हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध दोलखा। आगामी २०८३ साल श्रावण ९ गते शनिबार हरिशयनी (तुलसी रोप्ने) एकादशी पर्वका अवसरमा दोलखास्थित श्री भीमेश्वर मन्दिरमा बली पूजा तथा पशुजन्य वा तामसिक सामग्री चढाउने कार्य पूर्ण रूपमा बन्द रहने भएको छ। श्री भीमेश्वर मन्दिर व्यवस्थापन समितिले एक सूचना जारी गर्दै हरिशयनी एकादशीको पावन अवसरलाई मध्यनजर गर्दै मन्दिर परिसरमा बली पूजा, समैबजि, जट्टा नरिवल तथा अण्डा चढाउने कार्य पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो। समितिका अनुसार हरिशयनी एकादशी भगवान विष्णुको विशेष आराधना गरिने तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र पर्व भएकाले मन्दिरको…
पुष्पलाल स्मृति दिवसमा पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई शंख ध्वनि अनलाइन संवाददाता रामेछाप। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरेको छ। बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पौडेललाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको हो। सम्मान ग्रहणपछि उनले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको बताए। उनले नेपाली पत्रकारिता विभिन्न चुनौती र आत्म–नियन्त्रणको दबाबबीच पनि सत्यको पक्षमा दृढतापूर्वक अघि बढ्ने…
भीमेश्वर नगरपालिकाको मुख्य सडक वर्षौंदेखि बेहाल, सेवाग्राही सास्तीमा महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको / चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय पुग्ने मुख्य सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहँदा दैनिक आवतजावत गर्ने सेवाग्राही, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। स्थानीयका अनुसार सामान्य वर्षा हुनासाथ सडक हिलाम्मे र जलमग्न हुने तथा घाम लाग्नेबित्तिकै धुलाम्मे बन्ने समस्या करिब एक दशकदेखि दोहोरिँदै आएको छ। जिल्लाकै प्रमुख प्रशासनिक तथा सार्वजनिक सेवा केन्द्रसम्म पुग्ने सडकको यस्तो अवस्था हुँदा सम्बन्धित निकायप्रति स्थानीयले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। यसै सडकमार्फत भीमेश्वर नगरपालिका, पशुपति चौलागाईं स्मृति अस्पताल, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, नापी कार्यालय तथा गौरीशंकर बहुमुखी क्याम्पसलगायतका…
भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाको अनुमानित कुल बजेट ८८ करोड ९९ लाख ८७ हजार रुपैयाँ रहेको थियो। नगरपालिकाले बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेसँगै विकास निर्माण तथा उत्पादनमुखी क्षेत्र, विशेषगरी कृषि क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको भन्दै स्थानीय स्तरमा चासोसमेत व्यक्त हुन थालेको छ। नगरपालिकाका अनुसार कुल बजेटमध्ये चालुतर्फ ५९ करोड १४ लाख ३२ हजार ९९८ रुपैयाँ, पुँजीगततर्फ २८ करोड ८५ लाख ५४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १० करोड…
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थली निवासी अन्दाजी ५० वर्षीय भक्तबहादुर थामीको सर्पदंशबाट मृत्यु भएको छ। शुक्रबार राति करिब ९ बजे आफ्नै निवासमा रहेका बेला विषालु सर्पले टोकेपछि थामीको स्वास्थ्य अवस्था एकाएक गम्भीर बनेको थियो। परिवारका सदस्य तथा स्थानीयवासीले तत्काल उपचारका लागि अस्पतालतर्फ लैजाने प्रयास गरे पनि अस्पताल पुग्नुअघि नै बाटोमै उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतकका ज्वाइँ मिलन थामीका अनुसार सर्पले टोकेलगत्तै उहाँलाई प्राथमिक उपचारसहित अस्पताल पुर्याउने प्रयास गरिएको थियो। तर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उहाँले अन्तिम सास फेरेका हुन्। यस घटनाले डोक्थली क्षेत्र शोकमा डुबेको छ। मृतक…
