प्राचीन नगरी दोलखामा पाँचदिने भैरव–कुमारी जात्रा सुरु हुँदै। दोलखा । प्राचीन तथा ऐतिहासिक नगरी दोलखामा परापूर्वकालदेखि निरन्तर सञ्चालन हुँदै आएको भैरव–कुमारी जात्रा यस वर्ष पनि पाँच दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइने भएको छ। परम्परादेखि चलिआएको यस जात्राका क्रममा भैरव तथा कुमारीको विशेष पूजा–आराधना गरी ऐतिहासिक तथा धार्मिक महत्व बोकेका टोलहरूमा परिक्रमा गराइनेछ। जात्राले दोलखाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। भिमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले जात्राका क्रममा ऐतिहासिक टोलहरूमा परिक्रमा गरिने जानकारी दिँदै जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन वडा कार्यालयले आवश्यक तयारी अघि बढाएको बताउनुभयो। त्यस्तै, पिङ्गल गुठीयार राकेश…
अभयपुरका हाँस्य कलाकार नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ : संस्कृति, अभिनय र समाजसेवाका दुई जीवन्त पात्र। लेखक : महेन्द्र श्रेष्ठ दोलखाको ऐतिहासिक तथा सांस्कृतिक शहर अभयपुर केवल मन्दिर, जात्रा, पर्व, गुठी र पुराना बस्तीका कारण मात्र परिचित छैन। यहाँको सामाजिक तथा सांस्कृतिक जीवनलाई पुस्तौँदेखि आफ्नो कला, सिर्जनशीलता, अभिनय र हास्यव्यङ्ग्यमार्फत जीवन्त बनाउँदै आएका स्थानीय प्रतिभाहरूको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। अभयपुरका गल्ली, चोक र जात्रामा फैलिने हाँसोभित्र यहाँको इतिहास, संस्कार, सामाजिक जीवन र मौलिक संस्कृति लुकेको पाइन्छ। यिनै स्थानीय सांस्कृतिक प्रतिभामध्ये नौराज प्रधान र प्रेमकृष्ण श्रेष्ठ अभयपुरवासीका लागि परिचित, आत्मीय र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। समाजसेवा, सार्वजनिक जीवन र सामाजिक गतिविधिसँग…
सहकारी क्षेत्रका समस्या र सम्भावनाबारे भीमेश्वर–२ मा छलफल। दोलखा । भीमेश्वर नगरपालिका–२ मा सहकारी क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाबारे सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भीमेश्वर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ प्रमुख अतिथि तथा भीमेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश चाकुभजीको अध्यक्षता रहेको थियो। कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतप्रसाद सुवेदीसहित विभिन्न बचत तथा ऋण सहकारी संस्था तथा कृषि सहकारीका अध्यक्ष, व्यवस्थापक, सचिवलगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सहकारी संस्थाले भोगिरहेका समस्या, बचत तथा ऋण कारोबारमा देखिएका चुनौती, कृषि सहकारीको…
अभयपुरमा विधिपूर्वक सम्पन्न भयो यल पञ्चदान पर्व महेन्द्र श्रेष्ठ दोलखा — अभयपुर शहर दोलखामा परापूर्वकालदेखि धार्मिक तथा सांस्कृतिक आस्थाका साथ मनाउँदै आइएको ‘यल पाङ्जा (पञ्चदान)’ पर्व यस वर्ष पनि विधिपूर्वक सम्पन्न भएको छ। परम्परागत धार्मिक विधिअनुसार गुभाजु सजीव बज्राचार्यद्वारा पञ्चदानको धार्मिक विधि सम्पन्न गरिएको हो। यल पञ्चदान अभयपुरमा पुस्तौँदेखि निरन्तर रूपमा चलिआएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो। समय र परिस्थितिअनुसार यसको स्वरूपमा केही परिवर्तन आए पनि पर्वको मौलिकता र धार्मिक महत्वलाई स्थानीय समुदायले निरन्तरता दिँदै आएको स्थानीयवासी बताउँछन्। यल पञ्चदान बौद्ध धर्मावलम्बी, विशेषगरी नेवार बौद्ध समुदायमा प्रचलित महत्वपूर्ण धार्मिक परम्परा हो। ‘पञ्च’ अर्थात् पाँच र ‘दान’ अर्थात् परोपकारका रूपमा…
डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाद्वारा दुःख व्यक्त दोलखा — भीमेश्वर नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबीचको भगिनी सम्बन्धका प्रेरक व्यक्तित्व, नेपाली तथा मैथिली साहित्यका सशक्त साधक एवं पहाड–तराईबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएका डा. राजेन्द्र विमलको निधनप्रति भीमेश्वर नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। डा. विमलको २०८३ साउन २७ गते असामयिक निधन भएको हो। उहाँको निधनले नेपाली तथा मैथिली साहित्य, संस्कृति तथा विशेषगरी भीमेश्वर नगरपालिका र जनकपुरधामबीचको सांस्कृतिक सम्बन्धमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ। भीमेश्वर नगरपालिकाका तर्फबाट नगर प्रमुख ईश्वरनारायण मानन्धर र नगर उपप्रमुख कमला बस्नेत तथा भीमेश्वर संस्कृति प्रतिष्ठान/मातृ विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष एवं परिवारका तर्फबाट शंकरलाल…
