Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पत्रपत्रिका

वैतेश्वर गाउँपालिकाको निर्देशन: सामुदायिक विद्यालयहरु वैशाख ९ गते देखि नियमित कक्षा सञ्चालनमा ल्याउनुपर्ने

वैतेश्वर गाउँपालिकाको निर्देशन: सामुदायिक विद्यालयहरु वैशाख ९ गते देखि नियमित कक्षा सञ्चालनमा ल्याउनुपर्ने

दोलखा, वैशाख ८, २०८२ – वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भोलिदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै  शिक्षकहरुलाई आ-आफ्ना विद्यालय फर्केर पठनपाठन सुरु गर्न आग्रह गरेको हो। गाउँपालिकाका अध्यक्ष छवि लामाले बालबालिकाको पढ्न पाउने मौलिक हकलाई प्राथमिकतामा राख्दै तत्काल शिक्षण कार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष लामाका अनुसार, चैत २० गतेदेखि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर बालबालिकाको मनोवैज्ञानिक अवस्थामाथि परेको छ। "शिक्षा बालबालिकाको अधिकार हो। त्यो अधिकार सुनिश्चित गर्न हामीले यथाशीघ्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं," अध्यक्ष लामाले भन्नुभयो। यसैबीच, काठमाडौंमा जारी…
Read More
अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो । ऐतिहासिक महत्त्व र धार्मिक विश्वास यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार "यज्ञकुमार प्रधान" का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास…
Read More
“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन। यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ। परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, "हामी यस घटनामा संलग्न पक्षको पहिचान…
Read More
दोलखाका उच्च भुभागमा हिमपात

दोलखाका उच्च भुभागमा हिमपात

१७ फागुन २०८१, दोलखा । दोलखाका उच्च भुभागमा हिमपात दाेलखाकाे भिबीन क्षेत्रमा। हिमाली जिल्ला दोलखाका माथिल्ला क्षेत्रहरुमा पहिलोपटक बर्षासँगै हिमपात सुरु भएको छ ।‌ कालिञ्चोक, शैलुङ, चेर्दूङ, खरिढुँगा लगायतका क्षेत्रमा शनिबार अपरान्हदेखि हिमपात सुरु भएको हो । माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन्। यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ।‌ हिमपात भएपछि चिसो त…
Read More

दोलखा लामाबगरको यात्रा

११ फागुन २०८१, दोलखा । लामाबगर यात्रा ५ बर्ष अघि तिहारको गोवद्र्धनको पूजाको दिनमा पारिवारीक घुमघामको सन्दर्भमा लामाबगर पुगेको थिएँ । त्यो भन्दा अघि २०६७ साल तिर गौरीशंकर संरक्षण क्षेत्रले सामुदायिक अधिकार हनन् गर्दछ भन्ने अभियान सञ्चालनकालागि लामावगरसम्म पुग्ने मौका मिलेको थिएँ तर छ्योतछ्योत भन्दा अगाडी पुग्न सकिएको थिएन । यात्राको मेसो नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दोलखा आउँदै हुनुहुन्थ्यो । दिन थियो, फागुन ४ गते । विहान ८ वजे देखि नेकपा एमाले भीमेश्वर नगर कमिटीले माथिल्लो कमिटीका नेताहरुसँग समन्वय वैठकको आयोजना गरेको थियो । अबको ध्यान वडा केन्द्रीत अभियान (जरा अभियान)लाई प्रभावकारी वनाउन माथिल्लो कमिटीका…
Read More
मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट

मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट

-महेन्द्र श्रेष्ठ ०७ फागुन २०८१, दोलखा । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ ।    यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत…
Read More
हलेसी बजारमा आगलागी नियन्त्रण गर्न कठिनाइ

