शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं २ कमिटीको आयोजनामा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं २ कमिटीको आयोजनामा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं २ कमिटीको आयोजनामा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं २ कमिटीको आयोजनामा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा नेकपा (एमाले) केन्द्रीय पोलिटब्यूरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ उपस्थित हुनु भएको थियो। साथै बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री भरत बहादुर केशी विशेष अतिथि, अतिथि स्टालिन श्रेष्ठ, जिल्ला सदस्य ज्ञानेन्द्र प्रधान, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेललगायतका नेतागण, जनप्रतिनिधि, शुभचिन्तक र स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्वत गुरुङले आफ्नो राजनीतिक यात्रा टोल कमिटीबाट सुरु भएको स्मरण गर्दै संगठनभित्र प्रत्येक कार्यकर्ताको भूमिका नै पार्टीको बल र अस्तित्व…
Read More
दोलखामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रतिबद्धता — शान्ति, सुव्यवस्था र सुशासन प्राथमिकतामा

दोलखामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रतिबद्धता — शान्ति, सुव्यवस्था र सुशासन प्राथमिकतामा

दोलखामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रतिबद्धता — शान्ति, सुव्यवस्था र सुशासन प्राथमिकतामा दोलखा, मङ्सिर १९ — हालै महोत्तरी जिल्लाबाट सरुवा भई दोलखा आइपुग्नुभएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद रिसालले जिल्लामा शान्ति, सुव्यवस्था, सुशासन र अपराध न्यूनीकरणलाई मुख्य कार्यसूची बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ। आज दोलखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ रिसालले जिल्लाको सामाजिक शान्ति, सुव्यवस्था कायम गर्नु, सुशासन प्रवर्द्धन गर्नु र अपराधका घटना न्यून पार्नु आफ्नो पहिलो दायित्व हुने बताउनुभयो। उहाँले थप्नुभयो, “प्रशासन जनताको सेवा गर्ने निकाय हो, त्यसैले नागरिकमैत्री सेवा र पारदर्शिता कायम गर्दै सबै निकायबीच सहकार्यमा अघि बढ्नेछौं।” उहाँले विपद् व्यवस्थापनका लागि पनि पूर्व तयारी…
Read More
खेतमै पाकेर झरेका धानबाली भिजेर नष्ट हुने अवस्थामा

खेतमै पाकेर झरेका धानबाली भिजेर नष्ट हुने अवस्थामा

सिन्धुली समाचार / निरन्तरको असमयको वर्षाले जिल्लाभरका किसानहरूलाई ठूलो क्षति पुर्‍याएको छ। धान भित्र्याउने अन्तिम समयमा परेको वर्षाका कारण खेतमै पाकेर झरेका धानबाली भिजेर नष्ट हुने अवस्थामा पुगेका छन्। यही अवस्थाको प्रत्यक्ष अवलोकन गर्न फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बराल शनिबार सुम्नामबेँसी पुगेर स्थानीय किसानहरूसँग भेटघाट गरी क्षतिको अवस्थाबारे जानकारी लिएका छन्। सुम्नामबेँसीका किसानहरूले वर्षाका कारण खेतमा पानी जमेर धान ढलेको, भिजेको र थन्क्याउन नसकिएको गुनासो गरेका छन्। केही किसानका अनुसार उत्पादनमा यस वर्ष ३० देखि ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। अध्यक्ष सुनुवारले किसानहरूको दुख बुझ्दै भनेकी छन्, “हामीले तत्काल स्थानीय तहबाट सम्भव सहयोगका उपायहरू खोज्दैछौं।…
Read More
ठूलाे एकादशी : हरि उठ्ने महान दिन, धर्म र आस्थाको मेल

