आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलपत्र अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालनको विषय निकै चर्चामा थियो । राजनीतिक भेटघाटदेखि स्थानीय तहसम्म “यसपटक उद्योगका लागि ठोस योजना आउँछ” भन्ने अपेक्षा बढाइएको थियो । तर बजेट सार्वजनिक भएपछि भने धेरै दोलखावासी निराश बनेका छन् । वर्षौंदेखि बन्द अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग दोलखाको आर्थिक सम्भावना र रोजगारीसँग जोडिएको महत्वपूर्ण परियोजना मानिन्छ । उद्योग सञ्चालनमा आए स्थानीय युवाले रोजगारी पाउने, व्यापार चलायमान हुने र समग्र जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । तर सार्वजनिक बजेटमा उद्योग सञ्चालनका…
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई दशकअघि नेपाली जनताको बलिदान, संघर्ष र सपनाले ल्याएको गणतन्त्रको उत्सव देशभर मनाइँदैछ । तर १९ औं गणतन्त्र दिवसको अवसरमा मन अनायासै एक वर्षअघि चरिकोटका सडक, चौतारा, कार्यालय र मानिसहरूको अनुहारतर्फ फर्किन्छ । समय त अघि बढ्यो, तर ती दृश्यहरू अझै सम्झनामा ताजै छन् । गत वर्ष चरिकोट गणतन्त्र दिवसको रंगमा रंगिएको थियो । बिहानैदेखि बजार क्षेत्र नेपाली झण्डाले सजिएको थियो । सरकारी कार्यालयदेखि विद्यालयसम्म उत्साह देखिन्थ्यो । कतै राष्ट्रगान बजिरहेको थियो, कतै विद्यार्थीहरूको मार्चपास चलिरहेको थियो ।…
सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन। महेन्द्र श्रेष्ठ दोलखा — सिउडाँडा सामुदायिक वन उपभोक्ता समूहको छैटौँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै वन संरक्षण, वातावरणीय सन्तुलन तथा सामुदायिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा वडा अध्यक्ष स्टालीन श्रेष्ठ, जिल्ला वन महासंघका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा सबैको समान जिम्मेवारी रहने बताएका थिए । वक्ताहरूले पछिल्लो समय वन क्षेत्र संरक्षणसँगै वातावरणीय…
विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित। महेन्द्र श्रेष्ठ / शंखध्वनि अनलाइन दोलखा । सञ्चार क्षेत्रलाई केवल समाचार प्रवाहको माध्यम नभई समाज परिवर्तन, विकास निर्माण र जनचेतनासँग जोडिएको जिम्मेवार क्षेत्रका रूपमा स्थापित गर्न सक्रिय पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको १३औँ साधारणसभा पत्रकार सम्मान र प्रेरणाको वातावरणबीच सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न साधारणसभाको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का दोलखा समाचारदाता कालिका खड्का लाई “विकास पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ले नगद रु १० हजार राशिसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । स्थानीय…
दोलखाका ९ स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु आर्थिक अनुशासन कमजोर, पारदर्शितामाथि प्रश्न ? महेन्द्र श्रेष्ठ दोलखा जिल्लाका ९ वटै स्थानीय तहमा ११ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांकअनुसार स्थानीय तहहरूमा आर्थिक अनुशासन, योजना कार्यान्वयन, खर्च व्यवस्थापन तथा लेखा प्रणालीमा विभिन्न कमजोरी देखिएको हो । प्रतिवेदनअनुसार कानुनी प्रक्रिया पूरा नगरी खर्च गर्ने, आवश्यक कागजात संलग्न नगर्ने, सम्झौताअनुसार काम सम्पन्न नगरी भुक्तानी दिने, खरिद प्रक्रिया पारदर्शी नबनाउने तथा अनुगमन प्रभावकारी रूपमा नगरेका कारण बेरुजु रकम बढ्दै गएको देखिएको छ । स्थानीय तहमा विकास निर्माणका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ बजेट खर्च हुने गरे पनि…
