Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

रोचक

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा शंखध्वनि अनलाइन दोलखा । भिमेश्वर नगरपालिका–४, जिलुस्थित छ्यानेखोला सिँचाइ आयोजनाअन्तर्गत पक्की कुलो, आरसीसी पुल तथा पहुँच मार्ग निर्माण कार्य सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु. ९ लाख बजेटमा निर्माण गरिएको उक्त आयोजनाले स्थानीय किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत १९१ मिटर लामो पक्की सिँचाइ कुलो निर्माण गरिएको छ। साथै खोलाको अप्ठ्यारो भागमा ६१ मिटर पक्की बाटो निर्माण गर्नुका साथै आवतजावतलाई सहज बनाउन खोलामाथि आरसीसी पुल समेत निर्माण गरिएको छ। निर्धारित समयभित्र सम्पन्न भएको यस आयोजनाले भिमेश्वर नगरपालिका–४ र ५ का तल्लो भेगमा रहेका…
Read More
वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा, जेठ २० नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको आयोजनामा सञ्चारकर्मीहरूका लागि जिल्लास्तरीय वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेक्मी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख रेक्मीले दोलखा जिल्लाको वन क्षेत्र, जैविक विविधता, वन संरक्षण, कार्यालयका गतिविधि तथा आगामी योजनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। उहाँका अनुसार दोलखा जिल्लाको कुल २ लाख १४ हजार ८७० हेक्टर क्षेत्रफलमध्ये ४६ दशमलव ९२ प्रतिशत भूभाग वन क्षेत्रले…
Read More
जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: सिकाइ साझा गोष्ठी सम्पन्न

जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: सिकाइ साझा गोष्ठी सम्पन्न

जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: सिकाइ साझा गोष्ठी सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा — जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रमअन्तर्गत प्राप्त अनुभव, उपलब्धि र चुनौतीहरूलाई समेट्दै सिकाइहरू आदान–प्रदान गर्ने उद्देश्यले दोलखामा एक विस्तृत गोष्ठी सम्पन्न भएको छ। स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। गोष्ठीमा कार्यक्रम कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले समुदायमा स्वास्थ्य सेवाप्रति पहुँच विस्तार हुनुका साथै जनचेतनामा आएको सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरेका छन्।  विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषणसम्बन्धी सचेतना, सरसफाइ अभ्यास तथा रोग रोकथामका क्षेत्रमा कार्यक्रमले प्रभावकारी…
Read More
भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखा, माघ १३ — भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनप्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएको हो। जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढा मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला गरी ५३ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा नेपाल क्षयरोग निवारण संस्था, दोलखा जिल्ला शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको परिचय, उद्देश्य तथा जिल्लामा क्षयरोग नियन्त्रणका लागि संस्थाले गर्दै आएको गतिविधिबारे जानकारी…
Read More
पाखलती जीवनविज्ञान प्रयोगशालाद्वारा विश्व ध्यान दिवस भव्य रूपमा मनाइयो

पाखलती जीवनविज्ञान प्रयोगशालाद्वारा विश्व ध्यान दिवस भव्य रूपमा मनाइयो

दोलखा । पाखलती जीवनविज्ञान प्रयोगशालाको आयोजनामा आज विश्व ध्यान दिवस भव्य तथा अर्थपूर्ण रूपमा मनाइएको छ। मानसिक शान्ति, ध्यान अभ्यास र स्वस्थ जीवनशैलीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा भीमेश्वर नगरपालिका वडा नं. २ मा जन्मनु भएका समाजसेवी मनोज चाकुबजी, सोही वडामा जन्म भई हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएका सुशेन श्रेष्ठ तथा दोलखामा लामो समयदेखि सफल व्यवसाय सञ्चालन गर्दै आउनु भएका विजय कुमार खड्काले संयुक्त रूपमा प्रयोगशालाका लागि साउण्ड बक्स सहयोग गर्नु भएको थियो। उक्त सहयोग भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठले…
Read More

