लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको वर्षाले दोलखा जिल्लाका किसानमा नयाँ उत्साह थपिएको छ। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा चिन्तित बनेका किसानहरू अहिले भने खेतबारीमा व्यस्त देखिएका छन्। वर्षासँगै खेतमा पर्याप्त पानी जम्न थालेपछि जिल्लाभर धान रोपाइँको चटारो बढेको हो। भीमेश्वर, मेलुङ, गौरीशंकर, शैलुङ, वैतेश्वर, तामाकोशी, जिरी, कालिञ्चोक, बिगु तथा अन्य स्थानीय तहका अधिकांश गाउँमा किसान बिहानदेखि साँझसम्म खेतमै व्यस्त छन्। परिवारका सदस्यसँगै छिमेकीहरू एकअर्कालाई सघाउँदै परम्परागत रूपमा धान रोपाइँ गरिरहेका दृश्य गाउँघरमा फेरि देखिन थालेका छन्। किसानहरूका अनुसार समयमै परेको वर्षाले रोपाइँका लागि अनुकूल वातावरण बनेको छ।…
असारको चटारो: दोलखाको बेसीफाँटमा धमाधम धान रोपाइँ, ढिलो वर्षाले काम प्रभावित। – महेन्द्र श्रेष्ठ दोलखा, असार २३ – दोलखाका बेसीफाँट क्षेत्रमा यतिबेला असारको चटारोसँगै धान रोपाइँ तीव्र रूपमा भइरहेको छ। बिहानदेखि साँझसम्म किसानहरू हिलोमा पस्दै रोपाइँमा व्यस्त देखिएका छन्। खेत–खेतमा रोपाइँको चहलपहल बढेसँगै ग्रामीण बस्तीमा असारे खेतीको रौनक फर्किएको छ। यस वर्ष मनसुन तथा आकाशे वर्षा ढिलो सुरु भएकाले धान रोपाइँको काम अपेक्षाभन्दा केही पछि धकेलिएको किसानहरू बताउँछन्। सुरुका दिनमा पर्याप्त पानीको अभाव हुँदा धेरै खेतमा रोपाइँ गर्न कठिनाइ भएको थियो। पछिल्ला दिनमा निरन्तर वर्षा हुन थालेपछि अहिले अधिकांश बेसीफाँट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ भने बाँकी खेतमा पनि किसानहरूले…
सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण महेन्द्र श्रेष्ठ शंख ध्वनि अनलाइन दोलखा, असार १२। दोलखाको ऐतिहासिक तथा प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा भक्तजनहरूको सहज व्यवस्थापनका लागि नेपाली सेनाले रेलिङ निर्माण गरेको छ। नेपाली सेनाको गरुडदल गण, चरिकोटद्वारा निर्माण गरिएको उक्त रेलिङ शुक्रबार आयोजित एक समारोहबीच मध्यपूर्व पृतनाका पृतनापति उपरथी भुवन खत्रीले भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उपरथी खत्रीले नागरिक–सैनिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले देशका विभिन्न स्थानमा सामुदायिक आवश्यकताको पहिचान गरी जनहितका कार्यहरू सञ्चालन गर्दै आएको बताए। उनले शीघ्र प्रभावी योजनामार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सामुदायिक…
दोलखा जिल्लाको सदरमुकाम दोलखा बजारमा जन्मिएका इन्जिनियर श्यामचन्द्र श्रेष्ठ एक कुशल प्राविधिक, युवा समाजसेवी तथा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्। सरल स्वभाव, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वका कारण उहाँले छोटो समयमै दोलखावासीको मन जित्न सफल हुनुभएको छ। पेसाले वरिष्ठ इन्जिनियर रहेका श्रेष्ठले देशको पूर्वाधार विकास, निर्माण तथा प्राविधिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ। इन्जिनियरिङ क्षेत्रमा काम गर्दै उहाँले विभिन्न विकास निर्माणका योजना तथा परियोजनाहरूमा आफ्नो दक्षता प्रस्तुत गर्नुभएको छ। उहाँको काम गर्ने शैली पारदर्शी, जिम्मेवार र परिणाममुखी रहेको सहकर्मीहरू बताउँछन्। इन्जिनियरिङ पेशासँगै उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ। दोलखाका युवालाई संगठित गर्ने, सामाजिक जागरणका कार्यक्रम…
सिठी नखतका अवसरमा सिंहबनभरी देउर देवताको विशेष पूजा, कृषि कार्यको शुभारम्भ । दोलखा, असार ५ । नेपाली समाजमा परम्परादेखि मनाइँदै आएको सिठी नखत पर्वका अवसरमा आज भीमेश्वर नगरपालिका–२, अभयपुर स्थित सिंहबनभरी देउर देवताको विशेष पूजा तथा आराधना श्रद्धापूर्वक सम्पन्न गरिएको छ। परापूर्वकालदेखि चलिआएको यस धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार स्थानीयवासीहरूले गाउँको सुख, शान्ति, समृद्धि, समयमै वर्षा तथा उर्बर खेतीपातीको कामना गर्दै देवताको पूजा–अर्चना गरी आशीर्वाद माग्ने गरेका छन्। स्थानीय जनविश्वासअनुसार सिंहबनभरी देउर देवता गाउँका रक्षक, प्राकृतिक विपत्तिबाट संरक्षण गर्ने तथा कृषि उत्पादनमा समृद्धि प्रदान गर्ने शक्तिका रूपमा पूजिने गरिन्छ। यही विश्वासका आधारमा प्रत्येक वर्ष सिठी नखतका दिन विशेष पूजा सम्पन्न गरेपछि…
