७ कार्तिक, दोलखा । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् । गत असोज १२ को बाढीले बगाएको पुल नेपाली सेनाले उक्त पुल बेलीबिडीज २१ दिन भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।
१ कात्तिक २०८१, दोलखा । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायु बागमती, कोशी तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार मधेशका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।त्यसैगरी गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
-भरत बहादुर श्रेष्ठ (दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्ष) https://youtu.be/BP3p-uwGYfQ दोलखा । मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै…
२९ असोज २०८१, दोलखा । दशैंको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमासम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ। यस वर्ष असोज ३० गते अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।…
-महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) विजया दशमीको भोलिपल्ट बुधबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै खड्ग जात्रा मनाईएको छ । https://youtu.be/Zd-3_fEojuE मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाईएको हो । आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढेको रोचक दृष्य र प्राचीन युद्धको कलाकौशल हेर्न बाक्लै चहलपहल थियो । दशमीको भोलिपल्ट खड्ग जात्राको अवलोकन गरेर दर्शन गरेमा फलिफाप हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा…
२३ आश्विन २०८१, दोलखा । घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन दोलखा नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हाराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल/तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा…
२०८१-०५-२८, दोलखा । आज चलचित्र " नाङ्गो गाउँ " हेरेपछी मलाई एउटा पुरानो कुराको याद आयो। एसएलसि उतिर्ण गरेपछी आइए पढ्ने नपढ्ने द्विविधामा थिए। त्यतिकै किन बस्नु भनेर भीम माध्यमि विद्यालयमा पढाउन थालेको थिए। प्रअ भिमदल राई एक्कासि भागेर मेलुङ गएपछि स्वयम् सेवक शिक्षक स्व. माधबमणि राजभण्डारी प्र.अ. हुनु भएको थियो। म भर्खरै १६ बर्ष लागेको थिए र मेरो बुबा संचालक समितिको सदस्य हुनुहुन्थ्यो। २०२४-१-२४ देखि प्र.अ. माधबमणि मलाइ लिखित रुपमा निमित्त प्र.अ. भएर काम गर्नु भन्ने पत्र दिएर काठमाडौं जानु भयो। नाङ्गो गाउँमा बेलामा तलब दिन नसकेर कुचिकार नआएर एक शिक्षकले सौचालय सफा गर्नु परेको देखाएको छ। यस्तै स्थिती…
उपसचिव मानबहादुर (एमबी) खड्का 'उत्कृष्ट निजामती सेवा पुरस्कार' बाट सम्मानित भएका छन् । २१औँ निजामती सेवा दिवसको अवसरमा खड्कासहित १० उत्कृष्ट कर्मचारीलाई शनिबार प्रधानमन्त्री ओलीले ताम्रपत्रसहित सम्मान र पुरस्कार प्रदान गरेका हुन् । खड्का हाल ललितपुरकाे गाेदावरी नगरपालिकामा प्रमुख प्रशासकीय प्रमुखकाे रूपमा कार्यरत छन् । खड्का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ मा आयोजना गरेको ‘प्रतिभा डबली’ मा 'नेपालको प्रशासनिक क्षेत्रको सुधार' का लागि निजामती कर्मचारीबाट प्रस्तुत भएका नविनतम विचारहरु (ईनोभेटिभ आईडिया) प्रस्तुत गर्दा दाेस्राे भएका थिए । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–६ (साविक च्यामा गाविस) स्थायी ठेगाना भएका खड्का २०६१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन्…
२० फाल्गुन, काठमाण्डौं - मानव अधिकारकर्मीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तानाशाही, निरंकुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माणको बाटो परित्याग गर्न आग्रह गर्दै खुला पत्र लेखेका छन्। उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको उल्लेख गरेका छन्। ‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो। तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन्। गत फागुन १६ गते साँझ काठमाडौंका नगर प्रहरी सुन्धारा क्षेत्रमा व्यापारीहरूमाथि जाइलागेको थियो। ‘सडक व्यापारीमाथिको श्रृंखलाबद्ध…
