Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पालिका

अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो । ऐतिहासिक महत्त्व र धार्मिक विश्वास यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार "यज्ञकुमार प्रधान" का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास…
Read More
दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

२९ माघ २०८१, दोलखा – दोलखाको बैतेश्वर गाउँपालिकामा सोमबार एक महिलामाथि खुकुरीले आक्रमण गर्ने प्रयास भएको छ। पारिवारिक अंशबण्डा सम्बन्धी विवादका कारण स्थानीय शिक्षिका उषा तामाङमाथि यो हमला गरिएको हो। उषा तामाङ, जो बैतेश्वर माध्यमिक विद्यालयमा शिक्षिका कार्यरत छिन्, सोमबार विद्यालय नजिकै खुकुरी प्रहारको शिकार हुन लागेको खवर प्राप्त भएको छ। स्थानीयले समयमै हस्तक्षेप गरेर उनको ज्यान बचाएका थिए। पक्राउ पर्ने व्यक्तिको नाम सुन्दर अधिकारी रहेको जानकारी प्राप्त भएको छ। उनी भीमेश्वर नगरपालिका-५ का स्थायी निवासी हुन् र तामाङका आफन्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीका अनुसार “खुकुरी आक्रमणको बारेमा प्रहरीमा उजुरी दर्ता भएको छ र आरोपीलाइ…
Read More
भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

भीमेश्वर नगरपालिका वडा नं २, दोलखाका व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।

https://www.youtube.com/watch?v=0Me0GfO8X2k दाेलखा  भीमेश्वर नगरपालिका वडा नं २ का व्यावसायिक ६ वटा बाख्रापालक कृषक फर्मलाइ प्रोत्साहन गर्न रु ४ लाख वडा कार्यालयबाट अनुदान वितरण गरेको दृश्यहरू।
Read More
वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो । भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले…
Read More
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
Read More
तामाकोशी नदीमा डुबेर एक पुरूष बेपत्ता

तामाकोशी नदीमा डुबेर एक पुरूष बेपत्ता

२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् ‌ बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
Read More
आज काग तिहार

आज काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु…
Read More
सन्दर्भ बौद्ध चैत्यहरुको संरक्षण

सन्दर्भ बौद्ध चैत्यहरुको संरक्षण

११ कार्तिक २०८१, दोलखा ।  यसपाली दसैँमा कालिंचोक युबा क्लबले दोलखाका केहि बौद्ध चैत्यहरुको सरसफाई र रंगरोगन गरेर आफ्ना पुर्खाको धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने सराहनी काम गरेकोछ । म स्वयम् अध्यक्ष हुँदा पनि बजेटको अभाबले गर्दा दुंगल टोल  र नक्छें टोलका चैत्यहरुको धेरथोर मर्मत सम्भार गरेका थियौं । नेपाल भरिमा नै अपबाद स्वरुप नुवाकोटमा हालसालै उत्खनन बाट प्राप्त सानु चैत्य बाहेक दोलखा शहरमा मात्र त्यो पनि शहर भित्र नै ५ वटा चैत्यहरु छन् जस मध्य एउटा पुनर्निर्माणको पर्खाइमा छ । सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए भन्छन । तर…
Read More
त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न

त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न

१० कांर्तिक, दोलखा । भिमेश्रर नगरपालिका वडा नं-२, त्रिपुरा सुन्दरी मार्ग, दुङ्गलमा कार्यालय रहेको त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथि भीमेश्वर नगरपालिकाका सहकारी विभाग अधिकृत श्री नारायण शेढाइ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक श्री यशोदा पौडेल, जिल्ला सहकारी संघ लि. दोलखाका उपाध्यक्ष श्री कृष्ण प्रसाद दहाल तथा भीमेश्वर बचत तथा ऋणका सहकारी संस्थाका अध्यक्ष श्री रमेश कुमार चाकुबजी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । आज साधारणसभामा संस्थाका अध्यक्ष…
Read More
दोलखा विद्यावारिधि फोरम गठन हुने

दोलखा विद्यावारिधि फोरम गठन हुने

  दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको छ । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ । डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो । फोरमले दोलखामा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search