Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement
शंख ध्वनी

शंख ध्वनी

1222 Posts
दोलखाको पर्यटन उजागर गर्न प्रदेशस्तरीय पर्यटन सम्मेलन आवश्यक : अध्यक्ष श्रेष्ठ

दोलखाको पर्यटन उजागर गर्न प्रदेशस्तरीय पर्यटन सम्मेलन आवश्यक : अध्यक्ष श्रेष्ठ

दोलखाको पर्यटन उजागर गर्न प्रदेशस्तरीय पर्यटन सम्मेलन आवश्यक : अध्यक्ष श्रेष्ठ चरिकोट, दोलखा । दोलखाको पर्यटन सम्भावनालाई प्रदेश तथा राष्ट्रियस्तरमा थप परिचित गराउँदै पर्यटन व्यवसायलाई गति दिन प्रदेशस्तरीय पर्यटन सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले जिल्लाको पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र, स्थानीय तह र पर्यटन व्यवसायीबीच साझा योजना र सहकार्य आवश्यक रहेको बताएका छन्। दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त जिल्ला भए पनि उपलब्ध अवसरलाई व्यवस्थित रूपमा प्रवर्द्धन र बजारीकरण गर्न अझै धेरै काम गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। उनका…
Read More
तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार

तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार

तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार महेन्द्र श्रेष्ठ तामाकोसी नदीको बीच भागमा फसेका २३ वर्षीय अभियान थामीको रातारात उद्धार सिंगटी, दोलखा । तामाकोसी नदीको बीच भागमा अलपत्र परेका कालिञ्चोक गाउँपालिका–४ का २३ वर्षीय अभियान थामीको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। बिहीबार साँझ माछा मारेर घर फर्किने क्रममा नदीको बहाव बढेपछि थामी तामाकोसीको बीच भागमा फसेका थिए। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नं. १८ गुल्म, मनसुन प्रतिकार्य बेस सिंगटी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो। रातिको समयमा नदीको बहाव तीव्र रहे पनि…
Read More
अभयपुर सहरको ऐतिहासिक भैरव–कुमारी जात्राको तयारीमा रङ्गरोगन।

अभयपुर सहरको ऐतिहासिक भैरव–कुमारी जात्राको तयारीमा रङ्गरोगन।

अभयपुर सहरको ऐतिहासिक भैरव–कुमारी जात्राको तयारीमा रङ्गरोगन। दोलखाको /ऐतिहासिक अभयपुर सहरमा पुस्तौँदेखि चलिआएको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको भैरव–कुमारी जात्रा यस वर्ष पनि विशेष उत्साहका साथ मनाइँदैछ। आगामी गाई जात्राको भोलिपल्टदेखि पाँच दिनसम्म सञ्चालन हुने भैरव–कुमारी जात्राका लागि कुमारी छैँमा रङ्गरोगन तथा सिँगार–सजावट गरिएको छ। काठमाडौँ भ्याली सर्भिसिङ प्रा.लि.का युवा समाजसेवी प्रोप्राइटर मनोज चाकुबजीको आर्थिक सहयोगमा गरिएको यस कार्यले हाम्रो ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। भैरव–कुमारी जात्रा केवल एउटा पर्व मात्र होइन, यो अभयपुरको इतिहास, आस्था, संस्कृति र पुस्तौँदेखिको परम्पराको जीवन्त धरोहर हो। यस्ता मौलिक जात्रा तथा सम्पदाको संरक्षणमा सबैको साथ, सहयोग र…
Read More
दोलखामा घण्टाकर्ण पर्व सम्पन्न, जोशी परिवारको पालोमा मनाइयो जात्रा

