अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो । ऐतिहासिक महत्त्व र धार्मिक विश्वास यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार "यज्ञकुमार प्रधान" का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास…
२०८१ वैशाख ०८, दोलखा । दोलखाको बैतेश्वर गाउपालिकाको सम्वन्यमा भुमी समस्या सामधान आयोग दोलखाले अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बैतेश्वर गाउपालिकाको सम्पुर्ण वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्य र गाउपालिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत लगाएत भुमी समस्या सामधान आयोग दोलखाको पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बैतेश्वर गाउँ पालिका भित्र रहेको १६ जना भुमिहिन सुकुम्बासी र दलित सुकुम्बासीहरुलाई निस्सा तथा जग्गा बितरणको लागि प्राबिधिक र कानुन पाटो सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुनुका साथै कार्यक्रमका प्रमुख अतिथी बैतेश्वर गाउपालिका अध्यक्ष छबिलामाले सरकारको नीति नै बाधक रहेको हुनाले समयमा जग्गा उपलब्ध गर्न नसकीने बताउनु…
वैशाख ०२, २०८२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने अभयपुर सहर दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुदै छ । गत चैत ३० गते सुरु भएको यो जात्रा अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ। करिब छ सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा कुन कुन टाेलमा पुग्छ ता ? समाजसेबी श्रणकुमार प्रधानकाे अनुसार यस पटक बैशाख २ गते रथ नक्छेबाट श्यामसन्दुर…
प्रधान संवाददाता महेन्द्र श्रेष्ठ, दोलखा अभयपुर शहर दोलखा, चत्र ३० गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने अभयपुर सहर दोलखामा एकहप्ते दुई दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुदै छ । गत चैत ३० गते सुरु भएको यो जात्रा अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ। करिब छ सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा कुन कुन टाेलमा पुग्छ त ? समाजसेबी…
दोलखा, ०७ चैत्र २०८१ – एसईई परीक्षा दिएर पौडी खेल्न गएका एक विद्यार्थीको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा विगु गाउँपालिका –२ ओराङका १७ वर्षीय प्रविण तामाङ रहेका छन्। उनी देवलिङ्गेश्वर माविमा कक्षा १० मा अध्ययनरत थिए। घटना आज बिहानको हो, जब प्रविण तामाङ साथीहरूसँग एसईई परीक्षा दिएर तामाकोशी नदीको किनारमा पौडी खेल्न गएका थिए। सो क्रममा अचानक नदीले बगाएर उनलाई तान्दै लगे। घटनास्थलमा उनको साथी सोनाम तामाङ उपस्थित थिए र उनीहरूले तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा खटिएको छ र घटनाको थप विवरण प्राप्त गर्नका लागि अनुसन्धान भइरहेको छ। दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक ईन्स्पेक्टर…
१७ फागुन २०८१, दोलखा । दोलखाका उच्च भुभागमा हिमपात दाेलखाकाे भिबीन क्षेत्रमा। हिमाली जिल्ला दोलखाका माथिल्ला क्षेत्रहरुमा पहिलोपटक बर्षासँगै हिमपात सुरु भएको छ । कालिञ्चोक, शैलुङ, चेर्दूङ, खरिढुँगा लगायतका क्षेत्रमा शनिबार अपरान्हदेखि हिमपात सुरु भएको हो । माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन्। यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ। हिमपात भएपछि चिसो त…
११ फागुन २०८१, दोलखा । लामाबगर यात्रा ५ बर्ष अघि तिहारको गोवद्र्धनको पूजाको दिनमा पारिवारीक घुमघामको सन्दर्भमा लामाबगर पुगेको थिएँ । त्यो भन्दा अघि २०६७ साल तिर गौरीशंकर संरक्षण क्षेत्रले सामुदायिक अधिकार हनन् गर्दछ भन्ने अभियान सञ्चालनकालागि लामावगरसम्म पुग्ने मौका मिलेको थिएँ तर छ्योतछ्योत भन्दा अगाडी पुग्न सकिएको थिएन । यात्राको मेसो नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दोलखा आउँदै हुनुहुन्थ्यो । दिन थियो, फागुन ४ गते । विहान ८ वजे देखि नेकपा एमाले भीमेश्वर नगर कमिटीले माथिल्लो कमिटीका नेताहरुसँग समन्वय वैठकको आयोजना गरेको थियो । अबको ध्यान वडा केन्द्रीत अभियान (जरा अभियान)लाई प्रभावकारी वनाउन माथिल्लो कमिटीका…
-महेन्द्र श्रेष्ठ ०९ फागुन २०८१, दोलखा । नेकपा एमाले, जिल्ला कमिटी दोलखाले टोल र जनताका घरसम्म नेता र कार्यकार्ता परिचालन गर्ने गरी तीन महिने जरा केन्द्रित अभियान संचालन गरिरहेको छ । यस अभियानलाई रचनात्मक,प्रभावकारी र परिमाणमुखि बनाउने उदेश्यकाले २ नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा पालिका कमिटीको अध्यक्ष कमरेडहरु, निर्बाचित मेयर/अध्यक्ष, उप मेयर/ उपाध्यक्षज्युहरु, प्रदेश कमिटीले तोकेका पालीका इन्चार्ज कमरेडहरु, जिल्ला कमिटी सचिवलय रहि पालिका जिम्मेवार प्राप्त कमरेडहरु, जिल्ला कमिटी पदाधिकारी, जिल्ला इन्चार्ज क. पार्बत गुरुङ प्रदेश माननीय भारत के.सी. केन्द्रिय सल्लाहकार परिषद सदस्य डबल पान्डे लगाएत नेता कमरेडहरुको उपस्तिथिमा २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । जिल्ला…
-महेन्द्र श्रेष्ठ ०७ फागुन २०८१, दोलखा । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ । यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत…
-महेन्द्र श्रेष्ठ ०५ फागुन २०८१, दोलखा । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मुल्यांकनमा दोलखाका स्थानीय तहहरु मध्ये भीमेश्वर नगरपालिका उत्कृष्ट देखिएको छ । आयोगद्वारा सार्वजनिक गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन अनुसार भीमेश्वर उत्कृष्ट देखिएको हो । अयोगद्वारा सार्वजनिक मूल्याङ्कन अनुसार भीमेश्वर नगरपालिकाले ६२ दशमलव ८ अंक प्राप्त गरेको छ भने दोस्रोमा जिरीले नगरपालिकाले ६२ दशमलव ४ अंक प्राप्त गरेको छ । यस्तै जिल्लाका अन्य स्थानीयतहहरुमा वैतेश्वर ५९ दशमलव १ अंक प्राप्त गर्दै तेस्रो बन्न सफल भएको छ । यसैगरी मेलुङ गाउँपालिकाले ५८ दशमलव ०८ प्रतिशत अंक, शैलुङ गाउँपालिकाले ५६दशमलव ७, गौरीशंकर गाउँपालिकाले ५५दशमलव २ प्रतिशत अंक पाएको…