प्रधान सेनापति सिक्देलद्वारा दोलखाको भीमेश्वर मन्दिरमा विशेष पूजा

महेन्द्र श्रेष्ठ दोलखा — २०८२ मंसिर १५ नेपालका प्रधान सेनापति अशोकराज सिक्देल आज विहान ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक मूल्यले अत्यन्त महत्वपूर्ण मानिने दोलखा नगरको भीमेश्वर मन्दिरमा विशेष पूजा–अर्चना गर्न पुग्नुभएको छ। प्राचीन धार्मिक सम्पदाको संरक्षण र सम्मानको सन्देश पनि बोकेको उहाँको यो यात्रा स्थानीय समुदायले विशेष उत्साहका साथ स्वागत गरेको देखिन्थ्यो। विहान ठीक ८:०० बजे सेनापति सिक्देल मन्दिर परिसरमा प्रवेश गर्नुभयो। भीमेश्वर महादेवको दर्शन गर्दै उहाँले विशेष पूजा, रुद्राअभिषेक (रुद्री) तथा धार्मिक संस्कारअनुरूप विभिन्न अनुष्ठानहरू सम्पन्न गर्नुभयो। पूजा क्रममा मन्दिर परिसरमा विधिवत् वैदिक मन्त्र उच्चारण, संस्कारिक पद्धति र शान्त वातावरणले उहाँको भ्रमणलाई अझ अर्थपूर्ण बनायो। रुद्री पूजा सम्पन्न गरेपछि सेनापति…
Read More
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा दुलाहा (नेवार) भाषाका दुई कृतिको भव्य लोकार्पण हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यमा दुलाहा (नेवार) भाषाका दुई कृतिको भव्य लोकार्पण हुँदै

नेपालको समकालीन साहित्यिक जगत अहिले विविधता, मौलिकता र मातृभाषामा सिर्जनात्मक लेखनको उचाइतर्फ अघि बढिरहेको छ। तर पनि, समुदाय–आधारित भाषिक साहित्यलाई निरन्तर र व्यवस्थित रूपमा अघि बढाउने लेखक दुर्लभै भेटिने परिस्थितिमा प्रा. डा. श्याम जोशीद्वारा लिखित दुलाहा (नेवार) भाषाका दुई महत्वपूर्ण कृति सार्वजनिक हुन लाग्नु स्वयंमा एउटा उल्लेखनीय उपलब्धि बनेको छ। उहाँका समकालीन नयाँ सिर्जना—उपन्यास “खोसु दुपानय निवाःर” र कथा संग्रह “थांसी बोसः”—को लोकार्पण कार्यक्रम छिट्टै हुने तयारी चलिरहेको छ। यस ऐतिहासिक अवसरको प्रमुख आतिथ्य नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति श्री विमल निभा रहने पक्का भएको छ, जसले समारोहलाई अधिक गरिमामय बनाउने विश्वास गरिएको छ। यी दुई कृतिहरू दुलाहा (नेवार) भाषाको गहिरो संरचना,…
Read More
भोटखोलाको यात्रा संस्मरण

भोटखोलाको यात्रा संस्मरण

हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु । ‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये…
Read More
मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी।

मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी।

​२१ मंसिर २०८१, दोलखा । त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​ त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुन्छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर,…
Read More
दिपावलीको पर्व तिहार

दिपावलीको पर्व तिहार

बडादशैंपछि नेपाली जनताको दोस्रो ठूलो चाड तिहारलाई दीपावली पनि भनिन्छ, जसको शाब्दिक अर्थ ‘बत्तीका पङ्क्ति’ हो। यो पर्व कार्तिक (नोभेम्बर) मा पर्छ। दीपावली शब्द दुई सरल शब्दहरूबाट बनेको हो, 'दीपा' जसको अर्थ उज्यालो र 'अवली' भनेको पङ्क्ति हो। यसरी, दीपावली शब्दको अर्थ बत्तीहरूको पङ्क्ति हो। यसकारण यस पर्वमा मानिसहरूले आफ्नो घर अगाडि बत्ती बाल्छन्। नेपालका सबै परम्परागत चाडहरूमा तिहार सबैभन्दा रमाइलो हुन्छ। इतिहासकार डेनिसन रोस्का अनुसार घर र पसलमा बत्ती बाल्ने प्रचलन भनेको उज्यालो र सरसफाइमा मन पराउने धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने हो ।   यस पर्वको उत्पत्तिको बारेमा धेरै किंवदन्तीहरू छन्। एक किंवदन्ती अनुसार यो पर्व राजा महाबलीको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search