दोलखामा घण्टाकर्ण पर्व सम्पन्न, जोशी परिवारको पालोमा मनाइयो जात्रा सिर्जन घिमिरे दोलखा, साउन २७/ ऐतिहासिक दोलखा बजारमा नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको घण्टाकर्ण अर्थात् ‘गाठामा’ पर्व विधिपूर्वक सम्पन्न भएको छ। श्रावण कृष्णपक्ष चतुर्दशीका दिन मनाइने यो पर्व दोलखामा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रा तथा पर्वको सुरुवाती जात्राका रूपमा लिइन्छ। यस वर्ष घण्टाकर्ण जात्रा सञ्चालन गर्ने पालो ढोकुलुङा टोलका जोशी परिवारको रहेको थियो। परम्पराअनुसार तलेजु भवानी मन्दिरमा विशेष पूजाआजा गरेपछि घण्टाकर्णको प्रतिमालाई बाजागाजासहित दोलखा बजार परिक्रमा गराइएको थियो। त्यसपछि प्रतिमालाई बजारबाहिर रहेको छेरप्वाले स्थानमा पुर्याएर जलाइएको हो। घण्टाकर्णको प्रतिमा गाजाको बोटलगायत स्थानीय सामग्री प्रयोग गरी तयार पारिन्छ।…
अभयपुर सहर दोलखामा परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदै दोलखा / दोलखाको ऐतिहासिक अभयपुर सहरमा आज परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदैछ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको यो पर्व स्थानीयवासीले विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइरहेका छन्। भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठका अनुसार घण्टाकर्ण पर्वलाई नकारात्मकता, अशुभता तथा विभिन्न बाधा–अवरोध हटाई सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा स्थानीयवासीले परम्परागत पूजाआजा गर्नुका साथै विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरेका छन्। “घण्टाकर्ण हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस्ता पर्वले समुदायमा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको भावना…
वर्षौंदेखि अलपत्र ढुङ्ग्रेवास पुलः धुरा बजार–ढुङ्ग्रेवास सडकमा स्थानीयको सास्ती, सुरु भएको निर्माण पनि फेरि रोकियो द्वारिका काफ्ले सिन्धुली सिन्धुली जिल्लाको धुरा बजारबाट ढुङ्ग्रेवासतर्फ जाने अत्यन्त महत्वपूर्ण पुल वर्षौंदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि सुरक्षित पुल निर्माणको माग गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन। यस वर्ष निर्माण कार्य सुरु भएपछि स्थानीयमा आशा पलाएको थियो, तर केही समयमै काम पुनः रोकिएपछि उनीहरू निराश बनेका छन्। धुरा बजार र ढुङ्ग्रेवासलाई जोड्ने यो पुल दैनिक रूपमा विद्यार्थी, किसान, व्यापारी, कर्मचारी तथा सर्वसाधारणले प्रयोग गर्ने प्रमुख आवागमनको माध्यम हो। पुलको अवस्था अत्यन्त कमजोर भएकाले सर्वसाधारण हरेक दिन जोखिम…
मेयर गोपी हमालको भनाइ: "नागढुङ्गा सुरुङमार्गको योगदान कसैले मेटाउन सक्दैन, केपी ओलीको भूमिका इतिहासमा दर्ज छ" दाेलखा / धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले नागढुङ्गा सुरुङमार्ग निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै विकास निर्माणका कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर हमालले नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरेको भए पनि उक्त आयोजना अघि बढाउन, आवश्यक निर्णय गर्न र समयमै सम्पन्न गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रिय नेतृत्व र निरन्तर चासो महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले राजनीतिक विचार र दलगत मतभेद…
आज हरिशयनी (तुलसी रोप्ने) एकादशी: घर–घरमा तुलसीको मठ सारिँदै, चतुर्मास व्रत आरम्भ, भीमेश्वर मन्दिरमा ब्रतालुको घुइँचो महेन्द्र श्रेष्ठ दोलखा। आज श्रावण शुक्ल एकादशी अर्थात् हरिशयनी (तुलसी रोप्ने) एकादशी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। सनातन हिन्दू परम्पराअनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यससँगै चार महिनासम्म चल्ने चतुर्मास व्रत पनि आजबाट औपचारिक रूपमा आरम्भ भएको छ। हरिशयनी एकादशीका अवसरमा घर–घरमा तुलसीको मठ सार्ने, नयाँ तुलसी रोप्ने, व्रत बस्ने तथा भगवान् विष्णुको पूजा–आराधना गर्ने परम्परा रहेको छ। यस दिन तुलसी रोप्दा घरमा सुख, शान्ति र समृद्धि आउने धार्मिक जनविश्वास छ। ऐतिहासिक तथा धार्मिक…
