महेन्द्र श्रेष्ठ /काठमाडौं । “सुखमा होइन, दु:खमा मिल्ने सच्चा साथी हौं” भन्ने मूल नारासहित स्थापित वणारसी सहयोगी हातहरु संस्थाको १२औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन राजधानी काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभेच्छुकको उत्साहजनक उपस्थिति रहेको थियो। साधारण सभामा संस्थाले अघिल्ला वर्षका आर्थिक तथा कार्यक्रमगत प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक समीक्षा र आगामी योजना प्रस्तुत गरेको थियो। त्यस अवसरमा अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित अध्यक्ष दिलिप श्रेष्ठको नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छः नयाँ कार्यसमिति अध्यक्ष : दिलिप श्रेष्ठ उपाध्यक्ष : बाबाराजा श्रेष्ठ सचिव : रेणुका श्रेष्ठ…
डाेल्पा — कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका लागि तयार गरिएको लोगो ‘उत्कृष्ट’ घोषित गरिएको छ। उक्त लोगो दोलखाका युवा कलाकार विरस म. द्वारा तयार गरिएको हो। नगरपालिकाले आयोजना गरेको लोगो प्रतियोगितामा सहभागी धेरै प्रस्तावमध्ये द्वाराले तयार पारेको लोगोलाई उत्कृष्ट ठहर गर्दै उनलाई रु २५,००० नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो। नगरपालिकाका अनुसार लोगोले त्रिपुरासुन्दरी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विशेषतालाई सशक्तरूपमा अभिव्यक्त गरेको छ। लोगोमा त्रिपुरासुन्दरीको धार्मिक पहिचान, पर्वतीय भौगोलिक स्वरूप, हरियाली वातावरण र स्थानीय जीवनशैलीलाई कलात्मक ढङ्गले समेटिएको बताइएको छ। विजेता कलाकार विरस म. द्वाराले आफ्नो सिर्जनालाई मान्यता दिइएकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्दै यसले स्थानीय कला, संस्कृति…
दाेलखा, नेपाल — प्राचीन शहर दाेलखाको ऐतिहासिक बस्तीभित्र रहेको गीता श्रेष्ठको पुरानो घर आज पनि परम्परा र पहिचानको जीवित प्रतीक बनेर उभिएको छ। २०७२ सालको विनाशकारी भूकम्पले धेरै घर ध्वस्त पारे पनि यो घर अडिग रहन सफल भयो। यसको भारदलीमा अहिले पनि झुन्ड्याइएका मकैका झुप्पा गाउँको पुरातन जीवनशैली र कृषिप्रतिको आत्मनिर्भर संस्कृतिको झल्को दिन्छन्। श्रेष्ठका अनुसार मकै झुन्ड्याउने चलन केवल अन्न सुकाउने उपाय मात्र होइन, यो घरको सौन्दर्य र परम्परागत वास्तुकलाको हिस्सा पनि हो। “हाम्रा आमा-बुबाले जसरी मकै सुकाउँथे, हामी पनि त्यही विधि पछ्याउँछौं,” गीता श्रेष्ठ भन्छिन्, “यसले मकैलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्छ र स्वाद पनि अर्कै हुन्छ।”…
काठमाडौं, असाेज १० । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले हाल उत्पन्न सङ्कटपूर्ण घटनाक्रमको फाइदा लिँदै ’धमिलो पानीमा माछा मार्ने’ काम भइरहेको भन्दै सचेत रहन सबैलाई अपिल गर्नुभएको छ । जेन–जी आन्दोलन र त्यसपछि सिर्जित घटनाले मूलक गम्भीर अवस्थामा पुगेको जनाउँदै पूर्वमन्त्री गुरुङले यस अवस्थाको फाइदा उठाउन मुलुकका तरमाराहरू लागिपरेकोले सत्यको पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको पनि प्रष्ट पार्नुभएको छ । नेपाली चाडपर्व बडादशैँ, दीपावली, नेपाल संवत् र छठको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वमन्त्री गुरुङले भन्नुभएको छ, ‘ अहिले, देश इतिहास मै असहज र कठिन घडीमा छ । हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा होइन, बदलाको भावना र आपराधिक मानसिकताबाट…
