दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा भदौ १८ गते। दोलखा / दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। जिल्लाको होटल तथा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका विषयमा छलफल गर्ने उद्देश्यले साधारणसभा आयोजना गर्न लागिएको हो। संघका अनुसार २०८३ साल भदौ १८ गते बिहान १० बजे चरिकोटस्थित दरबार पार्टी प्यालेसमा पाँचौँ वार्षिक साधारणसभा आयोजना हुनेछ। दोलखाको होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र प्रभावकारी बनाउँदै जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विषयलाई साधारणसभाले प्राथमिकतामा राख्ने बताइएको छ। साथै होटल तथा पर्यटन व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती तथा…
महिला तथा बालबालिकाविरुद्ध हिंसामा शून्य सहनशीलताको माग। सिन्धुली । संवाददाता — महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सिन्धुलीमा क्रियाशील विभिन्न महिला संघसंस्थाहरूले सरकारसमक्ष सातबुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत गृह मन्त्रालयसमक्ष बुझाइएको ज्ञापनपत्रमा महिला तथा बालबालिकाको सुरक्षा, सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न, हिंसा तथा बलात्कारका घटनामा शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ। त्यसैगरी पीडितको तत्काल उद्धार, सुरक्षा, उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहायता उपलब्ध गराउन, अनुसन्धान र न्याय प्रक्रिया छिटो, निष्पक्ष तथा पारदर्शी बनाउन तथा महिला र बालबालिकाको सुरक्षाका लागि…
२४ जनसंगठनका प्रदेश प्रतिनिधि सहभागी कार्यशाला नगरकोटमा। नगरकोट / नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गतको जनसंगठन समन्वय संयन्त्रको आयोजनामा जनसंगठनसम्बन्धी कार्यशाला नगरकोटमा सम्पन्न भएको छ। बागमती प्रदेशअन्तर्गत रहेका विभिन्न जनसंगठनहरूको संगठनात्मक अवस्था, समन्वय, आगामी कार्यदिशा तथा जनसरोकारका विषयमा छलफल गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा बागमती प्रदेशअन्तर्गतका १० जिल्लाबाट २४ वटा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आ–आफ्ना जनसंगठनको वर्तमान अवस्था, संगठन विस्तारका क्रममा देखिएका समस्या, सदस्यता विस्तार, जनतासँगको सम्बन्ध तथा आगामी कार्यक्रमका विषयमा धारणा राखेका थिए। कार्यशालालाई सम्बोधन गर्दै नेताहरूले पार्टीका जनसंगठनहरूलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। जनसंगठनहरू पार्टी र जनताबीचको महत्वपूर्ण सेतु…
अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक : संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड। दोलखा । अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाको ९औँ पूर्ण बैठक संगठनका आगामी गतिविधि र महिला सशक्तीकरणका महत्वपूर्ण विषयमा छलफल गर्दै सम्पन्न भएको छ। अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा अनेमसंघ स्थायी कमिटी सदस्य शारदा राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्यहरू उर्मिला थामी, शान्तिकुमारी तामाङ र कालिका पाठकको विशेष उपस्थिति रहेको थियो। बैठकमा बागमती प्रदेश सचिवालय सदस्य गोमा केसी र मैना नेपाली, नेकपा (एमाले) दोलखाकी उपसचिव तथा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, अनेमसंघ पूर्व बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का, जिल्ला सल्लाहकार…
भौतिक पूर्वाधार विकास मन्त्रीमा भरत बहादुर केसी। महेन्द्र श्रेष्ठ दोलखा — बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दोलखाका भरत बहादुर केसी नियुक्त हुनुभएको छ। लामो समयदेखि जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै स्थानीय तहदेखि प्रदेश सरकारसम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएका केसीलाई भौतिक पूर्वाधारजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त भएपछि दोलखावासीमा उत्साह देखिएको छ। केसीको राजनीतिक तथा जनप्रतिनिधिको यात्रा २०५४ सालमा वडा सदस्यबाट सुरु भएको हो। त्यसपछि उहाँले तत्कालीन जिल्ला विकास समिति (जिविस) सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभयो। २०७४ सालमा भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएका केसीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो। नगर प्रमुखका रूपमा रहँदा उहाँले नगरको समग्र विकाससँगै सडक तथा पूर्वाधार…
