असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभएको छ। जिल्ला निर्वाचन कार्यालय दोलखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी श्रेष्ठले मतदाता नामावलीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी असोज महिनाको अन्तिमसम्म नामावली प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता नामावलीमा समावेश भएका नागरिकको विवरणलाई अद्यावधिक तथा यकिन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। नाम, थर, ठेगाना, उमेरलगायत विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित प्रक्रिया पूरा गरी सच्याउन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो। निर्वाचन अधिकारी श्रेष्ठले…
अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी महेन्द्र श्रेष्ठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी गतिविधि सञ्चालन गरिने भएको हो। नागरिकलाई स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै काठमाडौँलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। यसका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामूलक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट पारित…
दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता दोलखा, चरीकोट। डिभिजन वन कार्यालय दोलखाको आयोजनामा दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) का बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सडक सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत अनिल कुमार रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा गौरीशंकर संरक्षण आयोजनाका प्रमुख सन्तोष शेरचन, वन अधिकृत विष्णुबहादुर केसी, भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व डिभिजनल वन अधिकृत सुरेन्द्र श्रेष्ठ, समाजसेवी ज्ञानेन्द्र…
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ दोलखा/ नेपाली भाषा, साहित्य तथा गजल विधामा दशकौँदेखि निरन्तर सिर्जनशील साधनामा समर्पित अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष साहित्यिक समारोहमा उहाँलाई नगद ११ हजार १११ रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित उक्त पुरस्कार प्रदान गरिएको हो। दोलखा संस्कृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, शिक्षाविद्, बुद्धिजीवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्दै अग्रज…
दोलखा धामका आराध्य देव श्री भीमेश्वरनाथप्रति समर्पित भक्तिमय आरती ॐ जय भीमेश्वर ठाकुर ॐ जय भीमेश्वर ठाकुर, स्वामी जय भीमेश्वर ठाकुर। दोलखा धाम विराजित, भक्तजनका रखवार।। ॐ जय भीमेश्वर ठाकुर।। जो जन शरणमा आउँछ, दुःख सबै हरिन्छ। मनको अन्धकार हटेर, जीवन उज्यालिन्छ।। ॐ जय भीमेश्वर ठाकुर।। घण्टी शंख बजाउँछौँ, दीप आरती बाल्छौँ। फूल, अक्षता, चन्दन चढाई, चरणमा शिर झुकाउँछौँ।। ॐ जय भीमेश्वर ठाकुर।। दोलखाका ईष्टदेव तिमी, सबका नाथ दयालु। भक्तको पुकार सुन्ने, करुणामय कृपालु।। ॐ जय भीमेश्वर ठाकुर।। संकट पर्दा सम्झन्छौँ, तिम्रै पावन नाउँ। भीमेश्वरको कृपा हुँदा, पूरा हुन्छ काम।। ॐ जय भीमेश्वर ठाकुर।। रोग शोक हटाइदेऊ, शान्ति सुख भरिदेऊ।…
हिमाल, संस्कृति र हाब्रे: रेड पाण्डाको महत्त्वपूर्ण जिल्ला दोलखा लेखक: डा. अनिता श्रेष्ठ Post Doctorate (पोष्ट–डक्टोरेट अध्ययन): रेड पाण्डा संरक्षण १. परिचय रेड पाण्डा, जसलाई नेपालीमा हाब्रे पनि भनिन्छ, नेपालको उच्च पहाडी तथा हिमाली वन क्षेत्रमा पाइने दुर्लभ र लोपोन्मुख वन्यजन्तु हो। यो प्रायः चिसो, ओसिलो, शान्त र बाँस–निगालो भएको वन क्षेत्रमा बस्न रुचाउँछ। रेड पाण्डा वनको स्वास्थ्य र हिमाली पारिस्थितिक प्रणालीको सन्तुलन देखाउने महत्त्वपूर्ण सूचक प्रजाति पनि हो। यसको संरक्षण गर्नु भनेको केवल एउटा वन्यजन्तु जोगाउनु मात्र होइन, वन, पानीका मुहान, बाँस–निगालो, चराचुरुङ्गी, वनस्पति र स्थानीय वातावरण जोगाउनु पनि हो। दोलखा हिमाल, संस्कृति, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको…