हलेसी बजारमा आगलागी नियन्त्रण गर्न कठिनाइ

-काठमाण्डौ समाचारदाता ४ फागुन २०८१ (१६ फेब्रुअरी २०२५)। खोटाङ्ग हलेसीमा आज ठूलो आगलागी भएको छ। स्थानीय पदम राईको ग्यास पसलमा आगो लागेको हो, जहाँ खाना पकाउने ग्याससहित थुप्रै ग्यास सिलिण्डर राखिएका थिए। आगो लागेको समय सिलिन्डरहरूको विस्फोट हुन थाल्यो, जसका कारण आगो अझै बढिरहेको छ। स्थानीयका अनुसार केही सिलिन्डरहरू अहिले पनि पड्किन थालेका छन्। पसलमा हार्डवेयरका सामानहरू पनि थुपारिएका थिए, र ती सामानहरू पनि आगोले नष्ट गरेको छ। पानी अभावका कारण आगो नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको छ। आगोका लप्टाहरू फैलिने र बजारका अन्य घरमा पनि पुग्ने खतरा छ, जसले स्थानिय बासिन्दा र व्यवसायीहरूमा ठूलो चिन्ता उत्पन्न गरेको छ। स्थानीयवासीहरूले…
Read More
स्वस्थानी कथा वाचनको अन्तिम दिन  प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न

स्वस्थानी कथा वाचनको अन्तिम दिन  प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न

सहस्रधारा यात्राका झलकः https://www.youtube.com/watch?v=puryH51MlgM ३० माघ २०८१, दोलखा । स्वस्थानी कथा वाचनको अन्तिम दिन, अर्थात माघ शुक्ल पूर्णिमाको दिन प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न भएको छ । आजको दिन पवित्र स्थान वाराणसीमा सयौं भक्तजनहरूको ठूलो मेला लाग्छ । यो दिनको विशेषता भनेको **“माघ हले”**को साँङ्गे र स्वस्थानी ब्रतकथाको समापन पनि हो । भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि रहेको काँलरवन जङ्गलको तल्लो भाग वाराणसीमा भेला हुने गर्छन् । स्वस्थानी कथा वाचन अनुसार, सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुगेका थिए, र उनको शिर तल खसेर विश्वेश्वर महादेव उत्पन्न भएको थियो । यसलाई समर्पण गर्दै, वाराणसीबाट सहस्रधारा यात्रा आयोजना हुन्छ र भीमेश्वर मन्दिरको…
Read More
दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

२९ माघ २०८१, दोलखा – दोलखाको बैतेश्वर गाउँपालिकामा सोमबार एक महिलामाथि खुकुरीले आक्रमण गर्ने प्रयास भएको छ। पारिवारिक अंशबण्डा सम्बन्धी विवादका कारण स्थानीय शिक्षिका उषा तामाङमाथि यो हमला गरिएको हो। उषा तामाङ, जो बैतेश्वर माध्यमिक विद्यालयमा शिक्षिका कार्यरत छिन्, सोमबार विद्यालय नजिकै खुकुरी प्रहारको शिकार हुन लागेको खवर प्राप्त भएको छ। स्थानीयले समयमै हस्तक्षेप गरेर उनको ज्यान बचाएका थिए। पक्राउ पर्ने व्यक्तिको नाम सुन्दर अधिकारी रहेको जानकारी प्राप्त भएको छ। उनी भीमेश्वर नगरपालिका-५ का स्थायी निवासी हुन् र तामाङका आफन्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीका अनुसार “खुकुरी आक्रमणको बारेमा प्रहरीमा उजुरी दर्ता भएको छ र आरोपीलाइ…
Read More
डोल्पा यात्रा संस्मरण

डोल्पा यात्रा संस्मरण

नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबै ठुलो कुन हो ? हाजिरजवाफमा सामाना गरिराखेको प्रश्न हो । त्यो विशाल जिल्ला पुग्न पाएत भन्ने लागेको थियो । नभन्दै २०६३ सालमा त्यो अवसर पनि मिल्यो ।असार महिना थियो । नेपालको राजधानीबाट हवाइजहाजबाट नेपालगंज पुग्यें । एक रात त्यही वास वसें । भोलिपल्ट हंशवहादुर शाहीले समन्वय गरी व्यवस्था गरेको अर्को हवाइजहाज चढि डोल्पाको जुफालमा रहेको विमानस्थलमा झरेको थिएँ ।ठुलो जिल्ला, ठिन्लेको जिल्ला, शेफोक्सुन्डो ताल भएको जिल्ला, सशस्त्र युद्दमा सवैभन्दा पहिला ध्वस्त भएको सदरमुकाम रहेको जिल्ला,  यार्शागुम्बा धेर पाउने जिल्लाको उपमा पाएको डोल्पा पुग्न संभवत सवैको रहर हुन सक्छ । डरलाग्दो विमानस्थल जुफाल…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search