दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न। सेवा मूल्याङ्कनसँगै दोलखा लायन्स क्लबको भवन कार्यक्रम पनि सम्पन्न। दोलखा जिल्लामा आँखासम्बन्धी स्वास्थ्य सेवाको विस्तार तथा अन्धोपन निवारणमा निरन्तर सक्रिय रहँदै आएको दोलखा लायन्स आँखा केन्द्रको सामाजिक लेखा परीक्षण कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानमा सम्पन्न भएको छ। पारदर्शिता, उत्तरदायित्व र सेवाको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लब, तिलगंगा आँखा प्रतिष्ठान तथा विभिन्न परियोजनासँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामाजिक लेखा परीक्षण कार्यक्रममार्फत दोलखा जिल्लामा सञ्चालन भइरहेका आँखा स्वास्थ्यसम्बन्धी सेवा, परियोजना, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। यसै सन्दर्भमा दोलखा लायन्स क्लबको भवन कार्यक्रम…
प्रधान सम्पादक महेन्द्र श्रेष्ठ भीमेश्वर नगरपालिका–२, दोलखा । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको भीमेश्वर नगरपालिका–२ ले आज आफ्नो विकास यात्रामा एउटा महत्वपूर्ण अध्याय लेखेको छ। स्थानीय बासिन्दा तथा वडा कमिटीको लामो समयदेखि रहेको अपेक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन एक भव्य तथा सम्मानपूर्ण समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक प्रविधि, सेवा सहजता, नागरिकमैत्री वातावरण र संगठनात्मक प्रभावकारितालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यो भवनले अब वडाले प्रदान गर्ने सबै प्रकारका सेवा–सुविधालाई एकीकृत, छरितो र पारदर्शी बनाउँदै जनतामाझ सिधा प्रभाव पार्ने जनविश्वास लिएको छ। चुनावी प्रतिबद्धताको प्रत्यक्ष रूपान्तरण : अध्यक्ष स्टालिन श्रेष्ठको नेतृत्वमा सम्भव २०७९ सालको स्थानीय तह…
दोलखा, मंसिर २३। भीमेश्वर नगरपालिका–२ ले आफ्नो नयाँ वडा कार्यालय भवन सार्वजनिक रूपमा उद्घाटन गर्न लागेको छ। आगामी मंसिर २५ गते हुने उद्घाटन कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर र नगर उप–प्रमुख कमला बस्नेत लगायत स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। विशेष कुरा के छ भने, नयाँ भवन त आधुनिक सेवासुविधासहित बनेको भए पनि, यसको उद्घाटन पुरानै वडा कार्यालय रहेको ऐतिहासिक स्थानमै गरिँदैछ। पुरानो ठाउँ, पुरानै वातावरण र समुदायको लामो इतिहास बोकेको स्थानमा कार्यक्रम राखिएको भन्दै वडा अध्यक्ष स्टालिन श्रेष्ठले यसलाई “हाम्रो पहिचान र इतिहासलाई सम्मान गर्ने प्रयास” भनेका छन्। श्रेष्ठले पुरानो शैलीमा आफ्नो भनाइ राख्दै समुदायलाई एकताबद्ध रूपमा अघि बढ्न आग्रह…
चिताम्थली (भीनपा–६) मा आगलागी, समयमै नपुगेको दमकलप्रति स्थानीयको गुनासो भीमेश्वर नगरपालिका–६ चिताम्थलीमा आज साँझ भएको आगलागी नियन्त्रणमा चुनौती सिर्जना भएको छ। आगो लागेको जानकारी प्राप्त भएपछि स्थानीयबासीले नगरपालिका कार्यालय र दमकल कार्यालयमा पटक–पटक खबर गरे पनि दमकल समयमै ननिस्किएको स्थानीयले आरोप लगाएका छन्। यसअघि पनि भीनपा–८ बोचमा एक घरमा भएको आगलागीमा दमकल ढिलो पुगेर घर पुरै जलेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए। आजको घटनाले पुनः “नगरपालिकाको दमकल सेवा किन सक्रिय हुन सकेन?” भन्ने प्रश्न उठाएको छ। स्थानीयका अनुसार आगलागी नियन्त्रणका लागि अहिले स्वयंसेवक, छिमेकी र स्थानीय नागरिकाे सक्रियता जारी छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। घटनाबारे थप…
दोलखा, मंसिर ११ । नेकपा (एमाले) जिल्ला कमिटी दोलखाले मंसिर २७–२९ गते काठमाडौंमा आयोजना हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीलाई सुदृढ बनाउन तदनुसारका रणनीति र निर्णयहरू पारित गर्दै सचिवालय बैठक सम्पन्न गरेको छ। स्थानीय पार्टी नेतृत्व, प्रतिनिधि तथा संगठित संरचनाको सहभागितामा सम्पन्न बैठकले यसपटक दोलखाबाट महाधिवेशनमा जाने प्रतिनिधि टिमलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णयलाई प्रमुख प्राथमिकता बनाएको जनाएको छ। बैठक अनुसार प्रतिनिधि चयन प्रक्रियामा व्यापक छलफल र सहमतिको खोजीलाई प्राथमिकता दिइनेछ। तर कुनै विषयमा सहमति नजुटेमा पार्टीको आन्तरिक विधि–नियम अनुसार यथोचित प्रक्रिया अपनाएर टुंग्याइने स्पष्ट गरिएको छ। यसरी, संगठनभित्रको एकता, सहकार्य र विधिसम्मत अभ्यासलाई सुदृढ र उदाहरणीय बनाउने दिशामा बैठक…