काठमाडौं, २०८२ भदौ २२ गते । राजधानी काठमाडौं आज दिनभर ‘Gen Z’ आन्दोलनले तातेको छ । माइतीघर, नयाँ बानेश्वरदेखि संसद भवन वरपरसम्म हजारौं युवा सडकमा उत्रिएपछि राजधानी तनावग्रस्त बनेको छ । सरकारद्वारा फेसबुक, युट्युब, ट्वीटर (एक्स), टिकटकसहित २६ सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको निर्णयविरुद्ध सुरु भएको आन्दोलन सुरक्षा निकायसँग भीषण झडपमा परिणत भएको हो । प्रदर्शनकारीलाई तितर–बितर पार्न प्रहरीले प्रारम्भमै आँसु ग्यास र पानीको फोहोरा प्रयोग गर्यो । तर भीड अझ बढ्दै गएपछि रबरको गोली चलाइयो र अन्ततः वास्तविक गोलीसमेत प्रयोग भएको छ । प्रारम्भिक विवरणअनुसार कम्तीमा १८ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । मृतकमध्ये धेरैजसो विद्यार्थी…
संवाददाता -नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले विधान विधान महाधिवेशनका प्रतिनिधिले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएको दाबी गर्नुभएकाे छ। ७ वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको बताउनुभयाे । प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताउनुभयाे। ‘७ भूगोल र ३ गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेसगरिसक्नु भयो,’ गाैतमले भन्नभयाे, ‘दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई…
गोदावरी (ललितपुर), भदौ २०। नेकपा (एमाले)को पछिल्लो तथ्याङ्कअनुसार पार्टीका संगठित सदस्य संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको छ। यो संख्या १०औं महाधिवेशनपछिको तीन वर्षमा करिब ३० प्रतिशतले बढेको हो। पार्टी महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार हालसम्म देशभर ६४ हजार ७ सय ६ वटा विभिन्न तहका कमिटी गठन भएका छन्। महासचिव पोखरेलका अनुसार एमालेसँग हाल करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेका छन्। तीमध्ये डेढ लाख सदस्य अझै संगठित हुन बाँकी रहेको उल्लेख गरिएको छ। हालसम्म ४ लाख २७ हजार १६ जना विभिन्न तहका…
काठमाडौं- नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्ध्घाटन गर्नुहुनेछ । महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधी रआयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुन अधिकांस प्रतिनिधीहरु काठमाडौं आइपुगिसकेको गौतमले बताउनुभयो । महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण…
दोलखा: नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दोलखाबाट २४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म महाधिवेशन आयोजना हुनेछ। दोलखा जिल्लाबाट जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठसहित २४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमाले दोलखाले जानकारी दिएको छ। सहभागी हुने प्रतिनिधिहरूको सूची: नरबहादुर श्रेष्ठ ईश्वर चन्द्र पोखरेल भरतप्रसाद दुलाल कृष्ण भुजेल डवल पाण्डे भरतबहादुर केसी मित्रबहादुर जिरेल बालकृष्ण शिवाकोटी धनबहादुर तमाङ हर्कमान तमाङ जिवसराज खड्का शुभ शेर्पा ठुला थामी शान्तिमाया पाख्रिन कालिका पाठक उर्मिला थामी कमला बस्नेत गोमा केसी शान्तिकुमारी तमाङ गायत्री आचार्य टेकबहादुर घतानी सुन्दर विश्वकर्मा दानबहादुर विमली आधिकारिक जानकारी पार्टीले जनाएको अनुसार…
दाेलखा १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गर्नुभएको थियो । उहाँले सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिनुभएको थियो । सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान,…
