शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

संस्कृतिविद् भनिएका डा. जगमान गुरूङले भीमेश्वर मन्दिरको बारेमा फैलाएका अफवाहहरूका कारण अधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनलाई केही प्रश्न

संस्कृतिविद् भनिएका डा. जगमान गुरूङले भीमेश्वर मन्दिरको बारेमा फैलाएका अफवाहहरूका कारण अधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनलाई केही प्रश्न

संस्कृतिविद् भनिएका डा. जगमान गुरूङले भीमेश्वर मन्दिरको बारेमा फैलाएका अफवाहहरूका कारण अधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनलाई केही प्रश्न

संस्कृतिविद भनिएका डा.जगमान गुरूङले प्राचिन हशर दाेलखा स्थित भगवान श्री परिसूचक भीमेश्वर मन्दिर प्रति अफवाह फैलाउनु भएकाेमाअधिभक्ता श्याम कृष्ण मास्केद्वारा उनिप्रति केही प्रश्न  १) भगवान श्री भीमसेन (भीमेश्वर) काे मुख्य हतियार खड्रग नभएर गदा हाे ? खड्रग हाे भन्ने प्रमाण तपाईं संग के छ ? २) भगवान श्री भीमसेन (भीमेश्वर) ले नेपाल मण्डल जादा आफ्नाे मुख्य हतियार गदा नवाेकी खड्रग बाेक्नुकाे कारण के थियाे ? ३) भगवान श्री भीमसेन (भीमेश्वर) नेपाल मण्डल दाेलखा (अभयपुर) बाट सिधा बाटाेबाट नगएर लामाे बाटाे दाेलखाकाे शैलुङ्ग हुँदै जानुकाे कारण र गएकाे हाे भन्ने प्रमाण तपाईं सँग के छ ? ४) भगवान श्री भीमसेन (भीमेश्वर)…
Read More
स्वस्थानी कथा वाचनको अन्तिम दिन  प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न

स्वस्थानी कथा वाचनको अन्तिम दिन  प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न

सहस्रधारा यात्राका झलकः https://www.youtube.com/watch?v=puryH51MlgM ३० माघ २०८१, दोलखा । स्वस्थानी कथा वाचनको अन्तिम दिन, अर्थात माघ शुक्ल पूर्णिमाको दिन प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न भएको छ । आजको दिन पवित्र स्थान वाराणसीमा सयौं भक्तजनहरूको ठूलो मेला लाग्छ । यो दिनको विशेषता भनेको **“माघ हले”**को साँङ्गे र स्वस्थानी ब्रतकथाको समापन पनि हो । भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि रहेको काँलरवन जङ्गलको तल्लो भाग वाराणसीमा भेला हुने गर्छन् । स्वस्थानी कथा वाचन अनुसार, सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुगेका थिए, र उनको शिर तल खसेर विश्वेश्वर महादेव उत्पन्न भएको थियो । यसलाई समर्पण गर्दै, वाराणसीबाट सहस्रधारा यात्रा आयोजना हुन्छ र भीमेश्वर मन्दिरको…
Read More
ठमेलमा प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास

ठमेलमा प्रहरी कुटपिट प्रकरणमा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास

-काठमाण्डौ समाचारदाता ३० माघ २०८१, काठमाडौं ।  ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको कुटपिट घटनामा अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास भएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनाएको छ। संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियु सधैं कानुनी राज्यको पक्षमा रहेको र घटनामा संलग्न जो सुकैलाई कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा संगठनको स्पष्ट मत रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा उनले भनेका छन्, “घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्ने कुरा अनेरास्ववियु दृढतापूर्वक मान्दछ।” साथै, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल र प्रायोजित सामग्रीमार्फत अनेरास्ववियुलाई बदनाम गर्ने प्रयास भएकोमा उनले यस्तो गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गरेको पनि बताएका छन्। अनेरास्ववियुले…
Read More
जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

- काठमाण्डौ समाचारदाता ३० माघ २०८१, काठमाण्डौ। जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५६ मिनेटमा (३.८) तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प आएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यो भूकम्प जुम्ला क्षेत्रको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर आएको हो। यसअघि, गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर (४.४) चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा स्थित भएकाले यहाँ भूकम्पको जोखिम उच्च मानिन्छ र पछिल्लो समय भूकम्पको घटनामा वृद्धि देखिएको छ। नेपालको भौगोलिक स्थिति र भूगर्भीय संरचनाका कारण यस देशलाई भूकम्पको जोखिमको क्षेत्र मानिन्छ। यसैले, जनतालाई सुरक्षित रहन र…
Read More
आज स्वस्थानी कथा वाचनको साङ्गेको दिन प्राचीन शहर दोलखामा सहस्रधारा यात्रा

