Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रमुख समाचार

मेलुङको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीमा अनियमितता : अध्यक्षसहित चार जनालाई कारबाही, ६–६ महिना कैद र ३२ लाख बढी बिगो माग

मेलुङको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीमा अनियमितता : अध्यक्षसहित चार जनालाई कारबाही, ६–६ महिना कैद र ३२ लाख बढी बिगो माग

 २०८२ वैशाख ०९, दोलखा -  दोलखा जिल्लाको मेलुङस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत दोलखाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र एक कर्मचारीलाई दोषी ठहर गरेको छ। अदालतले संस्थाका अध्यक्ष छत्रराज उप्रेती, कोषाध्यक्ष हेमराज उप्रेती, व्यवस्थापक महेन्द्र भुजेल, र कर्मचारी रामशरण कार्कीलाई छ–छ महिनाको कैद सजाय सुनाएको छ। साथै उनीहरूमाथि ३२ लाख ७० हजार २ सय ७६ रुपैयाँ ७५ पैसा बराबरको बिगो तिर्न आदेश दिएको हो। अदालतले दिएको फैसलामा भनिएको छ, "आरोपितहरूले संस्थाको आर्थिक स्रोतको दुरुपयोग गर्दै आपसी मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरेको प्रमाणित भएको छ। लेखा परीक्षण तथा…
Read More
वैतेश्वर गाउँपालिकाको निर्देशन: सामुदायिक विद्यालयहरु वैशाख ९ गते देखि नियमित कक्षा सञ्चालनमा ल्याउनुपर्ने

वैतेश्वर गाउँपालिकाको निर्देशन: सामुदायिक विद्यालयहरु वैशाख ९ गते देखि नियमित कक्षा सञ्चालनमा ल्याउनुपर्ने

दोलखा, वैशाख ८, २०८२ – वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भोलिदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै  शिक्षकहरुलाई आ-आफ्ना विद्यालय फर्केर पठनपाठन सुरु गर्न आग्रह गरेको हो। गाउँपालिकाका अध्यक्ष छवि लामाले बालबालिकाको पढ्न पाउने मौलिक हकलाई प्राथमिकतामा राख्दै तत्काल शिक्षण कार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष लामाका अनुसार, चैत २० गतेदेखि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर बालबालिकाको मनोवैज्ञानिक अवस्थामाथि परेको छ। "शिक्षा बालबालिकाको अधिकार हो। त्यो अधिकार सुनिश्चित गर्न हामीले यथाशीघ्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं," अध्यक्ष लामाले भन्नुभयो। यसैबीच, काठमाडौंमा जारी…
Read More
अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो । ऐतिहासिक महत्त्व र धार्मिक विश्वास यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार "यज्ञकुमार प्रधान" का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास…
Read More
दोलखामा मच्छिन्द्रनाथको रथ यात्रा सुरु 

दोलखामा मच्छिन्द्रनाथको रथ यात्रा सुरु 

वैशाख ०२, २०८२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने  अभयपुर सहर दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै  छ । गत चैत ३० गते सुरु भएको यो जात्रा  अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ।  करिब छ  सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु  हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा  कुन कुन टाेलमा पुग्छ ता ? समाजसेबी श्रणकुमार प्रधानकाे  अनुसार यस पटक बैशाख २  गते रथ नक्छेबाट श्यामसन्दुर…
Read More
“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाण्डौ ।  सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा डोम समुदायका व्यक्तिहरूलाई उठिवास गरिएका छन् भन्ने आरोप नेपाली कांग्रेसका सांसद जीवन परियारले लगाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै परियारले उक्त घटनामा सिरहा र जनमत पार्टीका नेताहरूको संलग्नता रहेको दाबी गरे। उनले, "औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम गरेका छन्। यस घटनाको घोर भर्त्सना गर्दछु," भने। परियारका अनुसार, मधेस प्रदेश सरकारले पाँच वर्षअघि डोम समुदायका लागि दुई कोठे घर निर्माण गरिदिएको थियो, तर ती घरहरू भत्काइएर सो…
Read More
“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन। यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ। परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, "हामी यस घटनामा संलग्न पक्षको पहिचान…
Read More
दोलखाका उच्च भुभागमा हिमपात

