दोलखामा ‘मिसामी’ नाटक प्रदर्शन र सांस्कृतिक पुस्तक लोकार्पण सम्पन्न महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा । दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोलखा भाषाको नाटक ‘मिसामी’ प्रदर्शन तथा ‘दोलखा सहरका चाडपर्व, जात्रा तथा मेला’ पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार साँझ दोलखा सहरको तल्लो टोलस्थित राजकुलेश्वर आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा प्रा. डा. श्याम जोशीद्वारा लिखित दोलखा भाषाको नाटक ‘मिसामी’ प्रदर्शन गर्नुका साथै उहाँकै कृति ‘दोलखा सहरका चाडपर्व, जात्रा तथा मेला’ पुस्तक लोकार्पण गरिएको हो। दोलखाको मौलिक भाषा, कला, साहित्य, चाडपर्व, जात्रा र सांस्कृतिक परम्परालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजित…
अनेरास्ववियुको केन्द्रीय सदस्य तथा दोलखा इन्चार्जमा रामचन्द्र केसी मनोनीत। शंख ध्वनि अनलाइन दोलखा । विद्यार्थी राजनीतिसँगै सामाजिक सेवामा समेत सक्रिय युवा नेता रामचन्द्र केसी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्जमा मनोनीत भएका छन्। अनेरास्ववियु दोलखाको अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका केसीलाई सङ्गठनको केन्द्रीय कमिटीमा समेट्दै जिल्लाको इन्चार्जको जिम्मेवारीसमेत प्रदान गरिएको हो। विद्यार्थी सङ्गठनलाई जिल्लामा थप सुदृढ बनाउन, विद्यालय तथा क्याम्पसमा सङ्गठनात्मक गतिविधि विस्तार गर्न र विद्यार्थीका शैक्षिक अधिकार एवं हकहितका सवालमा आवाज उठाउन केसी सक्रिय रहँदै आएका छन्। विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशील उनले युवाहरूलाई सङ्गठित गर्ने र सामाजिक गतिविधिमा…
दोलखामा खड्ग जात्रा उत्साहका साथ सम्पन्न। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा। ऐतिहासिक नगरी दोलखामा विजयादशमीको भोलिपल्ट मनाइने परम्परागत खड्ग जात्रा उत्साहका साथ सम्पन्न भएको छ। धार्मिक आस्था, ऐतिहासिक महत्त्व र नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको यस जात्राले दोलखाको सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ। खड्ग जात्रा दोलखाको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक हो। जात्राका क्रममा परम्परागत वेशभूषामा सजिएका खड्गधारीहरूले हातमा खड्ग (तरबार) लिएर विभिन्न टोल तथा धार्मिक स्थलमा नृत्य प्रस्तुत गरेका थिए। परम्परागत बाजागाजासहित प्रस्तुत गरिने खड्ग नृत्यले जात्राको रौनक बढाएको थियो। स्थानीय धार्मिक मान्यताअनुसार खड्ग जात्रालाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिने गरिन्छ। जात्रासँग जोडिएका धार्मिक…
फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा विजयादशमीअन्तर्गत फूलपातीका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। फूलपातीको अवसरमा मन्दिरमा बोका र भालेको बलि पूजा गर्ने भक्तजनको घुइँचो लागेको थियो। भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठका अनुसार आज दिउँसो १ बजेसम्म मन्दिरमा २८४ वटा बोका र २४२ वटा भाले गरी कुल ५२६ वटा बलि पूजा गरिएको छ। दोलखा जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रबाट समेत भक्तजन तथा दर्शनार्थीहरू भीमेश्वर मन्दिरमा दर्शन र पूजाआजाका लागि आएका थिए। फूलपातीको दिन मन्दिर परिसरमा…
चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश। महेन्द्र श्रेष्ठ / दोलखा। नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा नेकपा एमाले जिल्ला कमिटी दोलखाले चरिकोटस्थित पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा चाडपर्वको खुसी साटासाट गर्नुका साथै आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिव्यक्त गरिएको थियो। कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी, एमाले केन्द्रीय सदस्य डबल पाण्डे, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला…