ठूलाे एकादशी : हरि उठ्ने महान दिन, धर्म र आस्थाको मेल

दोलखा । आज मंसिर लागेपछि भक्तजनहरूका बीच ‘ठूलाे एकादशी’ भनेर चिनिने हरिबोधिनी एकादशी पर्व उल्लासपूर्वक मनाइँदैछ। यस दिन भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जागरण हुने धार्मिक विश्वास रहेको छ। आषाढ शुक्ल एकादशीका दिन सुत्न गएका भगवान् विष्णु आज, कार्तिक शुक्ल एकादशीका दिन, पुनः उठ्ने भएकाले यो दिनलाई हरिबोधिनी वा देवउठनी एकादशी भनिन्छ। धार्मिक ग्रन्थका अनुसार भगवान् विष्णुले आषाढ महिनादेखि कार्तिक महिनासम्म क्षीरसागरमा विश्राम लिने बताइन्छ। चार महिनासम्म ‘चातुर्मास’का रूपमा मनाइने यस अवधिमा व्रत, पूजा, दान, कथा, कीर्तन र भक्ति कार्यहरूमा विशेष ध्यान दिनुपर्ने मान्यता छ। आजको दिनलाई विष्णु भक्तहरूले भगवान् विष्णुको उपासना गरी चार महिनाअघि गरेका संकल्पको समापन गर्ने दिनको…
Read More
वर्षाको मारमा दोलखाका किसान, पाकेको धानबालीमा क्षति

वर्षाको मारमा दोलखाका किसान, पाकेको धानबालीमा क्षति

दोलखा । लगातार परिरहेको असमयको वर्षाका कारण दोलखासहितका विभिन्न जिल्लाका किसानहरू चिन्तित बनेका छन्। धान पाकेर थन्क्याउने तयारीमा रहेका बेला परेको वर्षाले किसानहरूको मेहनतमा पानी फेरिदिएको छ। धानको बालामा वर्षाको पानी पसेपछि काट्न नसकिएको र खेतमै भिज्दा अन्न कुहिने, अंकुराउने र उत्पादनमा ठूलो ह्रास हुने खतरा देखिएको किसानहरूले बताएका छन्। दोलखाका धेरै गाउँहरूमा खेतमा पानी जम्दा धान काट्ने काम रोकिएको छ भने केही स्थानमा भिजेका बालाहरू कुहिन थालेका छन्। स्थानीय किसानहरूका अनुसार यस वर्ष खेतमा धान राम्रो फलाएको भए पनि असमयको वर्षाले उत्पादनमा ठूलो क्षति पुर्‍याउने सम्भावना देखिएको छ। समयमै धान काट्न नपाउँदा परिवारको वर्षभरको आशा र श्रम संकटमा परेको…
Read More
भीमेश्वर मन्दिरमा भेटिएको हराएको सामान सुरक्षित रूपमा हस्तान्तरण

भीमेश्वर मन्दिरमा भेटिएको हराएको सामान सुरक्षित रूपमा हस्तान्तरण

दोलखा, १५ कार्तिक २०८२ – भीमेश्वर मन्दिरमा दर्शनको क्रममा केही दर्शनार्थीहरूले आफ्नो व्यक्तिगत सामान बिर्सेर जानु भएका घटनाहरू फेरि प्रकाशमा आएका छन्। यसैबीच, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ३ बस्ने आकाश दाहालले मन्दिर परिसरमा छोडेको सिमबिनाको नोकिया मोबाइल थान एक र छालाको कालो ज्याकेट मन्दिर व्यवस्थापन समितिले सुरक्षित रुपमा फिर्ता गरेको छ। मन्दिर व्यवस्थापन समितिका सचिव श्री राजेन्द्र नारायण श्रेष्ठका अनुसार, "आज मिति २०८२ साल कार्तिक १५ गते शनिबार ११:३० बजे उक्त मोबाइल र ज्याकेट मन्दिर प्रशासनबाट सुरक्षित रूपमा आकाश दाहाललाई हस्तान्तरण गरिएको छ।" सचिव श्रेष्ठले यस अवसरमा दर्शनार्थीहरूलाई विशेष अनुरोध गर्दै भनेका छन् कि मन्दिर परिसरमा दर्शन गर्ने…
Read More
दोलखामा राष्ट्रपतिज्यूको क्षमा–पूजा सम्पन्न