दोलखाका उच्च भुभागमा हिमपात

१७ फागुन २०८१, दोलखा । दोलखाका उच्च भुभागमा हिमपात दाेलखाकाे भिबीन क्षेत्रमा। हिमाली जिल्ला दोलखाका माथिल्ला क्षेत्रहरुमा पहिलोपटक बर्षासँगै हिमपात सुरु भएको छ ।‌ कालिञ्चोक, शैलुङ, चेर्दूङ, खरिढुँगा लगायतका क्षेत्रमा शनिबार अपरान्हदेखि हिमपात सुरु भएको हो । माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन्। यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुखबुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ।‌ हिमपात भएपछि चिसो त…
Read More
सिन्धुपाल्चोकमा ६.१ रेक्टरको भूकम्पः भाग्ने क्रममा लडेर कैदीको हात भाँचियो

सिन्धुपाल्चोकमा ६.१ रेक्टरको भूकम्पः भाग्ने क्रममा लडेर कैदीको हात भाँचियो

१६ फागुन २०८१, दोलखा ।  भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षतिका विवरण प्राप्त भएको छ । भूकम्प आएपछि आत्तिएर भाग्ने क्रममा लडेर जिल्ला कारागारका एक कैदी घाइते भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले शंख ध्वनी मिडियालाइ जानकारी दिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै भूकम्पले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमाडौंलगायत बागमती कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस…
Read More
दोलखामा एमालेको तीन महिने जरा केन्द्रित अभियान

दोलखामा एमालेको तीन महिने जरा केन्द्रित अभियान

-महेन्द्र श्रेष्ठ ०९ फागुन २०८१, दोलखा । नेकपा एमाले, जिल्ला कमिटी दोलखाले टोल र जनताका घरसम्म नेता र कार्यकार्ता परिचालन गर्ने गरी तीन महिने जरा केन्द्रित अभियान संचालन गरिरहेको छ । यस अभियानलाई रचनात्मक,प्रभावकारी र परिमाणमुखि बनाउने उदेश्यकाले २ नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा पालिका कमिटीको अध्यक्ष कमरेडहरु, निर्बाचित मेयर/अध्यक्ष, उप मेयर/ उपाध्यक्षज्युहरु, प्रदेश कमिटीले तोकेका पालीका इन्चार्ज कमरेडहरु, जिल्ला कमिटी सचिवलय रहि पालिका जिम्मेवार प्राप्त कमरेडहरु, जिल्ला कमिटी पदाधिकारी, जिल्ला इन्चार्ज क. पार्बत गुरुङ प्रदेश माननीय भारत के.सी. केन्द्रिय सल्लाहकार परिषद सदस्य डबल पान्डे लगाएत नेता कमरेडहरुको उपस्तिथिमा २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । जिल्ला…
Read More
स्वस्थानी कथा वाचनको अन्तिम दिन  प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न

स्वस्थानी कथा वाचनको अन्तिम दिन  प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न

सहस्रधारा यात्राका झलकः https://www.youtube.com/watch?v=puryH51MlgM ३० माघ २०८१, दोलखा । स्वस्थानी कथा वाचनको अन्तिम दिन, अर्थात माघ शुक्ल पूर्णिमाको दिन प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न भएको छ । आजको दिन पवित्र स्थान वाराणसीमा सयौं भक्तजनहरूको ठूलो मेला लाग्छ । यो दिनको विशेषता भनेको **“माघ हले”**को साँङ्गे र स्वस्थानी ब्रतकथाको समापन पनि हो । भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि रहेको काँलरवन जङ्गलको तल्लो भाग वाराणसीमा भेला हुने गर्छन् । स्वस्थानी कथा वाचन अनुसार, सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुगेका थिए, र उनको शिर तल खसेर विश्वेश्वर महादेव उत्पन्न भएको थियो । यसलाई समर्पण गर्दै, वाराणसीबाट सहस्रधारा यात्रा आयोजना हुन्छ र भीमेश्वर मन्दिरको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search