प्रधान सम्पादक महेन्द्र श्रेष्ठ जनकपुरधाम– पौराणिक परम्परा र सांस्कृतिक गौरवको प्रतीक बिबाह पञ्चमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको औपचारिक निमन्त्रणामा सहभागी हुन गएको भीमेश्वर नगरपालिकाको प्रतिनिधिमण्डल र जनकपुरधाम उपमहानगरपालिकाबीच भगिनी सम्बन्धमार्फत दुवै नगरको भविष्यका सहकार्यका आयामहरूबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ। दुवै स्थानीय तहका प्रतिनिधिहरूबीच भएको भेटघाटमा दोलखा र मिथिलाको सांस्कृतिक, आर्थिक, साहित्यिक तथा पर्यटन विकासलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत कुराकानी गरिएको छ। विशेषगरी “भगिनी सम्बन्ध” लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै संयुक्त परियोजना, सांस्कृतिक आदान–प्रदान, पर्यटन प्रवर्द्धन, साहित्यिक अभियान र आर्थिक साझेदारी जस्ता क्षेत्रहरूमा सहकार्यको सम्भावना अध्ययन गरिएको जनाइएको छ। छलफलका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार शाह र…
महेन्द्र श्रेष्ठ प्राधान सम्पादक सिन्धुली । आ.व. २०८१/०८२ का उत्कृष्ट कार्यसम्पादनका आधारमा स्थानीय तहमार्फत प्रदान हुने स्वास्थ्य सेवा मूल्यांकनमा फिक्कल गाउँपालिका प्रथम बन्न सफल भएको छ। गुणस्तरीय सेवा विस्तार, आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि, स्वास्थ्य पूर्वाधार सुधार र समयमै सेवा उपलब्ध गराउने कार्यमा फिक्कलले देखाएको उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश सरकारले सम्मानित गरेको हो। यस उपलब्धिको सम्मानस्वरूप फिक्कल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लेखनाथ फुयाँललाई बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले संयुक्त रूपमा बधाई तथा धन्यवाद प्रदान गर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउने दिशामा निरन्तर…
भीमेश्वर, दोलखा । नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीले पार्टीका वरिष्ठ नेता, जेष्ठ नागरिक तथा पूर्व जनप्रतिनिधि इन्द्र प्रसाद सुवेदीलाई सम्मान गरेको छ। लामो समयदेखि पार्टी निर्माण तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई दोसल्ला ओढाई सम्मान गरिएको हो। उक्त सम्मान समारोहमा नेकपा (एमाले) दोलखा जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। साथै कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान, नेपाल महिला संघकी जिल्ला अध्यक्ष मेनुका सुवेदी, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, वडा सचिव रमेश श्रेष्ठ लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले सुवेदीले पार्टीको जटिल समयदेखि हालसम्म पुर्याएको योगदान…
२०८२ वैशाख ०९, दोलखा - दोलखा जिल्लाको मेलुङस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत दोलखाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र एक कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले संस्थाका अध्यक्ष छत्रराज उप्रेती, कोषाध्यक्ष हेमराज उप्रेती, व्यवस्थापक महेन्द्र भुजेल, र कर्मचारी रामशरण कार्कीलाई छ–छ महिनाको कैद सजाय सुनाएको छ। साथै उनीहरूमाथि ३२ लाख ७० हजार २ सय ७६ रुपैयाँ ७५ पैसा बराबरको बिगो तिर्न आदेश दिएको हो। अदालतले दिएको फैसलामा भनिएको छ, "आरोपितहरूले संस्थाको आर्थिक स्रोतको दुरुपयोग गर्दै आपसी मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणित भएको छ। लेखा परीक्षण तथा…
दोलखा, वैशाख ८, २०८२ – वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भोलिदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरुलाई आ-आफ्ना विद्यालय फर्केर पठनपाठन सुरु गर्न आग्रह गरेको हो। गाउँपालिकाका अध्यक्ष छवि लामाले बालबालिकाको पढ्न पाउने मौलिक हकलाई प्राथमिकतामा राख्दै तत्काल शिक्षण कार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष लामाका अनुसार, चैत २० गतेदेखि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर बालबालिकाको मनोवैज्ञानिक अवस्थामाथि परेको छ। "शिक्षा बालबालिकाको अधिकार हो। त्यो अधिकार सुनिश्चित गर्न हामीले यथाशीघ्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं," अध्यक्ष लामाले भन्नुभयो। यसैबीच, काठमाडौंमा जारी…
