२ चैत , रौतहट - रौतहटको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साह माथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । परोहा नगरपालिका-९ का २६ वर्षीय साहलाई मोटरसाइकलमा आएका ३ जना भारतीयले गोली प्रहार गरेका हुन् । गोली लागी घाइते साहलाई उपचारको लागि वीरगन्ज लगिएको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनालाई गोली प्रहार गरेर भाग्नै लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।
२ चैत, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी पीडक भएको भन्दै उनको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्न भन्दै कांग्रेसले उभिएर बैठक अवरोध गरेको हो । प्रतिनिधि सभाको बैठकमा शुक्रबार गृहमन्त्रीले राजनीतिकदलसम्बन्धि विधेयक पेस गर्ने कार्यसूची पनि थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने कांग्रेसको अडान छ । बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,'प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ । प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन…
२ चैत, काठमाडौं - नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले राजीनामा दिन आग्रह गरेका हुन् । पौडेलले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री बन्न नहुने भन्दै “उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस,” आग्रह गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ । “अहिलेका गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहँदैनथ्यो,” उनले भने, “सम्माननीय प्रधानमन्त्रीले उहाँलाई…
२ चैत, काठमाडौं - नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता सुनले पहेँलपुर भएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् । “सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुप्रै नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ,” उनले भनिन्, “हुँदा हुदाँ माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ ।” उनले सहकारी ठगीको आरोप लागेकालाई मुख्य जिम्मेवारी दिइएको पनि बताइन् ।
२ चैत, काठमाडौं - सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित अन्य ब्यक्तिहरुलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । आयोगले टेरेन्स, मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । टेरेन्स ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो अकाउन्ट हेर्ने हङकङका नागरिक हुन् । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५…
३० फागुन, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा १५७ जनाको विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्। २ सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा १ सय ५७ मत पर्यो भने विपक्षमा १ सय १० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वास मतका लागि प्रस्ताव पेश गरेका थिए। कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँच दलीय गठबन्धन बनाएका थिए। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी छन्। प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति, आम जनता पार्टी,…
३० फागुन, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई बुधवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा समस्या परेको बताए । प्रतिनिधिसभाको बैठकमा आफूलाई धोकेबाज भनेकोमा पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । 'संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?,' उनले भने, 'निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।' गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच…
३० फागुन, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सम्वादमा आउन आग्रह गरेका छन् । पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं न भन्दा कांग्रेसले नमानेको ओलीले बताए । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले भने, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’ उनले अगाडि भने, ‘तीन तीन वर्षसम्म, पुराना मित्र हौ हामी । यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन ।’ संसदमा कुनै पनि दलको बहुमत नभएको र कांग्रेसको केही सिट बढी ल्याए पनि पपुलर भोटमा एमाले…
३० फागुन, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न गरेका छन्। बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा भाग लिँदै शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यात्रा कहाँ पुग्छ भनी प्रश्न गरेका हुन्। ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो,’ शर्माले भने, ‘कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू!’ त्यस्तै शर्माले देशमा विश्वासको खडेरी परेको बताउँदै भने, ‘गजबचाहिँ के छ…
३० फागुन, काठमाडौं - सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक बिवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बुधबार लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान रेशमलाल चौधरी भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको…
