दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भीमेश्वर नगरपालिका–२ वडा कार्यालयको सहकार्य तथा प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी सहकारीहरूमा भीमेश्वर साकोसका अध्यक्ष रमेश चाकुबजीसहित कार्यसमिति सदस्यहरू, त्रिपुरा महिला सहकारीका व्यवस्थापक बुद्धि आचार्य तथा कोषाध्यक्ष सिर्जना खड्का,बालकुमारी महिला कृषि सहकारीका अध्यक्ष लिला श्रेष्ठ, सचिव बिनु श्रेष्ठ र व्यवस्थापक बस्नती जोशी, सिंहबन कृषि सहकारीका अध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष निर्जला श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठ तथा मन्धेश्वरी कृषि सहकारीका अध्यक्ष…
दोलखामा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न दोलखा — जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा तथा तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा तामाकोशी गाउँपालिका–४ मालुस्थित श्री गोल्मेश्वर माध्यमिक विद्यालयमा “सामाजिक सञ्जालको समुचित प्रयोग” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ८४ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक प्रविन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, हेल्थ असिस्टेन्ट राम कौशल यादव, तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख मञ्जु न्यौपाने तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको…
दुर्घटनामा निधन भएका डोर प्रसाद घिमिरेलाई श्रद्धाञ्जलीसहित अन्तिम बिदाइ रामेछाप — निर्वाचनको जिम्मेवारी पूरा गर्न मतदान केन्द्रतर्फ जाँदै गर्दा रामेछाप नगरपालिका–२ सिरुवारी मा भएको सवारी दुर्घटनामा निधन भएका डोर प्रसाद घिमिरेको आज तामाकोशी नदी किनारस्थित घाटमा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गरिएको छ। स्वर्गीय घिमिरेको अन्तिम संस्कारमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित व्यक्तित्वहरूले घाटमै पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। जिल्ला प्रशासन र सुरक्षा निकायको सहभागितासहित गरिएको अन्तिम बिदाइले जिल्लाको तर्फबाट उहाँलाई सम्मानपूर्वक विदा गरिएको भाव प्रकट गरेको छ। कर्तव्य पालनाकै क्रममा भएको यस दुःखद घटनाले सिङ्गो…
सिन्धुली जिल्लामा सवारी दुर्घटना : स्कुटर चालकको मृत्यु फागुन २० गते दिउँसो करिब १२:५५ बजे कमलामाई नगरपालिका–४ हिरापानी नजिक बि.पि. राजमार्गमा बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो। बस चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझी रहेका छन्। दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए। अन्दाजी ३०/३५ वर्षका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १:३० बजे चिकित्सकले उनलाई मृत घोषणा…
दोलखाको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच देखिएको हार्दिकता साँच्चै उदाहरणीय र प्रेरणादायी देखियो। चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि आपसी सम्मान, मुस्कान र आत्मीयताले लोकतन्त्रको सुन्दर रूप झल्काएको छ। तस्वीर आफैं बोलिरहेको छ—राजनीति विचारको प्रतिस्पर्धा हो, मनको दूरी होइन। पार्वत गुरुङ (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), बिशाल खडका (नेपाल कम्युनिष्ट पार्टी (नेकपा)) र जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) बीचको आत्मीयता र सभ्य व्यवहारले दोलखाको राजनीतिक संस्कारलाई अझ उचाइमा पुर्याएको सन्देश दिएको छ। विशेषगरी पार्वत गुरुङको व्यक्तित्व दोलखावासीका लागि परिचित र भरोसायोग्य नाम हो। लामो राजनीतिक यात्रामा उहाँले संघर्ष, समर्पण र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आउनुभएको छ। संगठन निर्माणदेखि जनताको सुख–दुःखमा साथ…
