संवाददाता -नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले विधान विधान महाधिवेशनका प्रतिनिधिले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएको दाबी गर्नुभएकाे छ। ७ वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताउनुभयाे । प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताउनुभयाे। ‘७ भूगोल र ३ गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेसगरिसक्नु भयो,’ गाैतमले भन्नभयाे, ‘दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई…
गोदावरी (ललितपुर), भदौ २०। नेकपा (एमाले)को पछिल्लो तथ्याङ्कअनुसार पार्टीका संगठित सदस्य संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको छ। यो संख्या १०औं महाधिवेशनपछिको तीन वर्षमा करिब ३० प्रतिशतले बढेको हो। पार्टी महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार हालसम्म देशभर ६४ हजार ७ सय ६ वटा विभिन्न तहका कमिटी गठन भएका छन्। महासचिव पोखरेलका अनुसार एमालेसँग हाल करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेका छन्। तीमध्ये डेढ लाख सदस्य अझै संगठित हुन बाँकी रहेको उल्लेख गरिएको छ। हालसम्म ४ लाख २७ हजार १६ जना विभिन्न तहका…
काठमाडौं- नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्नुहुनेछ । महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी रआयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुन अधिकांस प्रतिनिधीहरु काठमाडौं आइपुगिसकेको गौतमले बताउनुभयो । महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण…
दोलखा: नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दोलखाबाट २४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म महाधिवेशन आयोजना हुनेछ। दोलखा जिल्लाबाट जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठसहित २४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमाले दोलखाले जानकारी दिएको छ। सहभागी हुने प्रतिनिधिहरूको सूची: नरबहादुर श्रेष्ठ ईश्वर चन्द्र पोखरेल भरतप्रसाद दुलाल कृष्ण भुजेल डवल पाण्डे भरतबहादुर केसी मित्रबहादुर जिरेल बालकृष्ण शिवाकोटी धनबहादुर तमाङ हर्कमान तमाङ जिवसराज खड्का शुभ शेर्पा ठुला थामी शान्तिमाया पाख्रिन कालिका पाठक उर्मिला थामी कमला बस्नेत गोमा केसी शान्तिकुमारी तमाङ गायत्री आचार्य टेकबहादुर घतानी सुन्दर विश्वकर्मा दानबहादुर विमली आधिकारिक जानकारी पार्टीले जनाएको अनुसार…
दाेलखा १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गर्नुभएको थियो । उहाँले सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिनुभएको थियो । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान,…
दोलखा, भदौ १४ –गाउँबाट शहर केन्द्रित भएका वडावासीहरूलाई सेवा प्रदान गर्न भीमेश्वर नगरपालिका–२ का जनप्रतिनिधि र कर्मचारी काठमाडौँ पुगेका छन्। गाउँमै पुगेर सेवा लिन कठिनाईमा परेका वडावासीलाई सुविधा पुर्याउन वडा अध्यक्ष स्टालीन श्रेष्ठ, वडा सचिव बिना श्रेष्ठ लगायतका कर्मचारी टोली काठमाडौँ आएर सेवा प्रवाह गरेका हुन्। वर्षाको समयमा विशेषगरी वृद्धवृद्धा तथा अशक्त नागरिकलाई गाउँसम्म पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण लगायतका काम गर्न असहज हुने भएकाले राजधानीमै सेवा दिने निर्णय गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “भीमेश्वर नगरपालिकाका दुई वडाले राजधानीबाट सेवा प्रवाह गरिसकेका छन्, बाँकी वडामा पनि यो प्रक्रिया भइरहेको छ। काठमाडौँमा तीन दिनसम्म शिविर सञ्चालन हुनेछ।”…
काठमाडौं- प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताउनुभएको छ । सबैका रुची अलग अलग भएकोले आफ्नो रुची अनुसारको काम गर्नु उपयुक्त हुने उहाँको सुझाव छ । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पोलिटिक्समा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको उहाँले बताउनुभयो । ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिदो रहेछ ’ शाक्यले भन्नुभयो ‘ अरु क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ । तर त्यस्तो होइन । शाक्यले युवा संघले समाजमा रहेको विकृति र…
दाेलखा – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न…
काठमाडौं भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ…
दाेलखा-श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्छ। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ ९इस्कोन०को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि…
