Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा विशेष

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी

देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै संगठनात्मक एकताको सन्देश दिँदै दोलखा–काठमाडौं सम्पर्क कमिटी **महेन्द्र श्रेष्ठ / दोलखा **काठमाडौं ।** नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क कमिटीको आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। कमिटीका अध्यक्ष उमेश खड्काको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, एमाले नेता डिल्ली बराइली, शान्ति पाख्रिनलगायत पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाली समाजमा देउसी–भैलो केवल मनोरञ्जन र रमाइलो गर्ने माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक सांस्कृतिक सम्पदा र सामाजिक एकताको…
Read More
संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन

संस्कृति संरक्षणसँगै जीवन विज्ञानको सन्देश, पाखलतीमा देउसी–भैलोबाट ४ हजार ५०० रुपैयाँ संकलन महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । संस्कृति केवल मनोरञ्जनको माध्यम होइन, यो हाम्रो पहिचान, पुर्खाको विरासत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सम्पत्ति हो। यही मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै जीवनमा प्रेम, शान्ति, सकारात्मक सोच र आपसी सद्भावको सन्देश फैलाउने उद्देश्यले पाखलती जीवन विज्ञान प्रयोगशालामा देउसी–भैलो कार्यक्रम आयोजना गरिएको छ। तिहारको रमाइलो वातावरणमा आयोजित कार्यक्रममा जीवन विज्ञानको सन्देशसहित देउसी–भैलो भट्याउँदै सहभागीहरूलाई जीवनलाई सकारात्मक, शान्त र आनन्दमय बनाउन प्रेरित गरिएको थियो। प्रशीक्षक बिनु श्रेष्ठ, कालिका पाण्डे श्रेष्ठ र सपना श्रेष्ठले भावनात्मक तथा सन्देशमूलक शैलीमा देउसी–भैलो भट्याउँदा सहभागी साधक–साधिकाहरूले उमंग,…
Read More
दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित।

दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित।

दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित। महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा । दोलखाको मौलिक नेवारी भाषामा विद्यावारिधि (पीएचडी) गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटीलाई सम्मान गरिएको छ। दोलखा भाषाको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएकी जिनेटीलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर र भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले खादा ओढाएर सम्मान गर्नुभएको हो। दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी जिनेटीले यस भाषाको अध्ययन, अध्यापन र अनुसन्धानलाई विभिन्न विश्वविद्यालयसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको शैक्षिक योगदानले दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा चिनाउन सहयोग पुगेको मानिन्छ।   स्थानीय भाषा र संस्कृतिको…
Read More
अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत।

अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत।

अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत। शंख ध्वनि अनलाइन दोलखा । विद्यार्थी राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय युवा नेता रामचन्द्र केसी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्जमा मनोनीत भएका छन्। अनेरास्ववियु दोलखाको अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका केसीलाई सङ्गठनको केन्द्रीय कमिटीमा समेट्दै जिल्लाको इन्चार्जको जिम्मेवारीसमेत प्रदान गरिएको हो। विद्यार्थी सङ्गठनलाई जिल्लामा थप सुदृढ बनाउन, विद्यालय तथा क्याम्पसमा सङ्गठनात्मक गतिविधि विस्तार गर्न र विद्यार्थीका शैक्षिक अधिकार एवं हकहितका सवालमा आवाज उठाउन केसी सक्रिय रहँदै आएका छन्। विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील उनले युवाहरूलाई सङ्गठित गर्ने र सामाजिक गतिविधिमा…
Read More
दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न

दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न

दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा। ऐतिहासिक नगरी दोलखामा विजयादशमीको भोलिपल्ट मनाइने परम्परागत खड्ग जात्रा उत्साहका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, ऐतिहासिक महत्त्व र नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको यस जात्राले दोलखाको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ। खड्ग जात्रा दोलखाको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक हो। जात्राका क्रममा परम्परागत वेशभूषामा सजिएका खड्गधारीहरूले हातमा खड्ग (तरबार) लिएर विभिन्न टोल तथा धार्मिक स्थलमा नृत्य प्रस्तुत गरेका थिए। परम्परागत बाजागाजासहित प्रस्तुत गरिने खड्ग नृत्यले जात्राको रौनक बढाएको थियो। स्थानीय धार्मिक मान्यताअनुसार खड्ग जात्रालाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिने गरिन्छ। जात्रासँग जोडिएका धार्मिक…
Read More
फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा।

फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा।

फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा विजयादशमीअन्तर्गत फूलपातीका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। फूलपातीको अवसरमा मन्दिरमा बोका र भालेको बलि पूजा गर्ने भक्तजनको घुइँचो लागेको थियो। भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठका अनुसार आज दिउँसो १ बजेसम्म मन्दिरमा २८४ वटा बोका र २४२ वटा भाले गरी कुल ५२६ वटा बलि पूजा गरिएको छ। दोलखा जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रबाट समेत भक्तजन तथा दर्शनार्थीहरू भीमेश्वर मन्दिरमा दर्शन र पूजाआजाका लागि आएका थिए। फूलपातीको दिन मन्दिर परिसरमा…
Read More
चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश।

चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश।

चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश। महेन्द्र श्रेष्ठ / दोलखा। नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा नेकपा एमाले जिल्ला कमिटी दोलखाले चरिकोटस्थित पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा चाडपर्वको खुसी साटासाट गर्नुका साथै आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिव्यक्त गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी, एमाले केन्द्रीय सदस्य डबल पाण्डे, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला…
Read More
चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन!

चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन!

चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन! भीमेश्वर नगरपालिका–७ का वडाध्यक्षको गुनासो : चुनावमा आलोचना गर्नेहरू सत्तामा पुगेपछि उद्योग हेर्नसमेत पुगेनन् महेन्द्र श्रेष्ठ / दोलखा प्रधान सम्पादक दोलखाको/ खरीढुङ्गामा रहेको म्याग्नेसाइट खानी र त्यससँग सम्बन्धित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग नेपालको औद्योगिक विकासको सम्भावना, सरकारी उदासीनता र राजनीतिक प्रतिबद्धताबीचको अन्तर देखाउने एउटा उदाहरण बनेको छ। कुनै समय मुलुकको खनिजमा आधारित औद्योगिकीकरणको महत्त्वाकाङ्क्षी योजनाका रूपमा अघि बढाइएको यो परियोजना अहिले पनि पुनः सञ्चालनको प्रतीक्षामा छ। चुनावका बेला यही उद्योग राजनीतिक दलहरूको आलोचना गर्ने एउटा महत्त्वपूर्ण मुद्दा बन्दै आएको छ। पुराना दलहरूको असफलता र अकर्मण्यताको उदाहरणका रूपमा प्रस्तुत…
Read More
आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन

आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा, २४ असोज । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ। घटस्थापनाको दिन जमरा राख्ने परम्पराअनुसार प्राचीन नगरी द्वाल्खामा पनि धार्मिक विधि र परम्पराअनुसार पूजाआजा तथा तयारी सुरु भएको छ। द्वाल्खाको ऐतिहासिक तीनधारा राइतीमा रहेको नीलोखु च्वखको पानी संकलन गरी राजकुल, देवीकोट तथा विभिन्न कुलका गुरु–पुरोहितसहित कुलपूजाका लागि जाने परम्परा रहेको छ। यस अवसरमा गुरु–पुरोहित काशीनाथ सापकोटाले वैदिक मन्त्रद्वारा जलको शुद्धीकरण गरेपछि उक्त पवित्र जल कुलपूजाका लागि लगिने धार्मिक परम्परा रहेको छ। घटस्थापनाका दिन जमरा राख्न प्रयोग गरिने जललाई विशेष महत्त्वका साथ लिने गरिन्छ। ऐतिहासिक, सांस्कृतिक…
Read More
दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक

दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक। महेन्द्र श्रेष्ठ दोलखा / नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को पावन अवसरमा दोलखामा परम्परादेखि सञ्चालन हुँदै आएका विभिन्न धार्मिक अनुष्ठान, पूजा तथा सांस्कृतिक गतिविधिका साइत सार्वजनिक गरिएको छ। बडादशैंका अवसरमा गरिने नित्य पूजा, जमरा राख्ने, गणेश मन्दिरमा बलिपूजा, नवरात्रिका विभिन्न पूजा, फूलपाती प्रवेश, महानवमी गणेश पूजा, भीमेश्वर पूजा, कालरात्रि विसर्जन पूजा, चालम पूजा, सरकारी टिकाको साइत तथा बहुरा जानेलगायतका कार्यक्रमको मिति र समय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणअनुसार, दोलखाका विभिन्न मन्दिर तथा धार्मिक स्थलमा परम्पराअनुसार पूजा तथा अनुष्ठान सञ्चालन हुनेछन्। ती कार्यक्रमले जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search