शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा सातजनाको मृत्यु

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा सातजनाको मृत्यु

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा सातजनाको मृत्यु

५ चैत्र, काठमाडौं - बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने पच्चिस जना घाइते भएका छन्। सोमबार साँझ निसीखोला गाउँपालिका– ६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। उद्धारका लागि घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरीका अनुसार दुर्घटनामा कम्तीमा सातजनाको मृत्यु भएको हो भने घाइते २५ जनालाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेको अन्तिम विवरण आइसकेको छैन।
Read More
कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले पायो चार दिनको म्याद

कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले पायो चार दिनको म्याद

५ चैत्र, काठमाडौं - माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ। जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई चार दिनको समय दिएको हो। उनलाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो।
Read More
दीपक मनाङेले मागे पुनः स्वतन्त्र सांसदको हैसियत

दीपक मनाङेले मागे पुनः स्वतन्त्र सांसदको हैसियत

४ चैत्र, पोखरा -  नेकपा एकीकृत समाजवादी प्रवेश गरेका सांसद  राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् । ‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन…
Read More
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने

४ चैत्र, धनगढी  - नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा आइतबार बसेको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका दलका नेता चौधरीले भने,  ‘हामी अहिले पनि यही सरकारमा छौँ, यसलाई कायमै राखेर जाने निर्णय भएको छ’ । बैठकमा नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँचजनाको उपस्थिति रहेको थियो। उपस्थित पाँचैजना प्रदेश सरकारका मन्त्री हुन्। बैठकमा सांसद कैलाश चौधरी र टीका थापा भने अनुपस्थित थिए। दुवैजना उपचारका लागि काठमाडौं गएकाले बैठकमा सहभागी हुन नसकेको दलका नेता…
Read More
जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन पठायो पत्र

जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन पठायो पत्र

४ चैत्र, काठमाण्डौं - जनमत पार्टीले प्रतिनिधि सभा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। पार्टी नीति र अनुशासनविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरेको जनमतले त्यसको जानकारी गराउँदै दलसम्बन्धी ऐनअनुसार सांसद पद रिक्त भएको जानकारी सभामा सुनाउन माग गरेको हो। जनमत पार्टीले पठाएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। 'जनमतले पठाएको पत्र प्राप्त भएको छ, सभामुखज्यूले अध्ययन गर्दै हुनुहुन्छ। १५ दिनभित्र उहाँले निर्णय दिनुहुन्छ,' उनले भने। जनमत पार्टीले २७ फागुनमा सभामुखलाई पत्र पठाएको हो। सापकोटा महोत्तरीबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी  हुन्।
Read More
लोकतान्त्रिक सरकारले निमुखालाई न्याय र विपन्नको आयको परिलक्ष्य राखेर काम गर्नु पर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

लोकतान्त्रिक सरकारले निमुखालाई न्याय र विपन्नको आयको परिलक्ष्य राखेर काम गर्नु पर्दछ: राष्ट्रपति रामचन्द्र पौडेल

३ चैत्र, महोत्तरी - राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान  नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन् । शनिबार मटिहानीमा शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गर्दै उनले लोकतान्त्रिक सरकारले निमुखालाई न्याय र विपन्नको आयको परिलक्ष्य राखेर काम गर्नुपर्ने बताए । 'हामीले जनताको अधिकार स्थापित गर्ने संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नु छ । वास्तवमा लोकतन्त्र नै यही हो । गणतन्त्र नै यही हो, समानता भनेको पनि यही हो,' उनले भने । राष्ट्रपति पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक…
Read More
प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सकिन्छ: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा

प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सकिन्छ: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा

३ चैत्र, काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्‌लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला ढुवानी व्यवसायी महासंघ नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले कांग्रेस संसद्लाई अवरुद्ध पार्ने पक्षमा नरहेको बताएका हुन् । कार्यक्रममा खतिवडाले कानून निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए । उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार…
Read More
गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा

गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा

३ चैत्र, काठमाण्डौं - सरकारको साझा न्यूनतम  कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले सत्ता गठबन्धन आबद्ध दलका शीर्ष ताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूतनम कार्यक्रम बुझाएका हुन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेपाल कम्युनिष्ट पार्टी…
Read More
लघुवित्त संघषर्ष समिति र सरकारबीच ६ बुँदे सहमति

लघुवित्त संघषर्ष समिति र सरकारबीच ६ बुँदे सहमति

२ चैत्र, काठमाडौं - आन्दोलनरत लघुवित्त संघषर्ष समिति र सरकारबीच लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि ६ बुँदे सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै, कार्यदलमा लघुवित्तिविरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् । कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्रबैंकले तोक्ने मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र…
Read More
प्रतिनिधि सभाको बैठक आइतबारका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आइतबारका लागि स्थगित

२ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आइतबारका लागि स्थगित भएको छ । सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीबाट जवाफ माग गर्दे कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेको हो । शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुन: सुचारु भएको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आइतबारका लागि स्थगित गरेका हुन् । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । कांग्रेसले बजेटका सिद्धान्त…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search