Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

स्थानीय तह विशेष

भीमेश्वर–२ मा धान रोपाइँ सुरु, हिलोमा रमाउँदै किसान र युवापुस्ता

भीमेश्वर–२ मा धान रोपाइँ सुरु, हिलोमा रमाउँदै किसान र युवापुस्ता

भीमेश्वर–२ मा धान रोपाइँ सुरु, हिलोमा रमाउँदै किसान र युवापुस्ता महेन्द्र श्रेष्ठ शंखध्वनि अनलाइन दोलखा । असार २ गतेसँगै दोलखाको भीमेश्वर नगरपालिका–२ मा यस वर्षको धान रोपाइँ सुरु भएको छ। खेतका गरामा किसान, युवा तथा स्थानीयवासी हिलोमा रमाउँदै धान रोपाइँमा जुटेका छन्। रोपाइँका क्रममा हिलोमा खेल्दै, साथीभाइसँग रमाउँदै, गीत गाउँदै र हाँस्दै स्थानीयहरूले असारे खेतीको परम्परागत उत्सवको आनन्द लिएका छन्। असार महिना नेपाली कृषकका लागि विशेष महत्व बोकेको समय भएकाले गाउँभरि उत्साहपूर्ण वातावरण देखिएको छ। स्थानीय किसानहरूका अनुसार समयमै वर्षा भएकाले यस वर्षको रोपाइँ कार्य सहज रूपमा अघि बढिरहेको छ। धान खेती ग्रामीण अर्थतन्त्रको मुख्य आधार भएकाले किसानहरू बिहानदेखि साँझसम्म…
Read More
अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता।

अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता।

अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता। दोलखा / सडक डिभिजन कार्यालयको आयोजनामा अभयपुर बजार क्षेत्रमा वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाकै दोस्रो ठूलो शैक्षिक संस्था भीम माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। “दोलखा हाम्रो रहर, स्वच्छ, सफा र सुन्दर शहर” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। विद्यार्थीहरूले बजार क्षेत्र, सडक किनारा तथा सार्वजनिक स्थलमा छरिएका फोहोर संकलन गर्दै सरसफाइप्रति जनचेतना फैलाउने कार्य गरेका थिए। कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा नागरिक जिम्मेवारीबारे सकारात्मक सन्देश प्रवाह भएको आयोजकले जनाएको छ। यस्ता अभियानले बजार क्षेत्रलाई सफा…
Read More
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, जेठ २० नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको आयोजनामा सञ्चारकर्मीहरूका लागि जिल्लास्तरीय वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेक्मी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख रेक्मीले दोलखा जिल्लाको वन क्षेत्र, जैविक विविधता, वन संरक्षण, कार्यालयका गतिविधि तथा आगामी योजनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। उहाँका अनुसार दोलखा जिल्लाको कुल २ लाख १४ हजार ८७० हेक्टर क्षेत्रफलमध्ये ४६ दशमलव ९२ प्रतिशत भूभाग वन क्षेत्रले…
Read More
भीमेश्वर मन्दिर संरक्षण तथा गुरुयोजना निर्माण प्रक्रिया अघि बढ्दै, ‘शिव सर्किट’ अन्तर्गत बहुवर्षीय योजना सुरु हुने

भीमेश्वर मन्दिर संरक्षण तथा गुरुयोजना निर्माण प्रक्रिया अघि बढ्दै, ‘शिव सर्किट’ अन्तर्गत बहुवर्षीय योजना सुरु हुने

दोलखा— ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भीमेश्वर मन्दिर परिसरको संरक्षण, व्यवस्थापन र दीर्घकालीन समग्र विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रदेश सरकारको महत्वाकांक्षी “शिव सर्किट परियोजना” अन्तर्गत सञ्चालन हुन लागेको बहुवर्षीय कार्यक्रमको सन्दर्भमा बिहीबार सम्पन्न सरोकारवालाहरूको बैठकले यस दिशामा महत्वपूर्ण निर्णयहरू गरेको हो। भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त बैठकमा मन्दिर परिसरको वर्तमान अवस्था, यसको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व, र दीर्घकालीन विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।  सहभागीहरूले मन्दिर क्षेत्रको व्यवस्थित संरक्षणसँगै आधुनिक आवश्यकताअनुसार पूर्वाधार विकास, सौन्दर्यीकरण तथा पर्यटकमैत्री वातावरण निर्माण अपरिहार्य भएकोमा जोड दिएका थिए। (more…)
Read More

सेवा मूल्याङ्कनसहित दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण सम्पन्न

दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न। सेवा मूल्याङ्कनसँगै दोलखा लायन्स क्लबको भवन कार्यक्रम पनि सम्पन्न। दोलखा जिल्लामा आँखासम्बन्धी स्वास्थ्य सेवाको विस्तार तथा अन्धोपन निवारणमा निरन्तर सक्रिय रहँदै आएको दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न भएको छ। पारदर्शिता, उत्तरदायित्व र सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लब, तिलगंगा आँखा प्रतिष्ठान तथा विभिन्न परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामाजिक लेखा परीक्षण कार्यक्रममार्फत दोलखा जिल्लामा सञ्चालन भइरहेका आँखा स्वास्थ्यसम्बन्धी सेवा, परियोजना, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। यसै सन्दर्भमा दोलखा लायन्स क्लबको भवन कार्यक्रम…
Read More
वणारसी सहयोगी हातहरुको १२औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन भव्यताका साथ सम्पन्

वणारसी सहयोगी हातहरुको १२औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन भव्यताका साथ सम्पन्

महेन्द्र श्रेष्ठ /काठमाडौं । “सुखमा होइन, दु:खमा मिल्ने सच्चा साथी हौं” भन्ने मूल नारासहित स्थापित वणारसी सहयोगी हातहरु संस्थाको १२औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन राजधानी काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभेच्छुकको उत्साहजनक उपस्थिति रहेको थियो। साधारण सभामा संस्थाले अघिल्ला वर्षका आर्थिक तथा कार्यक्रमगत प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक समीक्षा र आगामी योजना प्रस्तुत गरेको थियो। त्यस अवसरमा अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित अध्यक्ष दिलिप श्रेष्ठको नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छः नयाँ कार्यसमिति अध्यक्ष : दिलिप श्रेष्ठ उपाध्यक्ष : बाबाराजा श्रेष्ठ सचिव : रेणुका श्रेष्ठ…
Read More
भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

https://www.youtube.com/watch?v=0Me0GfO8X2k दाेलखा  भीमेश्वर नगरपालिका वडा नं २ का व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।
Read More
वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो । भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले…
Read More
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
Read More
तामाकोशी नदीमा डुबेर एक पुरूष बेपत्ता

तामाकोशी नदीमा डुबेर एक पुरूष बेपत्ता

२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् ‌ बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search