२०८१ वैशाख ०८, दोलखा । दोलखाको बैतेश्वर गाउपालिकाको सम्वन्यमा भुमी समस्या सामधान आयोग दोलखाले अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बैतेश्वर गाउपालिकाको सम्पुर्ण वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्य र गाउपालिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत लगाएत भुमी समस्या सामधान आयोग दोलखाको पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बैतेश्वर गाउँ पालिका भित्र रहेको १६ जना भुमिहिन सुकुम्बासी र दलित सुकुम्बासीहरुलाई निस्सा तथा जग्गा बितरणको लागि प्राबिधिक र कानुन पाटो सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुनुका साथै कार्यक्रमका प्रमुख अतिथी बैतेश्वर गाउपालिका अध्यक्ष छबिलामाले सरकारको नीति नै बाधक रहेको हुनाले समयमा जग्गा उपलब्ध गर्न नसकीने बताउनु…
प्रधान संवाददाता महेन्द्र श्रेष्ठ, दोलखा अभयपुर शहर दोलखा, चत्र ३० गते । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने अभयपुर सहर दोलखामा एकहप्ते दुई दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुदै छ । गत चैत ३० गते सुरु भएको यो जात्रा अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ। करिब छ सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा कुन कुन टाेलमा पुग्छ त ? समाजसेबी…
दोलखा, ०७ चैत्र २०८१ – एसईई परीक्षा दिएर पौडी खेल्न गएका एक विद्यार्थीको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा विगु गाउँपालिका –२ ओराङका १७ वर्षीय प्रविण तामाङ रहेका छन्। उनी देवलिङ्गेश्वर माविमा कक्षा १० मा अध्ययनरत थिए। घटना आज बिहानको हो, जब प्रविण तामाङ साथीहरूसँग एसईई परीक्षा दिएर तामाकोशी नदीको किनारमा पौडी खेल्न गएका थिए। सो क्रममा अचानक नदीले बगाएर उनलाई तान्दै लगे। घटनास्थलमा उनको साथी सोनाम तामाङ उपस्थित थिए र उनीहरूले तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा खटिएको छ र घटनाको थप विवरण प्राप्त गर्नका लागि अनुसन्धान भइरहेको छ। दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक ईन्स्पेक्टर…
-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाण्डौ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा डोम समुदायका व्यक्तिहरूलाई उठिवास गरिएका छन् भन्ने आरोप नेपाली कांग्रेसका सांसद जीवन परियारले लगाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै परियारले उक्त घटनामा सिरहा र जनमत पार्टीका नेताहरूको संलग्नता रहेको दाबी गरे। उनले, "औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम गरेका छन्। यस घटनाको घोर भर्त्सना गर्दछु," भने। परियारका अनुसार, मधेस प्रदेश सरकारले पाँच वर्षअघि डोम समुदायका लागि दुई कोठे घर निर्माण गरिदिएको थियो, तर ती घरहरू भत्काइएर सो…
-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन। यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ। परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, "हामी यस घटनामा संलग्न पक्षको पहिचान…
-महेन्द्र श्रेष्ठ दोलखाः होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा मंगलवार सुरु भएको साधारण सभा तथा अधिवेशन दामोदर नेपालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । संघको निर्वाचन समितिले जनाए अनुसार दामोदर नेपालको अध्यक्षतामा सर्वसम्मतरुपमा १८ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्य समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा श्याम कुमार भालु, प्रथम उपाध्यक्ष निष्पु सर्राफ, द्वितीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव सुनिल अर्याल, सचिव हरिगोपाल सापकोटा, सह–सचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने तथा सह–कोषाध्यक्षमा ललितजंग सिंह निर्विरोध निर्वाचित हुनु…
१६ फागुन २०८१, दोलखा । भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षतिका विवरण प्राप्त भएको छ । भूकम्प आएपछि आत्तिएर भाग्ने क्रममा लडेर जिल्ला कारागारका एक कैदी घाइते भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले शंख ध्वनी मिडियालाइ जानकारी दिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै भूकम्पले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमाडौंलगायत बागमती कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस…
११ फागुन २०८१, दोलखा । लामाबगर यात्रा ५ बर्ष अघि तिहारको गोवद्र्धनको पूजाको दिनमा पारिवारीक घुमघामको सन्दर्भमा लामाबगर पुगेको थिएँ । त्यो भन्दा अघि २०६७ साल तिर गौरीशंकर संरक्षण क्षेत्रले सामुदायिक अधिकार हनन् गर्दछ भन्ने अभियान सञ्चालनकालागि लामावगरसम्म पुग्ने मौका मिलेको थिएँ तर छ्योतछ्योत भन्दा अगाडी पुग्न सकिएको थिएन । यात्राको मेसो नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दोलखा आउँदै हुनुहुन्थ्यो । दिन थियो, फागुन ४ गते । विहान ८ वजे देखि नेकपा एमाले भीमेश्वर नगर कमिटीले माथिल्लो कमिटीका नेताहरुसँग समन्वय वैठकको आयोजना गरेको थियो । अबको ध्यान वडा केन्द्रीत अभियान (जरा अभियान)लाई प्रभावकारी वनाउन माथिल्लो कमिटीका…
-महेन्द्र श्रेष्ठ ०७ फागुन २०८१, दोलखा । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ । यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत…
-महेन्द्र श्रेष्ठ ०५ फागुन २०८१, दोलखा । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मुल्यांकनमा दोलखाका स्थानीय तहहरु मध्ये भीमेश्वर नगरपालिका उत्कृष्ट देखिएको छ । आयोगद्वारा सार्वजनिक गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन अनुसार भीमेश्वर उत्कृष्ट देखिएको हो । अयोगद्वारा सार्वजनिक मूल्याङ्कन अनुसार भीमेश्वर नगरपालिकाले ६२ दशमलव ८ अंक प्राप्त गरेको छ भने दोस्रोमा जिरीले नगरपालिकाले ६२ दशमलव ४ अंक प्राप्त गरेको छ । यस्तै जिल्लाका अन्य स्थानीयतहहरुमा वैतेश्वर ५९ दशमलव १ अंक प्राप्त गर्दै तेस्रो बन्न सफल भएको छ । यसैगरी मेलुङ गाउँपालिकाले ५८ दशमलव ०८ प्रतिशत अंक, शैलुङ गाउँपालिकाले ५६दशमलव ७, गौरीशंकर गाउँपालिकाले ५५दशमलव २ प्रतिशत अंक पाएको…
