३० वर्षपछि दोलखाको आकाश भैरव मूर्ति स्वदेश फिर्ता, असार ४ गते दोलखा ल्याइने। दाेलखा/ दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको नक्छे प्रधान खलकको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति करिब ३० वर्षपछि स्वदेश फिर्ता भएको छ। लामो समयअघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा विभिन्न निकाय र सम्पदा संरक्षणकर्मीहरूको निरन्तर प्रयासपछि नेपाल फर्किएको हो। अब उक्त मूर्तिलाई असार ४ गते विशेष कार्यक्रमका साथ दोलखा ल्याइने तयारी गरिएको छ। नक्छे प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती यज्ञकुमार प्रधानको नेतृत्वमा प्रतिनिधिमण्डलले राष्ट्रिय संग्रहालय, छाउनीसँग समन्वय गरी मूर्ति दोलखा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया…
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, जेठ २० नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको आयोजनामा सञ्चारकर्मीहरूका लागि जिल्लास्तरीय वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेक्मी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख रेक्मीले दोलखा जिल्लाको वन क्षेत्र, जैविक विविधता, वन संरक्षण, कार्यालयका गतिविधि तथा आगामी योजनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। उहाँका अनुसार दोलखा जिल्लाको कुल २ लाख १४ हजार ८७० हेक्टर क्षेत्रफलमध्ये ४६ दशमलव ९२ प्रतिशत भूभाग वन क्षेत्रले…
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई दशकअघि नेपाली जनताको बलिदान, संघर्ष र सपनाले ल्याएको गणतन्त्रको उत्सव देशभर मनाइँदैछ । तर १९ औं गणतन्त्र दिवसको अवसरमा मन अनायासै एक वर्षअघि चरिकोटका सडक, चौतारा, कार्यालय र मानिसहरूको अनुहारतर्फ फर्किन्छ । समय त अघि बढ्यो, तर ती दृश्यहरू अझै सम्झनामा ताजै छन् । गत वर्ष चरिकोट गणतन्त्र दिवसको रंगमा रंगिएको थियो । बिहानैदेखि बजार क्षेत्र नेपाली झण्डाले सजिएको थियो । सरकारी कार्यालयदेखि विद्यालयसम्म उत्साह देखिन्थ्यो । कतै राष्ट्रगान बजिरहेको थियो, कतै विद्यार्थीहरूको मार्चपास चलिरहेको थियो ।…
मेहनत र कार्यक्षमताको सम्मान : शिक्षिका रत्नकुमारी जोशी प्रथम श्रेणीमा बढुवा, विद्यालयद्वारा सम्मान महेन्द्र श्रेष्ठ दोलखा विद्यालयकी लगनशील, मेहनती तथा कर्तव्यनिष्ठ शिक्षिका श्री रत्नकुमारी जोशी कार्यक्षमताको आधारमा प्राथमिक तह प्रथम श्रेणीमा बढुवा हुनुभएको अवसरमा विद्यालय परिवारले विशेष सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। लामो समयदेखि शिक्षण पेशामा समर्पित रहँदै आउनुभएकी जोशीले विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा व्यवहारिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको विद्यालयले जनाएको छ। उहाँ विद्यालयमा अनुशासनप्रिय, जिम्मेवार, सिर्जनशील तथा विद्यार्थीमैत्री शिक्षिकाका रूपमा परिचित हुनुहुन्छ। दैनिक पठनपाठनलाई प्रभावकारी बनाउने, विद्यार्थीहरूमा सकारात्मक सोच र आत्मविश्वास विकास गराउने तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा उहाँको भूमिका उल्लेखनीय रहेको बताइएको…
नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुँदै काठमाडौं । प्राचीन शहर दोलखाको भाषा, साहित्य, रीतिरिवाज तथा सांस्कृतिक परम्परालाई उजागर गर्ने उद्देश्यले दोलखा नेवारी भाषाको पहिलो नाटक ‘मिसामी’ काठमाडौंमा प्रदर्शन हुने भएको छ। कालिन्चोक युवा क्लबको आयोजनामा वृत्तचित्र (डकुमेन्ट्री) सहित नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा दोलखाको भाषा, संस्कृति र परम्परासम्बन्धी विशेष प्रस्तुति समेत रहने बताइएको छ। नाटक प्रदर्शन यही वैशाख २७ गते आइतबार काठमाडौंस्थित QFX सिनेमा, राइजिङ मल, दोस्रो तल्ला, हल नं.–१ दरबारमार्गमा हुने तय गरिएको छ। कार्यक्रम बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रमको सह–आयोजकमा द्रालखा गुठी, द्रालखा न्यासमुचा खलक तथा सम्पूर्ण दोलखाली संघसंस्थाहरू रहेका छन्। आयोजकले…
जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: सिकाइ साझा गोष्ठी सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा — जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रमअन्तर्गत प्राप्त अनुभव, उपलब्धि र चुनौतीहरूलाई समेट्दै सिकाइहरू आदान–प्रदान गर्ने उद्देश्यले दोलखामा एक विस्तृत गोष्ठी सम्पन्न भएको छ। स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। गोष्ठीमा कार्यक्रम कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले समुदायमा स्वास्थ्य सेवाप्रति पहुँच विस्तार हुनुका साथै जनचेतनामा आएको सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरेका छन्। विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषणसम्बन्धी सचेतना, सरसफाइ अभ्यास तथा रोग रोकथामका क्षेत्रमा कार्यक्रमले प्रभावकारी…
दोलखा— ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भीमेश्वर मन्दिर परिसरको संरक्षण, व्यवस्थापन र दीर्घकालीन समग्र विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रदेश सरकारको महत्वाकांक्षी “शिव सर्किट परियोजना” अन्तर्गत सञ्चालन हुन लागेको बहुवर्षीय कार्यक्रमको सन्दर्भमा बिहीबार सम्पन्न सरोकारवालाहरूको बैठकले यस दिशामा महत्वपूर्ण निर्णयहरू गरेको हो। भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त बैठकमा मन्दिर परिसरको वर्तमान अवस्था, यसको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व, र दीर्घकालीन विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले मन्दिर क्षेत्रको व्यवस्थित संरक्षणसँगै आधुनिक आवश्यकताअनुसार पूर्वाधार विकास, सौन्दर्यीकरण तथा पर्यटकमैत्री वातावरण निर्माण अपरिहार्य भएकोमा जोड दिएका थिए। (more…)
नेकपा एमाले भिमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बैठकले संगठनात्मक तयारीलाई थप मजबुत बनाएको छ। बैठकले वडा कमिटीका अध्यक्ष राजेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। गठन भएको कमिटीले वडा स्तरमा मतदाता सम्पर्क, संगठन सुदृढीकरण, प्रचार–प्रसार तथा निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जिम्मेवारी लिनेछ। बैठकमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने संकल्प व्यक्त गरेका…
दोलखामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रतिबद्धता — शान्ति, सुव्यवस्था र सुशासन प्राथमिकतामा दोलखा, मङ्सिर १९ — हालै महोत्तरी जिल्लाबाट सरुवा भई दोलखा आइपुग्नुभएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद रिसालले जिल्लामा शान्ति, सुव्यवस्था, सुशासन र अपराध न्यूनीकरणलाई मुख्य कार्यसूची बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ। आज दोलखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ रिसालले जिल्लाको सामाजिक शान्ति, सुव्यवस्था कायम गर्नु, सुशासन प्रवर्द्धन गर्नु र अपराधका घटना न्यून पार्नु आफ्नो पहिलो दायित्व हुने बताउनुभयो। उहाँले थप्नुभयो, “प्रशासन जनताको सेवा गर्ने निकाय हो, त्यसैले नागरिकमैत्री सेवा र पारदर्शिता कायम गर्दै सबै निकायबीच सहकार्यमा अघि बढ्नेछौं।” उहाँले विपद् व्यवस्थापनका लागि पनि पूर्व तयारी…
-निर्जला आचार्य भुमी समस्या सामाधान आयोग दोलखाले भुमीहिन सुकुमबासी , भुमीहिन दलित, र अब्यबस्थीत बसोबासी सम्बन्धमा तामाकोशी गाउपालिकामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा तामाकोसी गाउपालिकाको प्रमुख प्रोणप्रताप केसी , विशेष अतिथि उप प्रमुख सिर्जना सुबेदि लगाएत पालिकाको वडा अध्यक्षहरु र गाउकार्य पालिकाको सदस्यहरुको विशेष उपस्थित रहेको थीयो। तामाकोसी गाउपालिकामा भुमीहिन सुकुम्बासी र दलित सुकुम्बासी न्यून रुपमा रहेको र अब्यबस्थीत बसोबासीहरुको समस्या बढ्दो अबस्थामा रहेको पालिका प्रमुख केसी बताउनु हुन्छ। अर्को तर्फ अब्यबस्थीत बसोबासी समयमा नै ब्यबस्थापन गर्न भुमी समस्या सामाधान आयोग दोलखालाई अनुरोध गर्नु भएको कुरा अध्यक्ष श्रेष्ठले बताउनु भयो।उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम…