आज स्वस्थानी कथा वाचनको साङ्गेको दिन प्राचीन शहर दोलखामा सहस्रधारा यात्रा

-प्रा.डा. श्याम जोशी ३० माघ २०८१, दोलखा । आज स्वस्थानी कथा वाचनको साङ्गेको दिन प्राचीन शहर दोलखामा सहस्रधारा यात्रा हुँदैछ । दोलखाको सांस्कृतिक सम्पदामा रुची राख्नेहरुका लागि यसको महिमा यहाँ संक्षिप्त रुपमा प्रस्तुत गरेको छुं । स्वस्थानी कथा वाचनको अन्तिम दिन अर्थात माघ शुक्ल पूर्णिमाको दिन स्थानीय भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि ‘काँलरवन’ नामक जङ्गलको तल्लो भागमा अवस्थित दोलखाको पवित्र स्थान मानिने वाराणसीमा भेला हुन्छन । यो दिन एक महिना सम्म बिहान सबेरै गाउने गरेको “ माघ हले “ को साँङ्गेको दिन पनि हो । स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुग्दा टाउको (शिर) तल खसेको थियो…
Read More
दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

दोलखाको वैतेश्वर गा.पा.मा एक महिलामाथि अंशबण्डाको विवादले खुकुरी प्रहार प्रयास

२९ माघ २०८१, दोलखा – दोलखाको बैतेश्वर गाउँपालिकामा सोमबार एक महिलामाथि खुकुरीले आक्रमण गर्ने प्रयास भएको छ। पारिवारिक अंशबण्डा सम्बन्धी विवादका कारण स्थानीय शिक्षिका उषा तामाङमाथि यो हमला गरिएको हो। उषा तामाङ, जो बैतेश्वर माध्यमिक विद्यालयमा शिक्षिका कार्यरत छिन्, सोमबार विद्यालय नजिकै खुकुरी प्रहारको शिकार हुन लागेको खवर प्राप्त भएको छ। स्थानीयले समयमै हस्तक्षेप गरेर उनको ज्यान बचाएका थिए। पक्राउ पर्ने व्यक्तिको नाम सुन्दर अधिकारी रहेको जानकारी प्राप्त भएको छ। उनी भीमेश्वर नगरपालिका-५ का स्थायी निवासी हुन् र तामाङका आफन्त रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीका अनुसार “खुकुरी आक्रमणको बारेमा प्रहरीमा उजुरी दर्ता भएको छ र आरोपीलाइ…
Read More
भीमसेनको महिमा

भीमसेनको महिमा

२५ माघ २०८१, दोलखा । नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो संरक्षक देवताको रूपमा पूजा गर्छन् जसले उनीहरूलाई व्यापारको माध्यमबाट धन प्राप्त गर्न मद्दत पुर्याउँछ। त्यसैले काठमाडौं उपत्यकाका हरेक किनारामा भीमसेनको चित्र वा मूर्तिहरू देख्न सकिन्छ । नेवारहरूको बसोबास रहेको काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि भीमसेनका थुप्रै तीर्थस्थलहरू र सुव्यवस्थित मन्दिरहरू छन्। यहाँ यो ध्यान दिनु जरुरी छ कि भीमसेनको यो महिमा भारतमा अज्ञात छ यद्यपि केही भन्छन् कि भिमसेनलाई मध्य भारतका केही भागहरूमा केही आदिवासी जनजातिहरूले पूजा गर्छन्। भीमसेन सम्प्रदायको पुरातनता स्पष्ट रूपमा नायक पूजासँग सम्बन्धित हुनसक्छ ।…
Read More
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् । सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन् । ‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ । तपाईहरुले पनि देख्नुभयो होला । तपाईहरुले पनि सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि…
Read More
-महेन्द्र श्रेष्ठ ०८ माघ २०८१, दोलखा । नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेका ' वडास्तरीय ३ महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´ अभियानको कार्ययोजनालाई प्रभावकारी ढड्गले परिचालन गर्ने निर्णय गर्दै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवालयको दोस्रो बैठक मिति २०८१ साल माघ ७ गते सम्पन्न भयो । बैठकले नेकपा एमालेले सम्पन्न गरेको मध्यपहाडी लोक मार्ग केन्द्रित समृद्धि यात्राको क्रममा र सर्वदलीय राजनीतिक नेतृत्वबाट सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरिएको मागहरुमध्ये चीन र भारत जोड्ने त्रिदेशीय उत्तर-दक्षिण लोकमार्ग (लामाबगर-भिट्टामोड)लाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेकोमा नेपाल सरकारलाई हार्दिक…
Read More
वामदेवपछि झलनाथ, रामकुमारीलगायतका नेता एमालेमा फर्किने गैरेको खुलासा

वामदेवपछि झलनाथ, रामकुमारीलगायतका नेता एमालेमा फर्किने गैरेको खुलासा

-महेन्द्र श्रेष्ठ ०८ माघ २०८१, दोलखा । वामदेवपछि झलनाथ, रामकुमारीलगायतका नेता एमालेमा फर्किने गैरेको खुलासा, एकीकृत समाजवादी रित्तिने दाबी नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पार्टीमा वामदेव गौतमलाई सम्मानित भूमिका दिइने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामदेवले अब बाँकी जीवन एमालेमा सम्मानित नेताको भूमिकामा रहेर विताउने बताएका हुन् । एमाले निर्माणमा वामदेवको भूमिकाको कदर गर्दै उनलाई सम्मानित भूमिकामा आफूहरुले राख्न चाहेको नेता गैरेले बताए । पार्टीमा वामदेवको सम्पूर्ण क्षमताको प्रयोग हुनेगरी जिम्मेवारी दिइने उनले बताए । ‘वामदेव गौतमको नेकपा (एमाले) को निर्माणमा, मुलुकको परिवर्तनमा निकै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search