालीन विकाससँग जोडिएको छ। गुरूङले राजनीति सत्ताको साधन होइन, जनसेवाको माध्यम हो भन्ने मान्यतालाई आत्मसात् गर्दै आएका छन्। सरल जीवनशैली, स्पष्ट विचार…
नेकपा एमाले भिमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बैठकले संगठनात्मक तयारीलाई थप मजबुत बनाएको छ। बैठकले वडा कमिटीका अध्यक्ष राजेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। गठन भएको कमिटीले वडा स्तरमा मतदाता सम्पर्क, संगठन सुदृढीकरण, प्रचार–प्रसार तथा निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जिम्मेवारी लिनेछ। बैठकमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने संकल्प व्यक्त गरेका…
संघको अध्यक्ष बन्दै महाराज गुरुङ, क्षितिज थेबेले आजै नेतृत्व हस्तान्तरण गर्दै महेन्द्र श्रेष्ठ दोलखा — दोलखाली युवा समाजसेवी तथा संगठित युवा आन्दोलनमा सक्रिय रहँदै आएका महाराज गुरुङ आज नेपाल युवा संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। हालसम्म केन्द्रीय अध्यक्षको भूमिकामा रहनु भएका क्षितिज थेबेले आजै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ। दोलखाबाट राष्ट्रिय राजनीतिसम्म सशक्त उपस्थिति जनाउँदै आएका महाराज गुरुङको नेतृत्वमा नेपाल युवा संघले नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ प्रतिबद्धतासहित अघि बढ्ने अपेक्षा गरिएको छ। लामो समयदेखि युवाको हक–हित, सामाजिक न्याय, राष्ट्र निर्माण र संगठन सुदृढीकरणमा क्रियाशील गुरुङ युवामाझ लोकप्रिय तथा भरोसायोग्य नेताका रूपमा परिचित हुनुहुन्छ।…
दोलखा, माघ १३ — भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनप्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएको हो। जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढा मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला गरी ५३ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा नेपाल क्षयरोग निवारण संस्था, दोलखा जिल्ला शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको परिचय, उद्देश्य तथा जिल्लामा क्षयरोग नियन्त्रणका लागि संस्थाले गर्दै आएको गतिविधिबारे जानकारी…
नेकपा एमालेको समानुपातिक सूचीमा दोलखाबाट टेकबहादुर घतानी थपिए नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिक तर्फको उम्मेदवार सूचीमा दोलखा जिल्लाबाट टेकबहादुर घतानीलाई थप गरेको छ। पार्टीको केन्द्रीय कमिटीस्तरको निर्णयअनुसार घतानीको नाम समानुपातिक उम्मेदवारको सूचिमा समावेश गरिएको हो। दोलखा जिल्लामा लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएका घतानीलाई समानुपातिक सूचीमा समेटिनुलाई पार्टीभित्र उनको निरन्तर योगदान, निष्ठा र अनुभवको कदरका रूपमा हेरिएको छ। उनी एमालेको संगठन सुदृढीकरणमा विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टीलाई बलियो बनाउने अभियानमा सक्रिय रहँदै आएका नेता हुन्। एमालेले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न क्षेत्र, वर्ग र समुदायको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्ने नीति अनुसार उम्मेदवार छनोट गर्दै…
एमाले दोलखा इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका अब्बल नेता तथा अनुभवी राजनीतिज्ञ पार्वत गुरुङलाई प्रदान गरिएको छ। पार्टी संगठन सुदृढीकरण र जिल्लामा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो जिम्मेवारी उहाँलाई सुम्पिएको हो। पार्वत गुरुङ दोलखा जिल्लाका जनप्रिय र भरोसायोग्य नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ नेपाल सरकारका तत्कालीन सञ्चार मन्त्री तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको अनुभवी व्यक्तित्व हुनुहुन्छ। मन्त्री पदमा रहँदा उहाँले नीतिगत सुधार, जनमुखी कार्यक्रम र विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। दोलखाको विकास, संगठन विस्तार र जनतासँगको सशक्त सम्बन्ध निर्माणमा…
प्रदेश वन ऐन संशोधनबारे हेटौँडामा प्रदेशस्तरीय सरोकारवालाबीच छलफल हेटौँडा — प्रदेश वन ऐन संशोधनका लागि गठित कार्यदल र बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा आयोजित उक्त कार्यक्रममा प्रदेश वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री भरत केसी तथा प्रदेश वन सचिव डा. केदार बरालको विशेष उपस्थिति रहेको थियो। छलफल कार्यक्रममा प्रदेश वन ऐनलाई समयसापेक्ष, व्यवहारिक र समुदायमैत्री बनाउने उद्देश्यले प्रस्तावित संशोधनका विषयमा विस्तृत छलफल गरिएको थियो। वन संरक्षण, दिगो व्यवस्थापन, वातावरणीय सन्तुलन तथा सामुदायिक वनको अधिकार र भूमिकाबारे सरोकारवालाहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा सामुदायिक वन अभियन्ता भोला खत्रीवडाले…
निर्वाचन सफल बनाउन लाग्छौँ : दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरे प्रधान सम्पादक महेन्द्र श्रेष्ठ दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरेले आउँदै गरेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय दोलखा पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभएको छ। पत्रकारहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई सफल बनाउनु राज्य संयन्त्र मात्र होइन, सम्पूर्ण नागरिक, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार निर्वाचनको सम्पूर्ण प्रक्रियामा शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान निकायसँग प्रभावकारी समन्वय गरिएको छ। मतदान केन्द्रदेखि मतपेटिका ढुवानी…
स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना दोलखा — नेकपा कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) भीमेश्वर नगरपालिका वडा नं. २ कमिटी, दोलखा परिवारको आयोजनामा स्व. इन्द्रप्रसाद सुवेदीप्रति भावपूर्ण समवेदना व्यक्त गरिएको छ। समवेदना कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा कमिटी कार्यवाहक अध्यक्ष शान्त श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान लगायत पार्टीका नेता–कार्यकर्ता तथा सुवेदी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. सुवेदीको पार्टीप्रतिको निष्ठा, जनसेवामा पुर्याएको योगदान र स्थानीय विकासमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँको निधनले पार्टी र समाजले अपूरणीय क्षति व्यहोर्नु परेको धारणा व्यक्त गरे। स्व.…
बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न काठमाडौँ — बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि मन्त्रीस्तरीय निर्णयबाट डा. सिन्धु ढुंगानाको संयोजकत्वमा गठन गरिएको कार्यदलको बैठक सम्पन्न भएको छ। बैठकमा माननीय वन तथा वातावरण मन्त्री भरत केसी, मन्त्रालयका सचिव डा. केदार बरालसहित कार्यदलका सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा प्रदेश वन ऐनका विद्यमान कानुनी प्रावधान, कार्यान्वयनको अवस्था, देखिएका समस्या तथा संशोधनमार्फत सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको छ। प्रदेश वन ऐन संशोधनको प्रक्रियामा अधिकारवालाहरूको प्रत्यक्ष प्रतिनिधित्वसहित कार्यदल गठन गरी छलफल तथा सुझाव संकलन गर्ने अभ्यास बागमती प्रदेशमा पहिलो पटक गरिएको हो। यस अभ्यासले ऐनलाई अझ व्यवहारिक, समावेशी…
