Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बागमती प्रदेश

नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस भव्य रूपमा मनाइयो

नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस भव्य रूपमा मनाइयो

नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस भव्य रूपमा मनाइयो दोलखा — नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस देशभर उत्साहका साथ मनाइँदै गर्दा दोलखामा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइएको छ।  जिल्लाका शैलुङ, जिरी, भीमेश्वर लगायतका विभिन्न स्थानीय तहहरूमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा दिवस विशेष कार्यक्रम सम्पन्न भएका हुन्। दिवसको अवसरमा आयोजित मूल समारोहमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी स्थापनाको ऐतिहासिक पृष्ठभूमि, संघर्षका चरणहरू र वर्तमान अवस्थाबारे विस्तृत चर्चा गरिएको थियो। वक्ताहरूले ७७ वर्ष लामो कम्युनिस्ट आन्दोलनले देशमा राजनीतिक परिवर्तन, जनअधिकारको सुनिश्चितता, सामाजिक न्याय र समानताको आधार निर्माणमा खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गरेका थिए। उनीहरूले…
Read More
जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता सिन्धुली “जहाँ दुःख त्यहाँ रेडक्रस” भन्ने मानवीय मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५५ औँ जिल्ला वार्षिक सभा आज कमलामाई नगरपालिका मा भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख उपेन्द्रकुमार पोखरेल को प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न पालिकाका जनप्रतिनिधि, रेडक्रसकर्मी, स्वयंसेवक, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमै वक्ताहरूले रेडक्रसको मानवीय सेवाको महत्व र यसको सामाजिक प्रभावबारे जोड दिएका थिए। प्राकृतिक विपद्, दुर्घटना, स्वास्थ्य आपतकालीन अवस्था तथा सामाजिक संकटका…
Read More
राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभयपुर शहर, दोलखा पुगेर राताे मच्छिन्द्रनाथको दर्शन गर्नु केवल एक औपचारिक भ्रमण मात्र होइन, हाम्रो सांस्कृतिक इतिहाससँग जोडिएको गहिरो आस्था र परम्पराको पुनःस्मरण पनि हो। राताे मच्छिन्द्रनाथ, जसलाई नेवार समुदायमा “बुङ्गदेव” भनेर पनि चिनिन्छ, वर्षा, सहकाल र समृद्धिका देवताको रूपमा पूजिँदै आएका छन्। यसको इतिहास करिब पाँच सय वर्षभन्दा पुरानो मानिन्छ। काठमाडौँ उपत्यकामा विशेषगरी पाटन क्षेत्रमा सुरु भएको राताे मच्छिन्द्रनाथ जात्रा नेपालको सबैभन्दा लामो र महत्वपूर्ण जात्रामध्ये एक हो। किंवदन्ती अनुसार, देशमा लामो समयसम्म खडेरी परेपछि गुरु गोरखनाथलाई प्रसन्न पार्न मच्छिन्द्रनाथलाई यहाँ ल्याइएको थियो,…
Read More
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम Tilganga Institute of Ophthalmology, Fred Hollows Foundation तथा Australian Aid को सहयोगमा आयोजना गरिएको हो। श्री जानकी आँखा अस्पताल, जनकपुरका नेत्ररोग विशेषज्ञ डा. आशिष बोहराको नेतृत्वमा खटिएको प्राविधिक टोलीले मोतिबिन्दु पहिचान भएका ४७ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न गरेको छ। यस शिविरबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। मोतिबिन्दु आँखाको एक सामान्य तर गम्भीर समस्या हो, जसले विस्तारै दृष्टि धमिलो बनाउँदै…
Read More
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो तस्बिर केवल एउटा फोटो मात्र होइन, एउटा समय, भावना र परम्पराको जीवित दस्तावेज हो।  यसमा भाइ सलिन श्रेष्ठ र मेरा छोरा सुसेन श्रेष्ठको बाल्यकालीन अवस्था कैद भएको छ, जहाँ उहाँहरूकाे अनुहारमा देखिएको सरलता, निष्कपटता र उत्साहले त्यो समयको सुन्दरता स्पष्ट रूपमा बयान गर्छ। यो तस्बिर रातो मच्छिन्द्रनाथ जात्रा को अवसरमा खिचिएको हो, जुन हरेक वर्ष चैत महिनामा अभयपुरमा विशेष रूपमा मनाइन्छ। करिब ९ दिनसम्म सञ्चालन हुने यो जात्रा स्थानीयवासीहरूको आस्था, विश्वास र एकताको प्रतीकका रूपमा परिचित छ। हरेक वर्ष देवताको रथ नगरका विभिन्न टोलहरूमा…
Read More
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भीमेश्वर नगरपालिका–२ वडा कार्यालयको सहकार्य तथा प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी सहकारीहरूमा भीमेश्वर साकोसका अध्यक्ष रमेश चाकुबजीसहित कार्यसमिति सदस्यहरू, त्रिपुरा महिला सहकारीका व्यवस्थापक बुद्धि आचार्य तथा कोषाध्यक्ष सिर्जना खड्का,बालकुमारी महिला कृषि सहकारीका अध्यक्ष लिला श्रेष्ठ, सचिव बिनु श्रेष्ठ र व्यवस्थापक बस्नती जोशी, सिंहबन कृषि सहकारीका अध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष निर्जला श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठ तथा मन्धेश्वरी कृषि सहकारीका अध्यक्ष…
Read More
दोलखामा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोलखामा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोलखामा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न दोलखा — जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा तथा तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा तामाकोशी गाउँपालिका–४ मालुस्थित श्री गोल्मेश्वर माध्यमिक विद्यालयमा “सामाजिक सञ्जालको समुचित प्रयोग” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ८४ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक प्रविन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, हेल्थ असिस्टेन्ट राम कौशल यादव, तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख मञ्जु न्यौपाने तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको…
Read More
दोलखाको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच देखिएको हार्दिकता!!

