Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 2

सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको दोस्रो परिषद्

सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको दोस्रो परिषद्

शंख ध्वनि समचार दाता काठमाडौं सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् काठमाडौं भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल रहनु भयो थियो भने भगवती प्रदश अध्यक्षता महासंघका अध्यक्ष विनोद सापकोटाले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिलवालले सामुदायिक वन समुदायकै सम्पत्ति भएकाले त्यसको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले समुदायमा आधारित वन व्यवस्थापनलाई थप व्यवस्थित गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, वन नीति निर्माणको प्रक्रियामा महासंघसँग समन्वय गरी अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउँदै…
Read More
सरकारद्वारा कक्षा १२ को परीक्षा सञ्चालनमा दृढता, आवश्यक परे निजामती कर्मचारी खटाइने

सरकारद्वारा कक्षा १२ को परीक्षा सञ्चालनमा दृढता, आवश्यक परे निजामती कर्मचारी खटाइने

-काठमाण्डौ समाचारदाता काठमाडौँ, वैशाख ९, २०८२— आन्दोलनरत शिक्षकहरूले परीक्षा बहिष्कार गरे पनि आगामी कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान सम्पन्न बैठकपछि परीक्षा सञ्चालनमा कुनै किसिमको सम्झौता नगर्ने स्पष्ट पार्दै, आवश्यकता परे निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गरिने निर्णय गरेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्डले आन्दोलनरत शिक्षकहरूलाई पुनः परीक्षामा सहभागी हुन अनुरोध गर्ने निर्णय गरेको छ। "सबै शिक्षक आन्दोलनमा हुनुहुन्न। जहाँ शिक्षक उपलब्ध छन्, त्यहाँ केन्द्राध्यक्ष र निरीक्षकको जिम्मेवारी उनीहरूकै हुनेछ," अध्यक्ष शर्माले बताए। "तर जहाँ शिक्षक उपलब्ध छैनन्, त्यहाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत विकल्प खोजेर परीक्षा…
Read More
अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो । ऐतिहासिक महत्त्व र धार्मिक विश्वास यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार "यज्ञकुमार प्रधान" का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास…
Read More
“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन। यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ। परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, "हामी यस घटनामा संलग्न पक्षको पहिचान…
Read More
दोलखाका उच्च भुभागमा हिमपात

दोलखाका उच्च भुभागमा हिमपात

१७ फागुन २०८१, दोलखा । दोलखाका उच्च भुभागमा हिमपात दाेलखाकाे भिबीन क्षेत्रमा। हिमाली जिल्ला दोलखाका माथिल्ला क्षेत्रहरुमा पहिलोपटक बर्षासँगै हिमपात सुरु भएको छ ।‌ कालिञ्चोक, शैलुङ, चेर्दूङ, खरिढुँगा लगायतका क्षेत्रमा शनिबार अपरान्हदेखि हिमपात सुरु भएको हो । माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन्। यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ।‌ हिमपात भएपछि चिसो त…
Read More
मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट

मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट

-महेन्द्र श्रेष्ठ ०७ फागुन २०८१, दोलखा । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ ।    यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत…
Read More
हलेसी बजारमा आगलागी नियन्त्रण गर्न कठिनाइ

हलेसी बजारमा आगलागी नियन्त्रण गर्न कठिनाइ

-काठमाण्डौ समाचारदाता ४ फागुन २०८१ (१६ फेब्रुअरी २०२५)। खोटाङ्ग हलेसीमा आज ठूलो आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसलमा आगो लागेको हो, जहाँ खाना पकाउने ग्याससहित थुप्रै ग्यास सिलिण्डर राखिएका थिए। आगो लागेको समय सिलिन्डरहरूको विस्फोट हुन थाल्यो, जसका कारण आगो अझै बढिरहेको छ। स्थानीयका अनुसार केही सिलिन्डरहरू अहिले पनि पड्किन थालेका छन्। पसलमा हार्डवेयरका सामानहरू पनि थुपारिएका थिए, र ती सामानहरू पनि आगोले नष्ट गरेको छ। पानी अभावका कारण आगो नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको छ। आगोका लप्टाहरू फैलिने र बजारका अन्य घरमा पनि पुग्ने खतरा छ, जसले स्थानिय बासिन्दा र व्यवसायीहरूमा ठूलो चिन्ता उत्पन्न गरेको छ। स्थानीयवासीहरूले…
Read More
ठमेलमा प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास

ठमेलमा प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास

-काठमाण्डौ समाचारदाता ३० माघ २०८१, काठमाडौं ।  ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको कुटपिट घटनामा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास भएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनाएको छ। संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियु सधैं कानुनी राज्यको पक्षमा रहेको र घटनामा संलग्न जो सुकैलाई कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा संगठनको स्पष्ट मत रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, “घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्ने कुरा अनेरास्ववियु दृढतापूर्वक मान्दछ।” साथै, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल र प्रायोजित सामग्रीमार्फत अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास भएकोमा उनले यस्तो गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गरेको पनि बताएका छन्। अनेरास्ववियुले…
Read More
भीमसेनको महिमा

भीमसेनको महिमा

२५ माघ २०८१, दोलखा । नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो संरक्षक देवताको रूपमा पूजा गर्छन् जसले उनीहरूलाई व्यापारको माध्यमबाट धन प्राप्त गर्न मद्दत पुर्याउँछ। त्यसैले काठमाडौं उपत्यकाका हरेक किनारामा भीमसेनको चित्र वा मूर्तिहरू देख्न सकिन्छ । नेवारहरूको बसोबास रहेको काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि भीमसेनका थुप्रै तीर्थस्थलहरू र सुव्यवस्थित मन्दिरहरू छन्। यहाँ यो ध्यान दिनु जरुरी छ कि भीमसेनको यो महिमा भारतमा अज्ञात छ यद्यपि केही भन्छन् कि भिमसेनलाई मध्य भारतका केही भागहरूमा केही आदिवासी जनजातिहरूले पूजा गर्छन्। भीमसेन सम्प्रदायको पुरातनता स्पष्ट रूपमा नायक पूजासँग सम्बन्धित हुनसक्छ ।…
Read More
दोलखा आदिवासी जनजाति महासंघको दाेलखाकाे अध्यक्षमा अर्जुन तामाङ

दोलखा आदिवासी जनजाति महासंघको दाेलखाकाे अध्यक्षमा अर्जुन तामाङ

६ माघ २०८१, दोलखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनबाट अर्जुन तामाङको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिती चयन भएको हो । तामाङले दोस्रो कार्यकाल दोहोर्याएका हुन् । कार्यसमितिको उपाध्यक्षमा धनराज तामाङ, कोषाध्यक्षमा राजकुमार भुजेल, सचिवमा मार्मेन तामाङ र सहसचिवमा किशोर कुमार गुरुङ चयन भएका छन्। त्यस्तै सदस्यहरुमा क्रमशः दावा तामाङ,सुजन थामि,प्रेम कुमार तामाङ र मुना गरुङ चयन भएका छन्। निर्वाचन समितिको समितिको संयोजक अधिवक्ता राजेन्द्र नारायण श्रेष्ठ रहेको थियो । फोनिज दोलखाको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले गरेका थिए । कार्यक्रममा फोनिजका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search