पत्रकारिताबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा, दोलखाका लागि गौरव! महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुला कोटामा लोकप्रिय मतसहित सहमहामन्त्री पदमा निर्वाचित हुनुभएका दोलखाका नेता अजयबाबु शिवाकोटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। पत्रकारितामार्फत समाजका आवाज उठाउँदै, जनताका समस्या उजागर गर्दै र लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा सुशासनका पक्षमा कलम चलाउँदै आउनुभएका शिवाकोटीको राजनीतिक यात्रा पत्रकारिता क्षेत्रका लागि पनि चासो र चर्चाको विषय बनेको छ। पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र होइन, समाजलाई सही दिशा देखाउने, सत्तालाई खबरदारी गर्ने र नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने महत्त्वपूर्ण जिम्मेवारी पनि हो। यही क्षेत्रमा हासिल गरेको अनुभव, जनसम्पर्क र सार्वजनिक मुद्दाप्रतिको बुझाइलाई उहाँले सक्रिय राजनीतिमा…
चुनावमा चर्को मुद्दा बनेको खरीढुङ्गा म्याग्नेसाइट : सरकार फेरियो, उद्योगको अवस्था फेरिएन! भीमेश्वर नगरपालिका–७ का वडाध्यक्षको गुनासो : चुनावमा आलोचना गर्नेहरू सत्तामा पुगेपछि उद्योग हेर्नसमेत पुगेनन् महेन्द्र श्रेष्ठ / दोलखा प्रधान सम्पादक दोलखाको/ खरीढुङ्गामा रहेको म्याग्नेसाइट खानी र त्यससँग सम्बन्धित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग नेपालको औद्योगिक विकासको सम्भावना, सरकारी उदासीनता र राजनीतिक प्रतिबद्धताबीचको अन्तर देखाउने एउटा उदाहरण बनेको छ। कुनै समय मुलुकको खनिजमा आधारित औद्योगिकीकरणको महत्त्वाकाङ्क्षी योजनाका रूपमा अघि बढाइएको यो परियोजना अहिले पनि पुनः सञ्चालनको प्रतीक्षामा छ। चुनावका बेला यही उद्योग राजनीतिक दलहरूको आलोचना गर्ने एउटा महत्त्वपूर्ण मुद्दा बन्दै आएको छ। पुराना दलहरूको असफलता र अकर्मण्यताको उदाहरणका रूपमा प्रस्तुत…
भीमेश्वर नगरपालिकाले वितरण गरेको खुमल–१६ धानको बीउ लगाएपछि बाली बिग्रिएको किसानको गुनासो। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । भीमेश्वर नगरपालिकाले वितरण गरेको खुमल–१६ जातको धानको बीउ लगाएका वडा नं. २ र ५ का किसानको धानबाली बिग्रिएको छ। धानको अवस्था बिग्रिएपछि किसान चिन्तित बनेका छन्। किसानले मुठी खाएर माना फलाउने आशामा खेतमा धान रोपेका थिए। तर अहिले धानबालीको अवस्था बिग्रिएपछि वर्षभरि खाने अन्न उत्पादन गर्ने सपना प्रभावित हुने चिन्ता बढेको छ। प्राप्त तस्बिरमा धानका बाला र पात सुक्दै गएको तथा बालीको अवस्था कमजोर देखिन्छ। वडा नं. २ र ५ मा खुमल–१६ धान लगाएका किसानले यस्तो समस्या भोग्नुपरेको बताइएको छ। यद्यपि, कति…
आजदेखि दसैँ सुरु, द्वाल्खामा जमरा राख्न पवित्र जल संकलन। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा, २४ असोज । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ। घटस्थापनाको दिन जमरा राख्ने परम्पराअनुसार प्राचीन नगरी द्वाल्खामा पनि धार्मिक विधि र परम्पराअनुसार पूजाआजा तथा तयारी सुरु भएको छ। द्वाल्खाको ऐतिहासिक तीनधारा राइतीमा रहेको नीलोखु च्वखको पानी संकलन गरी राजकुल, देवीकोट तथा विभिन्न कुलका गुरु–पुरोहितसहित कुलपूजाका लागि जाने परम्परा रहेको छ। यस अवसरमा गुरु–पुरोहित काशीनाथ सापकोटाले वैदिक मन्त्रद्वारा जलको शुद्धीकरण गरेपछि उक्त पवित्र जल कुलपूजाका लागि लगिने धार्मिक परम्परा रहेको छ। घटस्थापनाका दिन जमरा राख्न प्रयोग गरिने जललाई विशेष महत्त्वका साथ लिने गरिन्छ। ऐतिहासिक, सांस्कृतिक…
दोलखामा बडादशैं २०८३ का विभिन्न धार्मिक अनुष्ठान तथा पूजाका साइत सार्वजनिक। महेन्द्र श्रेष्ठ दोलखा / नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को पावन अवसरमा दोलखामा परम्परादेखि सञ्चालन हुँदै आएका विभिन्न धार्मिक अनुष्ठान, पूजा तथा सांस्कृतिक गतिविधिका साइत सार्वजनिक गरिएको छ। बडादशैंका अवसरमा गरिने नित्य पूजा, जमरा राख्ने, गणेश मन्दिरमा बलिपूजा, नवरात्रिका विभिन्न पूजा, फूलपाती प्रवेश, महानवमी गणेश पूजा, भीमेश्वर पूजा, कालरात्रि विसर्जन पूजा, चालम पूजा, सरकारी टिकाको साइत तथा बहुरा जानेलगायतका कार्यक्रमको मिति र समय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणअनुसार, दोलखाका विभिन्न मन्दिर तथा धार्मिक स्थलमा परम्पराअनुसार पूजा तथा अनुष्ठान सञ्चालन हुनेछन्। ती कार्यक्रमले जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई…