मेहनत र कार्यक्षमताको सम्मान : शिक्षिका रत्नकुमारी जोशी प्रथम श्रेणीमा बढुवा, विद्यालयद्वारा सम्मान महेन्द्र श्रेष्ठ दोलखा विद्यालयकी लगनशील, मेहनती तथा कर्तव्यनिष्ठ शिक्षिका श्री रत्नकुमारी जोशी कार्यक्षमताको आधारमा प्राथमिक तह प्रथम श्रेणीमा बढुवा हुनुभएको अवसरमा विद्यालय परिवारले विशेष सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। लामो समयदेखि शिक्षण पेशामा समर्पित रहँदै आउनुभएकी जोशीले विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा व्यवहारिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको विद्यालयले जनाएको छ। उहाँ विद्यालयमा अनुशासनप्रिय, जिम्मेवार, सिर्जनशील तथा विद्यार्थीमैत्री शिक्षिकाका रूपमा परिचित हुनुहुन्छ। दैनिक पठनपाठनलाई प्रभावकारी बनाउने, विद्यार्थीहरूमा सकारात्मक सोच र आत्मविश्वास विकास गराउने तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा उहाँको भूमिका उल्लेखनीय रहेको बताइएको…
भरोसाको केन्द्र बन्दै दिनेश पाठक प्यानल दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा अनुभवी र सक्रिय टोली मैदानमा महेन्द्र श्रेष्ठ दोलखा, चरिकोट । दोलखा उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि दिनेश पाठक नेतृत्वको प्यानलसहित विभिन्न पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन उप–समितिले दाबी–विरोधमाथिको छलफल तथा निर्णयपछि अन्तिम उम्मेदवार सूची प्रकाशन गरेको जनाएको हो। अध्यक्ष पदमा व्यवसायी दिनेश पाठकले उम्मेदवारी दिएका छन् भने उहाँसँग प्रतिस्पर्धामा सन्तन थापा रहेका छन्। व्यवसायीहरूको हकहित, संस्थागत सुदृढीकरण तथा जिल्लाको व्यापार–व्यवसाय प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाउँदै पाठक नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएको छ। दिनेश पाठक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमल श्रेष्ठ, उपाध्यक्षमा बलराम थापा, महिला उपाध्यक्षमा कल्याणी श्रेष्ठ,…
भिम माध्यमिक विद्यालय मा उत्कृष्ट एसईई नतिजा, दुई विद्यार्थीले ल्याए A+ महेन्द्र श्रेष्ठ दोलखा । अभयपुर शहर, दोलखामा रहेको जिल्लाकै दोस्रो पुरानो शैक्षिक संस्था भिम माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले दुई जना विद्यार्थीलाई A+ ग्रेडसहित समग्रमा ८४.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो। विद्यालयको यस उपलब्धिप्रति शिक्षक, अभिभावक तथा स्थानीय समुदायले खुशी व्यक्त गरेका छन्। गुणस्तरीय शिक्षामा निरन्तर जोड दिँदै आएको विद्यालयले सीमित स्रोत–साधनका बीच पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रधानाध्यापकका अनुसार विद्यार्थीहरूको नियमित अध्ययन, अतिरिक्त कक्षा सञ्चालन, शिक्षकहरूको मेहनत तथा अभिभावकसँगको…
द्वाल्ख भाषाको नाटक “मिसामी” प्रदर्शन, दर्शक भावुक बने। महेन्द्र श्रेष्ठ काठमाडौं । दोलखाको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले द्वाल्ख भाषाको नाटक “मिसामी” काठमाडौंस्थित Rising Mall को सिनेमा हलमा भव्य रूपमा प्रदर्शन गरिएको छ। प्रज्ञा–तुलसी दिवसको अवसर उक्त कार्यक्रममा दोलखा तथा राजधानीका विभिन्न क्षेत्रबाट उल्लेख्य दर्शक सहभागिता रहेको थियो। कार्यक्रममा भाषाविद् प्रा. डा. दानराज रेग्मी, इतिहासकार टेकबहादुर श्रेष्ठ, नेवारी संस्कृतिविद् प्रा. डा. चुन्डा बज्राचार्य, पूर्व उपकुलपति शिलु बज्राचार्य तथा नेवा देय दबूका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो। अतिथिहरूले दोलखाको भाषा र संस्कृतिलाई जोगाइराख्न यस्ता सिर्जनात्मक अभियान आवश्यक रहेको धारणा व्यक्त गरेका…
आशा बोकेर नेतृत्वको यात्रामा अध्यक्षका उम्मेदवार दिनेश पाठक। महेन्द्र श्रेष्ठ दोलखाको/ व्यापारिक क्षेत्र फेरि एकपटक नयाँ मोडमा उभिएको छ । उद्योग, व्यापार र उद्यमको भविष्य कसले सम्हाल्ने भन्ने बहस सुरु भएसँगै अहिले व्यवसायीहरूबीच एउटा नाम निकै चर्चामा छ — दिनेश पाठक । वर्षौंदेखि व्यवसायीहरूको सुख–दुःखमा साथ दिँदै सङ्घको यात्रासँग जोडिनुभएका पाठक अब दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि मैदानमा उत्रिनुभएको छ । उहाँको उम्मेद्वारी केवल पद प्राप्तिको चाहना होइन, निराश बन्दै गएको व्यापारिक क्षेत्रलाई फेरि उठाउने, व्यवसायीहरूमा हराउँदै गएको आत्मविश्वास फर्काउने र बजारमा नयाँ आशा जगाउने प्रयासका रूपमा हेरिएको छ । पछिल्ला केही वर्ष दोलखाको व्यापारिक क्षेत्रले असाध्यै कठिन…