दोलखामा घण्टाकर्ण पर्व सम्पन्न, जोशी परिवारको पालोमा मनाइयो जात्रा

दोलखामा घण्टाकर्ण पर्व सम्पन्न, जोशी परिवारको पालोमा मनाइयो जात्रा सिर्जन घिमिरे दोलखा, साउन २७/ ऐतिहासिक दोलखा बजारमा नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको घण्टाकर्ण अर्थात् ‘गाठामा’ पर्व विधिपूर्वक सम्पन्न भएको छ। श्रावण कृष्णपक्ष चतुर्दशीका दिन मनाइने यो पर्व दोलखामा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रा तथा पर्वको सुरुवाती जात्राका रूपमा लिइन्छ। यस वर्ष घण्टाकर्ण जात्रा सञ्चालन गर्ने पालो ढोकुलुङा टोलका जोशी परिवारको रहेको थियो। परम्पराअनुसार तलेजु भवानी मन्दिरमा विशेष पूजाआजा गरेपछि घण्टाकर्णको प्रतिमालाई बाजागाजासहित दोलखा बजार परिक्रमा गराइएको थियो। त्यसपछि प्रतिमालाई बजारबाहिर रहेको छेरप्वाले स्थानमा पुर्‍याएर जलाइएको हो। घण्टाकर्णको प्रतिमा गाजाको बोटलगायत स्थानीय सामग्री प्रयोग गरी तयार पारिन्छ।…
Read More
अभयपुर सहर दोलखामा परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदै

अभयपुर सहर दोलखामा परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदै

अभयपुर सहर दोलखामा परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदै दोलखा / दोलखाको ऐतिहासिक अभयपुर सहरमा आज परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदैछ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको यो पर्व स्थानीयवासीले विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइरहेका छन्। भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठका अनुसार घण्टाकर्ण पर्वलाई नकारात्मकता, अशुभता तथा विभिन्न बाधा–अवरोध हटाई सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा स्थानीयवासीले परम्परागत पूजाआजा गर्नुका साथै विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरेका छन्। “घण्टाकर्ण हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस्ता पर्वले समुदायमा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको भावना…
Read More
वर्षौंदेखि अलपत्र ढुङ्ग्रेवास पुलः धुरा बजार–ढुङ्ग्रेवास सडकमा स्थानीयको सास्ती, सुरु भएको निर्माण पनि फेरि रोकियो

वर्षौंदेखि अलपत्र ढुङ्ग्रेवास पुलः धुरा बजार–ढुङ्ग्रेवास सडकमा स्थानीयको सास्ती, सुरु भएको निर्माण पनि फेरि रोकियो

वर्षौंदेखि अलपत्र ढुङ्ग्रेवास पुलः धुरा बजार–ढुङ्ग्रेवास सडकमा स्थानीयको सास्ती, सुरु भएको निर्माण पनि फेरि रोकियो द्वारिका काफ्ले सिन्धुली सिन्धुली जिल्लाको धुरा बजारबाट ढुङ्ग्रेवासतर्फ जाने अत्यन्त महत्वपूर्ण पुल वर्षौंदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि सुरक्षित पुल निर्माणको माग गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन। यस वर्ष निर्माण कार्य सुरु भएपछि स्थानीयमा आशा पलाएको थियो, तर केही समयमै काम पुनः रोकिएपछि उनीहरू निराश बनेका छन्। धुरा बजार र ढुङ्ग्रेवासलाई जोड्ने यो पुल दैनिक रूपमा विद्यार्थी, किसान, व्यापारी, कर्मचारी तथा सर्वसाधारणले प्रयोग गर्ने प्रमुख आवागमनको माध्यम हो। पुलको अवस्था अत्यन्त कमजोर भएकाले सर्वसाधारण हरेक दिन जोखिम…
Read More
दोलखाले गुमायो एक साहसी हिमाल आरोही