तामाकोसीमा फसेका कामदारको सेना, सशस्त्र र नेपाल प्रहरीद्वारा सकुशल उद्धार महेन्द्र श्रेष्ठ तामाकोसी नदीको बीच भागमा फसेका २३ वर्षीय अभियान थामीको रातारात उद्धार सिंगटी, दोलखा । तामाकोसी नदीको बीच भागमा अलपत्र परेका कालिञ्चोक गाउँपालिका–४ का २३ वर्षीय अभियान थामीको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। बिहीबार साँझ माछा मारेर घर फर्किने क्रममा नदीको बहाव बढेपछि थामी तामाकोसीको बीच भागमा फसेका थिए। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नं. १८ गुल्म, मनसुन प्रतिकार्य बेस सिंगटी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो। रातिको समयमा नदीको बहाव तीव्र रहे पनि…
वर्षौंदेखि अलपत्र ढुङ्ग्रेवास पुलः धुरा बजार–ढुङ्ग्रेवास सडकमा स्थानीयको सास्ती, सुरु भएको निर्माण पनि फेरि रोकियो द्वारिका काफ्ले सिन्धुली सिन्धुली जिल्लाको धुरा बजारबाट ढुङ्ग्रेवासतर्फ जाने अत्यन्त महत्वपूर्ण पुल वर्षौंदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि सुरक्षित पुल निर्माणको माग गर्दै आए पनि समस्या समाधान हुन सकेको छैन। यस वर्ष निर्माण कार्य सुरु भएपछि स्थानीयमा आशा पलाएको थियो, तर केही समयमै काम पुनः रोकिएपछि उनीहरू निराश बनेका छन्। धुरा बजार र ढुङ्ग्रेवासलाई जोड्ने यो पुल दैनिक रूपमा विद्यार्थी, किसान, व्यापारी, कर्मचारी तथा सर्वसाधारणले प्रयोग गर्ने प्रमुख आवागमनको माध्यम हो। पुलको अवस्था अत्यन्त कमजोर भएकाले सर्वसाधारण हरेक दिन जोखिम…
मेयर गोपी हमालको भनाइ: "नागढुङ्गा सुरुङमार्गको योगदान कसैले मेटाउन सक्दैन, केपी ओलीको भूमिका इतिहासमा दर्ज छ" दाेलखा / धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले नागढुङ्गा सुरुङमार्ग निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै विकास निर्माणका कामलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर हमालले नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरेको भए पनि उक्त आयोजना अघि बढाउन, आवश्यक निर्णय गर्न र समयमै सम्पन्न गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रिय नेतृत्व र निरन्तर चासो महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। उनले राजनीतिक विचार र दलगत मतभेद…
हरिशयनी (तुलसी रोप्ने) एकादशीका अवसरमा भीमेश्वर मन्दिरमा बली पूजा, समैबजि, जट्टा नरिवल र अण्डा चढाउन पूर्ण प्रतिबन्ध दोलखा। आगामी २०८३ साल श्रावण ९ गते शनिबार हरिशयनी (तुलसी रोप्ने) एकादशी पर्वका अवसरमा दोलखास्थित श्री भीमेश्वर मन्दिरमा बली पूजा तथा पशुजन्य वा तामसिक सामग्री चढाउने कार्य पूर्ण रूपमा बन्द रहने भएको छ। श्री भीमेश्वर मन्दिर व्यवस्थापन समितिले एक सूचना जारी गर्दै हरिशयनी एकादशीको पावन अवसरलाई मध्यनजर गर्दै मन्दिर परिसरमा बली पूजा, समैबजि, जट्टा नरिवल तथा अण्डा चढाउने कार्य पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएको हो। समितिका अनुसार हरिशयनी एकादशी भगवान विष्णुको विशेष आराधना गरिने तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र पर्व भएकाले मन्दिरको…
भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी महेन्द्र श्रेष्ठ दोलखा। दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाको अनुमानित कुल बजेट ८८ करोड ९९ लाख ८७ हजार रुपैयाँ रहेको थियो। नगरपालिकाले बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेसँगै विकास निर्माण तथा उत्पादनमुखी क्षेत्र, विशेषगरी कृषि क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको भन्दै स्थानीय स्तरमा चासोसमेत व्यक्त हुन थालेको छ। नगरपालिकाका अनुसार कुल बजेटमध्ये चालुतर्फ ५९ करोड १४ लाख ३२ हजार ९९८ रुपैयाँ, पुँजीगततर्फ २८ करोड ८५ लाख ५४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १० करोड…