दोलखामा राष्ट्रपतिज्यूको क्षमा–पूजा सम्पन्न

राष्ट्रमा अनिष्टपछि भीमेश्वर मन्दिरमा सम्पन्न भयो पवित्र क्षमा–पूजा महेन्द्र श्रेष्ठ दोलखा — हालै देशमा देखिएका अनिष्ट घटनाहरू र नकारात्मक परिस्थितिको शान्ति, स्थायित्व र कल्याणको कामना गर्दै दोलखाको ऐतिहासिक भीमेश्वर मन्दिरमा राष्ट्रपति कार्यालयका तर्फबाट विशेष क्षमा–पूजा सम्पन्न गरिएको छ। यस पवित्र अवसरमा दोलखाको पवित्र भूमिमा आस्था, संस्कार र राष्ट्रिय परम्पराको अद्भुत संगम देखिएको थियो। क्षमा–पूजाको कार्यक्रममा राष्ट्रपति कार्यालयका सोकीय सहसचिव सुसिल तिमिल्सेना, कार्यालय तर्फबाट उपसचिव इश्वरी प्रसाद पाण्डे, कुमारी घर तर्फबाट गुरु गौतम शाक्य, दोलखा जिल्ला प्रमुख भोला दाहाल, जिल्ला प्रहरी प्रमुख, गण प्रमुख, शस्त्र प्रमुख, भीमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ, सचिव राजेन्द्र नारायण श्रेष्ठ, कोषाध्यक्ष सुरेश कुमार…
Read More
प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

प्रहरी निरीक्षक मिना देवी राई पुरस्कृत

दोलखा / भीमेश्वर – “७०औं प्रहरी दिवस २०८२” को शुभ-अवसरमा यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक मिना देवी राई जिल्ला प्रहरी कार्यालय चितवनबाट उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ। प्रहरी सेवामा लामो समयदेखि इमानदार, लगनशील र जिम्मेवार ढङ्गले कार्य गर्दै आउनुभएकी राईको समर्पण र उत्कृष्ट कार्यशैलीलाई प्रहरी संगठनले उच्च सम्मानका साथ कदर गरेको हो। उहाँ दोलखेली बुहारी समेत हुनुहुन्छ। जिल्लासँग आत्मीय सम्बन्ध राख्दै उहाँले दोलखाको सामाजिक तथा विकास गतिविधिहरूमा पनि सक्दो सहयोग पुर्‍याउँदै आउनुभएको छ। उहाँलाई प्राप्त यो सम्मानले दोलखालीहरूमा गर्वको अनुभूति दिलाएको छ। 🙏🇳🇵
Read More
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

दोलखा / — आज कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार मनाइँदैछ। यो दिन यमपञ्चक अर्थात् तिहारको पहिलो दिन पनि हो। यस दिनलाई “काग तिहार” भनेर चिनिन्छ। हिन्दू परम्परा अनुसार कागलाई सन्देशवाहक र सतर्कताको प्रतीकका रूपमा मानिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार, काग यमराजका दूत हुन्, जसले शुभ-अशुभ घटनाको सूचना पुर्‍याउने काम गर्छन्। त्यसैले आजको दिनमा कागलाई मीठा-मीठा खानेकुरा चढाएर पूजा गर्ने चलन रहेको छ। घर-घरमा बिहानै उठेर कागका लागि परिकार तयार पारिन्छ र घरको छत, बारन्दा वा आँगनमा राखिन्छ। यसरी कागलाई सम्मान दिँदा घरमा शुभता, शान्ति र सन्देशका माध्यमले सबैलाई सतर्क रहने शक्ति प्राप्त हुने जनविश्वास छ। तिहारको पहिलो दिनदेखि सुरु…
Read More
बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

दोलखा / भीमेश्वर – बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष लिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिका रूपमा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सहकारी संस्थाहरू गाउँ र समाजको आर्थिक सबलीकरणका महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सहकारीले महिला सशक्तिकरण, आत्मनिर्भरता र समुदायमा आर्थिक क्रियाकलापलाई विस्तार गर्न ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो। साथै, उहाँले पारदर्शी, उत्तरदायी र उद्देश्यपूर्ण रूपमा सहकारी सञ्चालन गर्न सबै सदस्यहरूलाई आग्रह गर्नुभयो। सो अवसरमा कोषाध्यक्ष लंका प्यारी जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search