Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अर्थ

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
Read More
आरोग्यताको लागि स्व-जागरण कार्यक्रमका झलकहरू

आरोग्यताको लागि स्व-जागरण कार्यक्रमका झलकहरू

दैनिक जिवनमा आइपर्ने तनावलाइ न्यूनीकरण गर्दै खुसी, उत्साह र उमङ्गले भरिएको जीवनको लगि जीवन विज्ञान परिपद्, दोलखाद्वारा आयोजना गरिएको "आरोग्यताको लागि स्व-जागरण कार्यक्रम" का झलक https://www.youtube.com/watch?v=0mDylW0-dRU
Read More
कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो । प्रधानमन्त्री ओली अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले…
Read More
सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो

सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो

-काठमाण्डौ समाचारदाता २५ कात्तिक, दोलखा ।  सनेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ५०० घटाएर १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।
Read More
शेयर बजार २५.८८ अंकले बढ्यो, कारोबार रकम घट्यो

शेयर बजार २५.८८ अंकले बढ्यो, कारोबार रकम घट्यो

६ कात्तिक, दोलखा । आइतबार र सोमबार घटेको शेयर बजार आज २५.८८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से बढेसँगै २६६५ मा कायम भएको छ । ११९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा आज घटेको छ । अघिल्लो दिन ५ अर्ब ९० करोड कारोबार भएकोमा यस दिन ४ अर्ब १७ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र…
Read More
कारोबार बढेसँगै शेयर बजार २७४२ अंकमा

कारोबार बढेसँगै शेयर बजार २७४२ अंकमा

३० असोज २०८१, दोलखा । बुधबार सेयर बजारको परिसूचक नेप्से ४३.२२ अंक (१.६० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो । आजका दिन सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो भने साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् । कुल…
Read More
२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२५ चैत्र, काठमाडौं - सरकारले २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्हवान गरेको हो । जसअनुसार ८ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि कार्यालयले आइतबार (चैत २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार (चैत २७ मा) ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । पछिल्लो पटकको बोलकबोलमा ३.०१ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा…
Read More
बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन

१८ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्। ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस्,’ उनले भने। प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने…
Read More
आगामी आर्थिक वर्षको बजेट मस्यौदा लेखन समिति गठन

आगामी आर्थिक वर्षको बजेट मस्यौदा लेखन समिति गठन

१६ चैत्र, काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । पुनले शुक्रबार आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् । गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजस्व कार्यलयमा उपमहानिर्देशक छन् ।
Read More
छानबिन समितिले भन्यो : एनसेल सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन

छानबिन समितिले भन्यो : एनसेल सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन

१५ माघ, काठमाण्डौं - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। ‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search