Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 1

३२ वर्षपछि स्वदेश फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट, दोलखाबासीमा खुसीको लहर

३२ वर्षपछि स्वदेश फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट, दोलखाबासीमा खुसीको लहर

शंखध्वनि अनलाइन दोलखा । ३२ वर्षअघि दोलखा बजारबाट चोरी भएका मल्लकालीन आकाश भैरवका दुई ऐतिहासिक तथा बहुमूल्य मुकुट अमेरिकाबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फर्काइएका छन्। लामो समयदेखि हराएका यी अमूल्य सांस्कृतिक सम्पदा नेपाल फर्किएसँगै दोलखाबासीमा खुसीको लहर छाएको छ। दोलखालीहरूको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा ऐतिहासिक महत्वसँग जोडिएका यी मुकुट विसं २०५१ सालतिर चोरी भई विदेश पुगेका थिए। दशकौँको खोजी, अनुसन्धान तथा विभिन्न निकायको पहलपछि मुकुटहरू पुनः नेपाल ल्याउन सफलता प्राप्त भएको हो। स्वदेश फर्काइएका मुकुटहरूलाई सम्बन्धित निकायको समन्वयमा सुरक्षित रूपमा संरक्षण गरिएको छ भने दोलखालीहरूले आफ्ना पुर्खाको सम्पदा पुनः प्राप्त हुनु गौरवको विषय भएको बताएका छन्। वर्षौंअघि आफ्नो…
Read More
मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण

मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण

मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण महेन्द्र श्रेष्ठ दोलखा, असार ३ । जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्य र समन्वयमा सञ्चारकर्मीहरूका लागि ‘आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवार समाचार सम्प्रेषण’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई समाचारका माध्यमबाट प्रस्तुत गर्दा अपनाउनुपर्ने संवेदनशीलता, नैतिकता र सामाजिक जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा जनस्वास्थ्य कार्यालय दोलखाका…
Read More

वडा नं. २ मा १७ वटा विकास योजना सञ्चालन हुने

वडा नं. २ मा १७ वटा विकास योजना सञ्चालन हुने दोलखा / स्थानीय तहअन्तर्गत वडा नं. २ मा आगामी आर्थिक वर्षका लागि विभिन्न विकास तथा पूर्वाधारसम्बन्धी १७ वटा योजना सञ्चालन गरिने भएको छ। सडक, सिँचाइ, पर्खाल निर्माण, खेलमैदान व्यवस्थापन तथा सामुदायिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना छनोट गरिएको वडा अध्यक्ष स्टालीन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीयवासीको आवश्यकता र मागलाई आधार मानी योजना छनोट गरिएको हो। योजनाहरूका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गरिएको छ भने केही योजना लागत साझेदारीमा कार्यान्वयन गरिने तयारी गरिएको छ। प्रमुख योजनाहरू तथा विनियोजित बजेटः • छुङ्गाना–जिल्कुभञ्ज्याङ सडक स्तरोन्नति – रु. १५ लाख • पाखाबारी क्षेत्र…
Read More
भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा शंखध्वनि अनलाइन दोलखा । भिमेश्वर नगरपालिका–४, जिलुस्थित छ्यानेखोला सिँचाइ आयोजनाअन्तर्गत पक्की कुलो, आरसीसी पुल तथा पहुँच मार्ग निर्माण कार्य सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु. ९ लाख बजेटमा निर्माण गरिएको उक्त आयोजनाले स्थानीय किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत १९१ मिटर लामो पक्की सिँचाइ कुलो निर्माण गरिएको छ। साथै खोलाको अप्ठ्यारो भागमा ६१ मिटर पक्की बाटो निर्माण गर्नुका साथै आवतजावतलाई सहज बनाउन खोलामाथि आरसीसी पुल समेत निर्माण गरिएको छ। निर्धारित समयभित्र सम्पन्न भएको यस आयोजनाले भिमेश्वर नगरपालिका–४ र ५ का तल्लो भेगमा रहेका…
Read More
भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण

भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण

भीमेश्वर मन्दिरमा भक्तजन व्यवस्थापनका लागि अस्थायी स्टिल रेलिङ निर्माण भीमेश्वर मन्दिरमा दर्शनार्थीको भीड व्यवस्थापन गर्न अस्थायी स्टिल रेलिङ निर्माण हुँदै दोलखा । दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरमा दैनिक रूपमा बढ्दो दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न अस्थायी स्टिल रेलिङ निर्माण कार्य सुरु गरिएको छ। दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको अनुरोध तथा गरूडदल गण चरिकोट, दोलखाको समन्वयमा नेपाली सेनाले मन्दिर परिसरमा फोल्डिङ प्रकारको स्टिल रेलिङ निर्माण गरिरहेको हो। गरूडदल गणका प्रमुख सेनानी लोक सागर कटुवालका अनुसार शनिबार, मंगलबार तथा दर्शनार्थीहरूको अत्याधिक भीड हुने विशेष अवसरहरूमा मात्र उक्त रेलिङ प्रयोग गरिनेछ। अन्य समयमा रेलिङ हटाएर सुरक्षित स्थानमा राखिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।…
Read More
वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित

वर्षायाममै स्टल बजारमा डोजर, ४६ व्यवसायी विस्थापित दशैंसम्म बस्न दिन माग गरे पनि कमलामाई नगरपालिकाले सटर भत्कायो महेन्द्र श्रेष्ठ सिन्धुली । कमलामाई नगरपालिका ले जीर्ण अवस्थामा रहेको स्टल बजारमा शुक्रबार डोजर चलाएको छ । नगरपालिकाले पूर्वसूचना जारी गर्दै हटाउन निर्देशन दिएका स्टल बजारका ४८ वटा सटर भत्काउने काम शुक्रबार दिउँसो १ बजेदेखि सुरु गरिएको हो । नगरपालिकाले केही दिनअघि नै स्टल बजार खाली गर्न सूचना जारी गरेको थियो । बुधबार अन्तिम सूचना प्रकाशित भएपछि व्यवसायीहरू सामान व्यवस्थापन गर्न बाध्य बनेका थिए । शुक्रबार डोजर पुगेसँगै वर्षायामकै बीच ४६ जना व्यवसायी विस्थापित भएका छन् । वर्षाको समय भएकाले तत्काल व्यवसाय स्थानान्तरण…
Read More
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलपत्र अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालनको विषय निकै चर्चामा थियो ।  राजनीतिक भेटघाटदेखि स्थानीय तहसम्म “यसपटक उद्योगका लागि ठोस योजना आउँछ” भन्ने अपेक्षा बढाइएको थियो । तर बजेट सार्वजनिक भएपछि भने धेरै दोलखावासी निराश बनेका छन् । वर्षौंदेखि बन्द अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग दोलखाको आर्थिक सम्भावना र रोजगारीसँग जोडिएको महत्वपूर्ण परियोजना मानिन्छ ।  उद्योग सञ्चालनमा आए स्थानीय युवाले रोजगारी पाउने, व्यापार चलायमान हुने र समग्र जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । तर सार्वजनिक बजेटमा उद्योग सञ्चालनका…
Read More
विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित।

विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित।

विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित। महेन्द्र श्रेष्ठ / शंखध्वनि अनलाइन दोलखा ।  सञ्चार क्षेत्रलाई केवल समाचार प्रवाहको माध्यम नभई समाज परिवर्तन, विकास निर्माण र जनचेतनासँग जोडिएको जिम्मेवार क्षेत्रका रूपमा स्थापित गर्न सक्रिय पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको १३औँ साधारणसभा पत्रकार सम्मान र प्रेरणाको वातावरणबीच सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न साधारणसभाको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का दोलखा समाचारदाता कालिका खड्का लाई “विकास पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो ।  राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ले नगद रु १० हजार राशिसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । स्थानीय…
Read More
दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु     आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ?

दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ?

दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ? महेन्द्र श्रेष्ठ दोलखा जिल्लाका ९ वटै स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांकअनुसार स्थानीय तहहरूमा आर्थिक अनुशासन, योजना कार्यान्वयन, खर्च व्यवस्थापन तथा लेखा प्रणालीमा विभिन्न कमजोरी देखिएको हो । प्रतिवेदनअनुसार कानुनी प्रक्रिया पूरा नगरी खर्च गर्ने, आवश्यक कागजात संलग्न नगर्ने, सम्झौताअनुसार काम सम्पन्न नगरी भुक्तानी दिने, खरिद प्रक्रिया पारदर्शी नबनाउने तथा अनुगमन प्रभावकारी रूपमा नगरेका कारण बेरुजु रकम बढ्दै गएको देखिएको छ । स्थानीय तहमा विकास निर्माणका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ बजेट खर्च हुने गरे पनि…
Read More
भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल

भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल

भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा अनुभवी र सक्रिय टोली  मैदानमा महेन्द्र श्रेष्ठ दोलखा, चरिकोट । दोलखा उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि दिनेश पाठक नेतृत्वको प्यानलसहित विभिन्न पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन उप–समितिले दाबी–विरोधमाथिको छलफल तथा निर्णयपछि अन्तिम उम्मेदवार सूची प्रकाशन गरेको जनाएको हो। अध्यक्ष पदमा व्यवसायी दिनेश पाठकले उम्मेदवारी दिएका छन् भने उहाँसँग प्रतिस्पर्धामा सन्तन थापा रहेका छन्। व्यवसायीहरूको हकहित, संस्थागत सुदृढीकरण तथा जिल्लाको व्यापार–व्यवसाय प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउँदै पाठक नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएको छ। दिनेश पाठक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search