दोलखाका विभिन्न मतदान स्थलमा उच्चस्तरीय अनुगमन प्रतिनिधि सभाको निर्वाचनका सन्दर्भमा संवेदनशील जिल्लाको पहिलो नम्बरमा रहेको दोलखाका विभिन्न मतदान स्थलहरूमा उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन गरिएको छ। टोलीले जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रका मतदान केन्द्रहरूको सुरक्षा अवस्था, व्यवस्थापन तयारी, कर्मचारी परिचालन, मतदाताको आवतजावत तथा समग्र निर्वाचन वातावरणबारे प्रत्यक्ष अवलोकन गरेको जनाएको छ। अनुगमनका क्रममा मतदान स्थलहरूमा सुरक्षाकर्मीको पर्याप्त उपस्थिति, आवश्यक भौतिक पूर्वाधार, शान्ति–सुरक्षा व्यवस्थापन तथा मतदातालाई सहज र भयरहित वातावरण उपलब्ध गराउने विषयमा विशेष ध्यान दिइएको थियो। सम्भावित जोखिम न्यूनीकरण गर्दै संवेदनशील क्षेत्रमा थप सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको जानकारी प्राप्त भएको छ। उच्चस्तरीय अनुगमनले दोलखामा स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा…
सिन्धुलीमा आँखा उपचार सेवा विस्तारः तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रसबीच औपचारिक सम्झौता सम्पन्न सिन्धुली जिल्लामा आँखा उपचार सेवा विस्तार र अन्धोपन निवारण कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा बीच काठमाडौंमा औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता समारोहमा नेपाल आँखा कार्यक्रम, तिलगंगा तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सहभागी हुनुहुन्थ्यो। उहाँले सिन्धुलीमा आँखा उपचार सेवा र अन्धोपन निवारणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा उहाँले बताउनुभयो कि तिलगंगा आँखा प्रतिष्ठान र सिन्धुली रेडक्रसबीचको समन्वय र व्यवस्थापनमा सभापति अशोक श्रेष्ठको सक्रिय भूमिका रहनेछ, जसले दुर्गम र ग्रामीण क्षेत्रका सेवाग्राहीलाई गुणस्तरीय…
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिन्चोक गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला दोलखाको लापिलाङमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट तत्कालीन उम्मेदवार रहनु भएका समाजसेवी बालकृष्ण शिवाकोटीले आफ्नो धारणा राख्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो। थोरै मतान्तरले पराजित भए पनि जनताको विश्वास र माया नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, उहाँले पार्बत गुरुङ लाई अनुभवी, दूरदर्शी र विकासप्रति प्रतिबद्ध नेतृत्वका रूपमा चित्रित गर्दै उहाँलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो। उहाँको नेतृत्वमा कालिन्चोक गाउँपालिका र…
फुल्पामा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनावी अभियान कार्यक्रम उत्साह र व्यापक सहभागिताका साथ सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रमले वडा नं. २ मात्र होइन, समग्र नगर क्षेत्रमै नयाँ ऊर्जा र उत्साह थपेको आयोजकहरूको भनाइ छ। कार्यक्रममा पार्टीका सचिवालय सदस्य ज्ञानेन्द्र प्रधानले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभयो। उहाँले वर्तमान राजनीतिक परिवेश, जनताको अपेक्षा र विकासको निरन्तरताबारे स्पष्ट धारणा राख्दै आगामी निर्वाचनमा एमालेको पक्षमा बलियो जनलहर सिर्जना भइरहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको भरोसा र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। हामीले गरेको काम र देखाएको परिणामका आधारमा जनता फेरि पनि एमालेको नेतृत्व रोज्नेमा हामी विश्वस्त…
दोलखा, माघ २९ महेन्द्र श्रेष्ठ भीमेश्वर नगरपालिका–२, दोलखास्थित स्वास्थ्य चौकीद्वारा आर्थिक वर्ष २०८२/०८३ को वडा बजेटअन्तर्गत महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप ओभानचुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। आज माघ २९ गते एक औपचारिक समारोहबीच स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका ९ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई ओभानचुलो वितरण गरिएको हो। कार्यक्रम भीमेश्वर नगरपालिकाकी उप–प्रमुख कमला बस्नेतज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उप–प्रमुख बस्नेतज्यूले महिला स्वास्थ्य स्वयंसेवीकाहरू स्थानीय तहको स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै समुदायस्तरमा मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाइ र जनचेतनाका क्षेत्रमा उहाँहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि…