दोलखा जिल्लाको सदरमुकाम दोलखा बजारमा जन्मिएका इन्जिनियर श्यामचन्द्र श्रेष्ठ एक कुशल प्राविधिक, युवा समाजसेवी तथा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्। सरल स्वभाव, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वका कारण उहाँले छोटो समयमै दोलखावासीको मन जित्न सफल हुनुभएको छ। पेसाले वरिष्ठ इन्जिनियर रहेका श्रेष्ठले देशको पूर्वाधार विकास, निर्माण तथा प्राविधिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ। इन्जिनियरिङ क्षेत्रमा काम गर्दै उहाँले विभिन्न विकास निर्माणका योजना तथा परियोजनाहरूमा आफ्नो दक्षता प्रस्तुत गर्नुभएको छ। उहाँको काम गर्ने शैली पारदर्शी, जिम्मेवार र परिणाममुखी रहेको सहकर्मीहरू बताउँछन्। इन्जिनियरिङ पेशासँगै उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ। दोलखाका युवालाई संगठित गर्ने, सामाजिक जागरणका कार्यक्रम…
पाखलती जीवन विज्ञानद्वारा आयोजना, योग र ध्यानमार्फत स्वस्थ जीवनशैलीको सन्देश दोलखा, असार ९ – भीमेश्वर नगरपालिका–२, पाखलतीस्थित आरोग्य जोड नागरिक सेवा केन्द्रमा पाखलती जीवन विज्ञानको आयोजनामा ७ दिने ज्येष्ठ नागरिक शिविर सुरु भएको छ। ज्येष्ठ नागरिकको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो। जीवन विज्ञानको अवधारणाअनुसार सञ्चालन भइरहेको शिविरमा योग, ध्यान, प्राणायाम तथा सकारात्मक जीवनशैलीसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाकी कोषाध्यक्ष बिना श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार नियमित योग र ध्यानले ज्येष्ठ नागरिकको स्वास्थ्य सुदृढ बनाउन तथा मानसिक शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। शिविरमा प्रशिक्षक बिनु श्रेष्ठ, सपना श्रेष्ठ…
मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणमा जिम्मेवारीबारे सञ्चारकर्मीलाई अभिमुखीकरण महेन्द्र श्रेष्ठ दोलखा, असार ३ । जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्य र समन्वयमा सञ्चारकर्मीहरूका लागि ‘आत्महत्या तथा मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवार समाचार सम्प्रेषण’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई समाचारका माध्यमबाट प्रस्तुत गर्दा अपनाउनुपर्ने संवेदनशीलता, नैतिकता र सामाजिक जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा जनस्वास्थ्य कार्यालय दोलखाका…
३० वर्षपछि दोलखाको आकाश भैरव मूर्ति स्वदेश फिर्ता, असार ४ गते दोलखा ल्याइने। दाेलखा/ दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको नक्छे प्रधान खलकको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति करिब ३० वर्षपछि स्वदेश फिर्ता भएको छ। लामो समयअघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा विभिन्न निकाय र सम्पदा संरक्षणकर्मीहरूको निरन्तर प्रयासपछि नेपाल फर्किएको हो। अब उक्त मूर्तिलाई असार ४ गते विशेष कार्यक्रमका साथ दोलखा ल्याइने तयारी गरिएको छ। नक्छे प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती यज्ञकुमार प्रधानको नेतृत्वमा प्रतिनिधिमण्डलले राष्ट्रिय संग्रहालय, छाउनीसँग समन्वय गरी मूर्ति दोलखा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया…
