प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र चीनबीच भएको टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन्। यसैगरी…
-महेन्द्र श्रेष्ठ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको वरपर गफ लगाएर प्रभाव देखाउने र जनताबाट टाढा रहेका नेतादेखि जनप्रतिनिधिसम्म पार्टीको निगरानी र निसानामा परेको संकेत उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ । उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै वाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा…
- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत अपुष्ट भ्रामक समाचार लेखि नागरीकहरुलाई भ्रम सिर्जना गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट भिमेश्वर नगरपालिकाबाट प्रकाशन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई गौरिशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रामक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो । निर्वाचनलाई लक्षित गरी विना आधार गतल र अपुष्ट समाचार संप्रेसन गरी नागरीकहरुमा गलत अफवाह फैलाएको र निर्वाचनमा उम्मेदवारको विषयमा निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाग्री तयार पारी भ्रम शिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमा जनाएको छ । स्थानीय तह निर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको…
१४ मंसिर २०८१, दोलखा । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ। बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए। निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए। न्युनतम संख्यामै जान लागिएको बताए। भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको बताए। उनले भने, ‘प्रधानमन्त्रीज्युको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ। एजेण्डाको बारेमा थप छलफल भइरहेको छ।’…
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो । प्रधानमन्त्री ओली अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले…
प्राचीन शहर दोलखामा हिले जात्राको पुर्बसंध्यामा लाखे नृत्य आफ्नो उत्कर्षमा थियो शंखद्वनी मिडियाका युबा सम्पादक महेन्द्र श्रेष्ठले खबर प्रेषित गर्नु भयो – “प्राचीन शहर दोलखामा लाखे नृत्य देखाइयो । उपत्यकाबाट लखेटिएका नेवारहरुले आफु जहाँ जहा पुगे त्याहाँ त्याहाँ लाखे नृत्य देखाउने गरेका छन्।“ जुन शहर / बजारका नेवारहरुले लाखे देखाउने गरेका कुरामा दुइ मत छैन तर “लखेटिएका” भन्ने कुरामा कमसेकम दोलखा शहरका नेवारहरुका बारेमा मलाइ उहाँको कुरामा चित्त बुझेन । किनकि दोलखा राज्य मध्यकालमा नेवारहरु को चार राज्य – ललितपुर, भक्तपुर, काठमाण्डौ र दोलखा मध्य एक थियो र उपत्यकाका राज्यहरुको समक्षीक थियो जुन कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले (नेपालको सांस्कृतिक परम्परा) स्पस्ट संग लेख्नु भएकोछ।…
२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
कार्तिक २७, २०८१ शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ।…