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले हालसम्म प्रस्तुत भएका प्रमाणका आधारमा उहाँलाई कसुरमा संलग्न देखिने पर्याप्त आधार नरहेको उल्लेख गर्दै साधारण तारिखमा राख्ने आदेश दिएको छ। यस मुद्दामा अभियोजन पक्षले २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै थप सजायको माग गरेको थियो। तर अदालतले अनुसन्धानबाट संकलित कागजात, बयान तथा अन्य प्रमाणहरूको अध्ययनपछि तत्कालका लागि पौडेललाई कसुरमा संलग्न देखाउने पर्याप्त आधार स्थापित नभएको निष्कर्ष निकालेको हो। अदालतको आदेशअनुसार मुख्य प्रतिवादी दीपक भट्टले अनुसन्धानका क्रममा वा अदालतमा दिएको कुनै…
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको वर्षाले दोलखा जिल्लाका किसानमा नयाँ उत्साह थपिएको छ। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा चिन्तित बनेका किसानहरू अहिले भने खेतबारीमा व्यस्त देखिएका छन्। वर्षासँगै खेतमा पर्याप्त पानी जम्न थालेपछि जिल्लाभर धान रोपाइँको चटारो बढेको हो। भीमेश्वर, मेलुङ, गौरीशंकर, शैलुङ, वैतेश्वर, तामाकोशी, जिरी, कालिञ्चोक, बिगु तथा अन्य स्थानीय तहका अधिकांश गाउँमा किसान बिहानदेखि साँझसम्म खेतमै व्यस्त छन्। परिवारका सदस्यसँगै छिमेकीहरू एकअर्कालाई सघाउँदै परम्परागत रूपमा धान रोपाइँ गरिरहेका दृश्य गाउँघरमा फेरि देखिन थालेका छन्। किसानहरूका अनुसार समयमै परेको वर्षाले रोपाइँका लागि अनुकूल वातावरण बनेको छ।…
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ दोलखा/ नेपाली भाषा, साहित्य तथा गजल विधामा दशकौँदेखि निरन्तर सिर्जनशील साधनामा समर्पित अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष साहित्यिक समारोहमा उहाँलाई नगद ११ हजार १११ रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित उक्त पुरस्कार प्रदान गरिएको हो। दोलखा संस्कृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, शिक्षाविद्, बुद्धिजीवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्दै अग्रज…
अस्पतालमा शल्यक्रिया (ओटी) सेवा समेत सञ्चालनधुलिखेल अस्पताल–दोलखा अस्पताल : आधुनिक स्वास्थ्य सेवासहित जिल्लावासीको भरोसाको केन्द्र। महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित धुलिखेल अस्पताल–दोलखा अस्पतालले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको दायरा उल्लेखनीय रूपमा विस्तार गर्दै जिल्लाभित्रै आधुनिक उपचार सेवा प्रदान गरिरहेको छ। विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा आधुनिक स्वास्थ्य उपकरणसहित अस्पतालले आधारभूतदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवा सञ्चालन गर्दै जिल्लावासीको विश्वास जित्न सफल भएको छ। पहाडी तथा दुर्गम भौगोलिक अवस्थाका कारण उपचारका लागि काठमाडौं वा अन्य सहर पुग्नुपर्ने बाध्यता खेप्दै आएका स्थानीयका लागि धुलिखेल अस्पताल–दोलखा अस्पताल अहिले भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा स्थापित…
असारको चटारो: दोलखाको बेसीफाँटमा धमाधम धान रोपाइँ, ढिलो वर्षाले काम प्रभावित। – महेन्द्र श्रेष्ठ दोलखा, असार २३ – दोलखाका बेसीफाँट क्षेत्रमा यतिबेला असारको चटारोसँगै धान रोपाइँ तीव्र रूपमा भइरहेको छ। बिहानदेखि साँझसम्म किसानहरू हिलोमा पस्दै रोपाइँमा व्यस्त देखिएका छन्। खेत–खेतमा रोपाइँको चहलपहल बढेसँगै ग्रामीण बस्तीमा असारे खेतीको रौनक फर्किएको छ। यस वर्ष मनसुन तथा आकाशे वर्षा ढिलो सुरु भएकाले धान रोपाइँको काम अपेक्षाभन्दा केही पछि धकेलिएको किसानहरू बताउँछन्। सुरुका दिनमा पर्याप्त पानीको अभाव हुँदा धेरै खेतमा रोपाइँ गर्न कठिनाइ भएको थियो। पछिल्ला दिनमा निरन्तर वर्षा हुन थालेपछि अहिले अधिकांश बेसीफाँट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ भने बाँकी खेतमा पनि किसानहरूले…
