दोलखा । आज मंसिर लागेपछि भक्तजनहरूका बीच ‘ठूलाे एकादशी’ भनेर चिनिने हरिबोधिनी एकादशी पर्व उल्लासपूर्वक मनाइँदैछ। यस दिन भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जागरण हुने धार्मिक विश्वास रहेको छ। आषाढ शुक्ल एकादशीका दिन सुत्न गएका भगवान् विष्णु आज, कार्तिक शुक्ल एकादशीका दिन, पुनः उठ्ने भएकाले यो दिनलाई हरिबोधिनी वा देवउठनी एकादशी भनिन्छ। धार्मिक ग्रन्थका अनुसार भगवान् विष्णुले आषाढ महिनादेखि कार्तिक महिनासम्म क्षीरसागरमा विश्राम लिने बताइन्छ। चार महिनासम्म ‘चातुर्मास’का रूपमा मनाइने यस अवधिमा व्रत, पूजा, दान, कथा, कीर्तन र भक्ति कार्यहरूमा विशेष ध्यान दिनुपर्ने मान्यता छ। आजको दिनलाई विष्णु भक्तहरूले भगवान् विष्णुको उपासना गरी चार महिनाअघि गरेका संकल्पको समापन गर्ने दिनको…
काठमाडौं, २०८२ भदौ २२ गते । राजधानी काठमाडौं आज दिनभर ‘Gen Z’ आन्दोलनले तातेको छ । माइतीघर, नयाँ बानेश्वरदेखि संसद भवन वरपरसम्म हजारौं युवा सडकमा उत्रिएपछि राजधानी तनावग्रस्त बनेको छ । सरकारद्वारा फेसबुक, युट्युब, ट्वीटर (एक्स), टिकटकसहित २६ सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको निर्णयविरुद्ध सुरु भएको आन्दोलन सुरक्षा निकायसँग भीषण झडपमा परिणत भएको हो । प्रदर्शनकारीलाई तितर–बितर पार्न प्रहरीले प्रारम्भमै आँसु ग्यास र पानीको फोहोरा प्रयोग गर्यो । तर भीड अझ बढ्दै गएपछि रबरको गोली चलाइयो र अन्ततः वास्तविक गोलीसमेत प्रयोग भएको छ । प्रारम्भिक विवरणअनुसार कम्तीमा १८ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । मृतकमध्ये धेरैजसो विद्यार्थी…
दाेलखा – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न…
– प्रा.ड़ा. श्याम जोशी ०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् । केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ । दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले…
२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ । बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
१० चैत्र, काठमाडौं - रूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ। मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा गएराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो। उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए। गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ। गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ। घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पुर्याइएको…
३० फागुन, काठमाडौं - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ र भारतीय समकक्षीले बधाई ज्ञापन गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।
२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युद्धस्तरमा काम गरेर मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने देशको प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस समारोहमा महामन्त्री थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको टिप्पणी पनि गरे । 'प्रधानमन्त्रीको कुर्सी अहिले पहिलाभन्दा पनि कमजोर बनेको छ । बन्नुभन्दा पहिल्यै हल्लिएको छ,' उनले भने, 'कतिखेर म यहाँबाट धकेलिने र लड्ने हो भन्ने डरले प्रधानमन्त्रीलाई सताएको छ ।' उनले यसपटक अबका निर्वाचनमा कसैले कसैसँग गठबन्धन नगर्ने गरी सिकाइ भएको बताएका छन् । ‘हामीले नेपालमा थुप्रै खालका अनुभवहरु बटुलेका छौँ । यसपटकको अनुभवले…
२७ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्। सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन कुनैपनि हालतमा हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने बताएका हुन्। ‘आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘पुनर्गठन त हुन्छ नै । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु। तपाईं लाखौं जनसमुदायको अगाडि मैले यो…
काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । विवाहदर्ता पछि समलिंगी जोडी रामबहादुर गुरुङले सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । यो घटना आगामी दिनका लागि कोशेढुङ्गा…