दोलखाले गुमायो एक साहसी हिमाल आरोही

दोलखाले गुमायो एक साहसी हिमाल आरोही महेन्द्र श्रेष्ठ दोलखा दोलखा जिल्लाले आफ्नो एक साहसी, अनुभवी र प्रेरणादायी हिमाल आरोही गुमाएको छ। गौरीशंकर गाउँपालिका–९, बेदिङ निवासी, माउन्ट एभरेस्ट समिटर्स क्लबका सदस्य तथा ख्यातिप्राप्त हिमाल आरोही किलु पेम्बा शेर्पा (४५) को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा भएको असामयिक निधनको खबरले समग्र दोलखा जिल्ला शोकमा डुबेको छ। हिमालसँग संघर्ष गर्दै अनेकौँ चुनौतीलाई साहसपूर्वक पार गरेका किलु पेम्बा शेर्पा अब सम्झनामा मात्र सीमित भएका छन्। उहाँको निधनले केवल एक परिवारले आफ्नो प्रिय सदस्य मात्र गुमाएको छैन, दोलखाले आफ्नो एक निडर पर्वतारोही, शेर्पा समुदायले एक गौरवपूर्ण व्यक्तित्व र नेपालले एक साहसी…
Read More
जन्मदिनलाई सेवामै रूपान्तरण: देउरानी–जेठानी सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीद्वारा ज्येष्ठ नागरिकलाई भोजन तथा वस्त्र वितरण

जन्मदिनलाई सेवामै रूपान्तरण: देउरानी–जेठानी सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीद्वारा ज्येष्ठ नागरिकलाई भोजन तथा वस्त्र वितरण

जन्मदिनलाई सेवामै रूपान्तरण: देउरानी–जेठानी सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीद्वारा ज्येष्ठ नागरिकलाई भोजन तथा वस्त्र वितरण महेन्द्र श्रेष्ठ दोलखा, साउन १५ श्रावण १५ अर्थात् खिर खाने विशेष पर्वको अवसरमा दोलखा भीमेश्वर नगरपालिका–२ निवासी देउरानी सिर्जना जोशी चाकुबजी र जेठानी कुमारी जोशी चाकुबजीले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै अनुकरणीय उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँहरूले चरणावती ज्येष्ठ नागरिक सेवा केन्द्र धाममा आश्रित ज्येष्ठ नागरिकहरूलाई बिहानको भोजन गराउनुका साथै लत्ताकपडा वितरण गरी जन्मदिनलाई मानव सेवाको अवसरका रूपमा मनाउनुभएको हो। व्यक्तिगत खुसीलाई समाजप्रतिको उत्तरदायित्वसँग जोड्दै गरिएको यस कार्यले करुणा, सहकार्य, सम्मान र सेवाभावको सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रमका क्रममा सेवा केन्द्रमा आश्रित…
Read More
दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता

दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता

दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता दोलखा, चरीकोट। डिभिजन वन कार्यालय दोलखाको आयोजनामा दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) का बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सडक सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत अनिल कुमार रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा गौरीशंकर संरक्षण आयोजनाका प्रमुख सन्तोष शेरचन, वन अधिकृत विष्णुबहादुर केसी, भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व डिभिजनल वन अधिकृत सुरेन्द्र श्रेष्ठ, समाजसेवी ज्ञानेन्द्र…
Read More
मेयर गोपी हमालको भनाइ: “नागढुङ्गा सुरुङमार्गको योगदान कसैले मेटाउन सक्दैन, केपी ओलीको भूमिका इतिहासमा दर्ज छ”

मेयर गोपी हमालको भनाइ: “नागढुङ्गा सुरुङमार्गको योगदान कसैले मेटाउन सक्दैन, केपी ओलीको भूमिका इतिहासमा दर्ज छ”

मेयर गोपी हमालको भनाइ: "नागढुङ्गा सुरुङमार्गको योगदान कसैले मेटाउन सक्दैन, केपी ओलीको भूमिका इतिहासमा दर्ज छ" दाेलखा / धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले नागढुङ्गा सुरुङमार्ग निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै विकास निर्माणका कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर हमालले नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरेको भए पनि उक्त आयोजना अघि बढाउन, आवश्यक निर्णय गर्न र समयमै सम्पन्न गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रिय नेतृत्व र निरन्तर चासो महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले राजनीतिक विचार र दलगत मतभेद…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search