दोलखाको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच देखिएको हार्दिकता!!

दोलखाको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच देखिएको हार्दिकता साँच्चै उदाहरणीय र प्रेरणादायी देखियो। चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि आपसी सम्मान, मुस्कान र आत्मीयताले लोकतन्त्रको सुन्दर रूप झल्काएको छ। तस्वीर आफैं बोलिरहेको छ—राजनीति विचारको प्रतिस्पर्धा हो, मनको दूरी होइन। पार्वत गुरुङ (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), बिशाल खडका (नेपाल कम्युनिष्ट पार्टी (नेकपा)) र जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) बीचको आत्मीयता र सभ्य व्यवहारले दोलखाको राजनीतिक संस्कारलाई अझ उचाइमा पुर्‍याएको सन्देश दिएको छ। विशेषगरी पार्वत गुरुङको व्यक्तित्व दोलखावासीका लागि परिचित र भरोसायोग्य नाम हो। लामो राजनीतिक यात्रामा उहाँले संघर्ष, समर्पण र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आउनुभएको छ। संगठन निर्माणदेखि जनताको सुख–दुःखमा साथ…
Read More
सिन्धुलीमा अन्धोपन निवारण अभियान सशक्त बन्दै, मोतिबिन्दु अपरेसन सेवाको निरन्तरता सुनिश्चित

सिन्धुलीमा अन्धोपन निवारण अभियान सशक्त बन्दै, मोतिबिन्दु अपरेसन सेवाको निरन्तरता सुनिश्चित

सिन्धुलीमा आँखा उपचार सेवा विस्तारः तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रसबीच औपचारिक सम्झौता सम्पन्न सिन्धुली जिल्लामा आँखा उपचार सेवा विस्तार र अन्धोपन निवारण कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा बीच काठमाडौंमा औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता समारोहमा नेपाल आँखा कार्यक्रम, तिलगंगा तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सहभागी हुनुहुन्थ्यो। उहाँले सिन्धुलीमा आँखा उपचार सेवा र अन्धोपन निवारणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।  यस अवसरमा उहाँले बताउनुभयो कि तिलगंगा आँखा प्रतिष्ठान र सिन्धुली रेडक्रसबीचको समन्वय र व्यवस्थापनमा सभापति अशोक श्रेष्ठको सक्रिय भूमिका रहनेछ, जसले दुर्गम र ग्रामीण क्षेत्रका सेवाग्राहीलाई गुणस्तरीय…
Read More
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिन्चोक गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिन्चोक गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिन्चोक गाउँपालिका स्तरीय बृहत कार्यकर्ता भेला दोलखाको लापिलाङमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट तत्कालीन उम्मेदवार रहनु भएका समाजसेवी बालकृष्ण शिवाकोटीले आफ्नो धारणा राख्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो। थोरै मतान्तरले पराजित भए पनि जनताको विश्वास र माया नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, उहाँले पार्बत गुरुङ लाई अनुभवी, दूरदर्शी र विकासप्रति प्रतिबद्ध नेतृत्वका रूपमा चित्रित गर्दै उहाँलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो। उहाँको नेतृत्वमा कालिन्चोक गाउँपालिका र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search