Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर।

फुलपामा बोलेरो दुर्घटना, ८ जना घाइते, ३ जनाको अवस्था गम्भीर। महेन्द्र श्रेष्ठ दोलखा, असोज १६। दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित फुलपामा बोलेरो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभएको छ। स्वाक्लाबाट दोलखा बजारतर्फ आउँदै गरेको बोलेरो फुलपा क्षेत्रमा आइपुगेपछि सडकबाट तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। फुलपा क्षेत्रमा सडक घुम्ती तथा उकालो–ओरालो रहेको र सडकको अवस्थाका कारण पनि सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने स्थानीयको भनाइ छ। वर्षायामपछि कतिपय स्थानमा सडक चिप्लो हुनुका साथै सडक…
Read More
जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग।

जीवन विज्ञान केन्द्रीय सदस्यद्वारा विद्यालयलाई ट्रयाकसुट, एलसीडी ट्याब्लेट र छात्रवृत्ति सहयोग। महेन्द्र श्रेष्ठ दोलखा । विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। आर्थिक तथा शैक्षिक स्रोतको अभावका कारण कतिपय बालबालिकाले चाहेर पनि आफ्ना आवश्यकता पूरा गर्न नसकिरहेको अवस्थामा सहयोगी हातहरूबाट प्राप्त हुने साथ र सद्भाव उनीहरूका लागि ठूलो प्रेरणा बन्ने गरेको छ। यस्तै सामाजिक भावना र मानवीय सहयोगको उदाहरणका रूपमा जीवन विज्ञानका केन्द्रीय सदस्यको सहयोगमा भीमेश्वर नगरपालिका–२ स्थित फुलपा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट, एलसीडी राइटिङ ट्याब्लेट तथा छात्रवृत्ति वितरण गरिएको छ। २०८२ असोज १४ गते भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीलाई…
Read More
महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागिता र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै सञ्चालन हुँदै आएको त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, दोलखाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाका अवसरमा सहकारीका शेयर सदस्यबाट उद्यम तथा व्यवसायमा उत्कृष्ट तीन जना, उत्कृष्ट बालबचततर्फ एक जना र २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने एक जनालाई सम्मान गरिएको छ। त्यस्तै, ७० वर्ष उमेर पूरा गरेका ५७ जना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरिएको सहकारीले जनाएको छ। साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी आर्थिक वर्षका नीति तथा…
Read More
एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्माणका लागि फेरि जुट्दैछन् नेता–कार्यकर्ता । सिन्धुली । महेन्द्र श्रेष्ठ .. केही भवनहरू हेर्दा केवल भवन देखिँदैनन्, तिनभित्र धेरै मानिसका सपना, पसिना, संघर्ष र सम्झना देखिन्छन्। सिन्धुलीमा रहेको नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयको भवन पनि त्यस्तै एउटा भवन हो—जसको प्रत्येक इँटामा कसैको सहयोग, कसैको श्रम र कसैको विश्वास जोडिएको छ। वर्षौँअघि पार्टीका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक तथा समर्थकहरूले आफ्नो सामर्थ्यअनुसार एक रुपैयाँ, दुई रुपैयाँ गर्दै सहयोग जुटाएर निर्माण गरेको यो भवन आज क्षतिग्रस्त अवस्थामा उभिएको देख्दा मन भारी हुन्छ। भदौ २४…
Read More
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभएको छ। जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी श्रेष्ठले मतदाता नामावलीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी असोज महिनाको अन्तिमसम्म नामावली प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता नामावलीमा समावेश भएका नागरिकको विवरणलाई अद्यावधिक तथा यकिन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। नाम, थर, ठेगाना, उमेरलगायत विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित प्रक्रिया पूरा गरी सच्याउन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो। निर्वाचन अधिकारी श्रेष्ठले…
Read More
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले दोलखाको चरीकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले ७५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। दोलखाकै जेठो तथा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा रहेको क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको स्वेच्छिक योगदानबाट ७५ हजार २ सय ७७ रुपैयाँ ७३ पैसा संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पसका निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयालले जानकारी दिए। संकलित रकममध्ये क्याम्पसका प्राध्यापक तथा कर्मचारीबाट ५८ हजार ३ सय १२ रुपैयाँ ७३ पैसा, एमबीएस तेस्रो सेमेस्टरका विद्यार्थीबाट ८ हजार ४ सय…
Read More
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले रसुवाका बाढीपहिरो प्रभावित नागरिकका लागि ४ लाख ५३ हजार २२९ रुपैयाँ राहत सहयोग गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुली रेडक्रसका विभिन्न समिति, उपसमिति, पालिका तथा उपशाखामार्फत उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्कृम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। रकम ग्रहण…
Read More
बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग। सिन्धुली, २०८३ भदौ । २०८३ साल भदौ १० गते नुवाकोट र रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक सहयोग गरेका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीको समन्वयमा सिन्धुली जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ९ लाख २९ हजार ३ सय ५६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नुवाकोट र रसुवा जिल्लामा २०८३ भदौ १० गते आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा उद्धारमा…
Read More
अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान  ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी

अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी

अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी महेन्द्र श्रेष्ठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी गतिविधि सञ्चालन गरिने भएको हो। नागरिकलाई स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै काठमाडौँलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। यसका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामूलक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट पारित…
Read More
दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा।

दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा।

दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन होटल व्यवसायीको माग दोलखा । दोलखामा मासुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पछिल्लो समय मासुको मूल्य निरन्तर बढ्दै जाँदा होटल व्यवसाय सञ्चालनमा थप आर्थिक भार परेको व्यवसायीहरूको गुनासो छ। मासुको मूल्यवृद्धिका कारण होटल तथा रेस्टुरेन्टमा परिकारको लागत बढेको र त्यसको प्रत्यक्ष असर व्यवसायको आम्दानीमा परेको होटल व्यवसायीहरू बताउँछन्। मूल्यवृद्धि नियन्त्रण तथा बजारमा मासुको मूल्यमा एकरूपता कायम गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ। होटल व्यवसायी अध्यक्ष कुमार श्रेष्ठले मासुको मूल्य अस्वाभाविक रूपमा बढ्दा होटल व्यवसायीहरूलाई प्रत्यक्ष असर परेको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search