शंखध्वनि अनलाइन दोलखा । ३२ वर्षअघि दोलखा बजारबाट चोरी भएका मल्लकालीन आकाश भैरवका दुई ऐतिहासिक तथा बहुमूल्य मुकुट अमेरिकाबाट कूटनीतिक तथा कानुनी प्रक्रियामार्फत स्वदेश फर्काइएका छन्। लामो समयदेखि हराएका यी अमूल्य सांस्कृतिक सम्पदा नेपाल फर्किएसँगै दोलखाबासीमा खुसीको लहर छाएको छ। दोलखालीहरूको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा ऐतिहासिक महत्वसँग जोडिएका यी मुकुट विसं २०५१ सालतिर चोरी भई विदेश पुगेका थिए। दशकौँको खोजी, अनुसन्धान तथा विभिन्न निकायको पहलपछि मुकुटहरू पुनः नेपाल ल्याउन सफलता प्राप्त भएको हो। स्वदेश फर्काइएका मुकुटहरूलाई सम्बन्धित निकायको समन्वयमा सुरक्षित रूपमा संरक्षण गरिएको छ भने दोलखालीहरूले आफ्ना पुर्खाको सम्पदा पुनः प्राप्त हुनु गौरवको विषय भएको बताएका छन्। वर्षौंअघि आफ्नो…
भीमेश्वर–२ मा धान रोपाइँ सुरु, हिलोमा रमाउँदै किसान र युवापुस्ता महेन्द्र श्रेष्ठ शंखध्वनि अनलाइन दोलखा । असार २ गतेसँगै दोलखाको भीमेश्वर नगरपालिका–२ मा यस वर्षको धान रोपाइँ सुरु भएको छ। खेतका गरामा किसान, युवा तथा स्थानीयवासी हिलोमा रमाउँदै धान रोपाइँमा जुटेका छन्। रोपाइँका क्रममा हिलोमा खेल्दै, साथीभाइसँग रमाउँदै, गीत गाउँदै र हाँस्दै स्थानीयहरूले असारे खेतीको परम्परागत उत्सवको आनन्द लिएका छन्। असार महिना नेपाली कृषकका लागि विशेष महत्व बोकेको समय भएकाले गाउँभरि उत्साहपूर्ण वातावरण देखिएको छ। स्थानीय किसानहरूका अनुसार समयमै वर्षा भएकाले यस वर्षको रोपाइँ कार्य सहज रूपमा अघि बढिरहेको छ। धान खेती ग्रामीण अर्थतन्त्रको मुख्य आधार भएकाले किसानहरू बिहानदेखि साँझसम्म…
अभयपुर बजार क्षेत्रमा सरसफाइ अभियान, भीम माध्यमिक विद्यालयका विद्यार्थीको सक्रिय सहभागिता। दोलखा / सडक डिभिजन कार्यालयको आयोजनामा अभयपुर बजार क्षेत्रमा वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाकै दोस्रो ठूलो शैक्षिक संस्था भीम माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। “दोलखा हाम्रो रहर, स्वच्छ, सफा र सुन्दर शहर” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। विद्यार्थीहरूले बजार क्षेत्र, सडक किनारा तथा सार्वजनिक स्थलमा छरिएका फोहोर संकलन गर्दै सरसफाइप्रति जनचेतना फैलाउने कार्य गरेका थिए। कार्यक्रममार्फत वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा नागरिक जिम्मेवारीबारे सकारात्मक सन्देश प्रवाह भएको आयोजकले जनाएको छ। यस्ता अभियानले बजार क्षेत्रलाई सफा…
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, जेठ २० नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको आयोजनामा सञ्चारकर्मीहरूका लागि जिल्लास्तरीय वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेक्मी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख रेक्मीले दोलखा जिल्लाको वन क्षेत्र, जैविक विविधता, वन संरक्षण, कार्यालयका गतिविधि तथा आगामी योजनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। उहाँका अनुसार दोलखा जिल्लाको कुल २ लाख १४ हजार ८७० हेक्टर क्षेत्रफलमध्ये ४६ दशमलव ९२ प्रतिशत भूभाग वन क्षेत्रले…
दोलखा— ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भीमेश्वर मन्दिर परिसरको संरक्षण, व्यवस्थापन र दीर्घकालीन समग्र विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रदेश सरकारको महत्वाकांक्षी “शिव सर्किट परियोजना” अन्तर्गत सञ्चालन हुन लागेको बहुवर्षीय कार्यक्रमको सन्दर्भमा बिहीबार सम्पन्न सरोकारवालाहरूको बैठकले यस दिशामा महत्वपूर्ण निर्णयहरू गरेको हो। भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त बैठकमा मन्दिर परिसरको वर्तमान अवस्था, यसको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व, र दीर्घकालीन विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले मन्दिर क्षेत्रको व्यवस्थित संरक्षणसँगै आधुनिक आवश्यकताअनुसार पूर्वाधार विकास, सौन्दर्यीकरण तथा पर्यटकमैत्री वातावरण निर्माण अपरिहार्य भएकोमा जोड दिएका थिए। (more…)
